Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ठमेलको मसाज पार्लरमा यस्तो पो हुँदो रहेछ त ! मसाजको नाममा सेक्स धन्दा हेर्नुस (भिडियो सहित)
«
Next
Newer Post
»
Previous
Older Post

यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखी राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ
। काठमाडौं पनि मिनि बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्याकामा मात्र करीब तिन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटीएका केही दृश्य यसप्रकार छन् । 
अघोषित रेड लाइट एरीया बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ । सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला ।

संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए ।
ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply