Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » अख्तियारको पत्रको प्रतिवाद गर्ने एमालेको निर्णय
«
Next
Newer Post
»
Previous
Older Post

 काठमाडौं, । अख्तियारले हालैमात्र सांसद, पूर्वमन्त्री, सचिवहरु लगायतका २९ जनालाई वयानका लागि बोलाएको बिषयलाई लिएर नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वाग्रहको गन्ध आएको बताएको छ तर एमालेका नेताहरु बयानका लागि जाने भएका छन् ।
एमालेका पूर्वमन्त्री एवं सांसद राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, इच्छाराज तामाङ, वंशीधर मिश्र,  जर्नादन ढकाल र विजय पौडेललाई पनि अख्तियारले पत्र काटेको छ ।
चितवनमा मंगलबार सम्पन्न एमालेको तराई मधेसका अगुवा कार्यकर्ताको २ दिने भेलामा यसबारे छलफल भएको थियो । भेलाले पारित गरेको १६ बुँदे प्रस्तावमा अख्तियारबारे समेत बोलिएको छ र एमालेले अख्तियारको यो कदममा पूर्वाग्रहको आरोप लगाएको छ ।
एमाले सचिव प्रदीप ज्ञवालीले भने-जुन समय रोजिएको छ र जस्ता व्यक्तिहरुलाई पत्र काटिएको छ, यो हेर्दा प्रतिशोध साँध्न खोजिएको जस्तो देखिएको प्रस्ट हुन्छ ।’
एमालेले यसलाई आफ्नो प्रारम्भिक टिप्पणी भनेको छ र अख्तियारको कदमप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको भेलाले ध्यानाकर्षण गराएको छ ।
साथै अख्तियारले पत्र काटेका नेताहरु वयानका लागि अख्तियारमा जाने भएका छन् । ‘उहाँहरु जानुहुन्छ र आफ्ना कुरा राख्नुहुन्छ’ ज्ञवालीले भने-गलत छ भने पनि प्रतिवाद गर्न जानुपर्छ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply