Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित गर्नुपरेको छ ।

घटना अमेरिकाको हो । अमेरिकाको फ्लोरिडमा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।

प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे  र मिचेल क्रुगरबीच खेल चलिरहेको थियो । खेल चलिरहेको बेला एक्कासी सेक्स गर्नेबेला निकाल्ने आवाज सुनियो । टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे । अरुले पनि सेक्सको आवाज आएसँगै  आश्चर्य मानेर हेरे ।

आवाज कहाँबाट आएको हो ? कुन ठाउँमा सम्भोगको सत्र चलिरहेको हो ठम्याउन गाह्रो भयो । उक्त आवाज लाइभ सहवासको कार्यक्रमबाट नभै कसैले मोबाइल फोनमा चर्को स्वरमा पोर्न भिडियो चलाउँदा  आएको हुनसक्ने अनुमान गरियो । तर कतिपयले भने त्यो फोनबाट आएको आवाज नभै नजिकैको अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सम्भोग गरिररहेको र त्यसो गर्दा चर्को आवाज निकालिरहेको अनुमान पनि गरे ।

उक्त आवाज सुनिएपछि दोश्रो सेटमा सर्भ गर्न आटेका टिओफे केहीबेर रोकिए । उक्त सेक्स न्वाइज बन्द नहुँदासम्म खेल सुरु हुन सकेन ।

एजेन्सी

पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजर अन्दाज समेत गर्ने गरेको पाइन्छ । प्रायजसो गर्मी महिनामा बढी यो समस्या देखिने गरेको पाईन्छ किनकी गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा पुगेन भने यो समस्याले सताउने गर्छ । 
कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँसम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ । पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि । 
पिसाब पोल्नुका विभिन्न कारण हुने भए पनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन। कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ । 
पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । 
यी सामान्य घरेलु उपचार बिधिबाट पिसाब पोल्ने समस्या कमगर्न सकिन्छ 
१) अमिलो फलहरु खानुहोस : 
जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ । अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।

२) सस्त मात्रामा पानी पिउनुहोस् :
 पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २/३ लिटर पानी पिउनु आवश्यक छ । शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढी हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।

३) नरिवलको पानी :
नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ । 

४) सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग:
योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ । 

५) यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ :
यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।
काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ ।

विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए ।

सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए ।

नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशबाट फर्किदा सुन र चाँदीको गहना पचास ग्रामसम्म मात्रै ल्याउन पाउनेछन् । एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका सामानमा भन्सार लाग्दैन ।

ट्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन र पेन ड्राइभ एकर एक थान भन्सार नतिरी ल्याउन पाउनेछन् । नयाँ ब्यवस्था अनुसार बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एकर एक थानमा भन्सार तिर्नुपर्दैन् । पेशागत यात्रुले बोक्ने डाक्टरका सामान्य यन्त्र, खेलाडीका सामान, गायकरसंगितकारले प्रयोग गर्ने गितार, हार्मोनियम लगायतमा भन्सार तिर्नुपर्दैन् ।

नयाँ ब्यवस्था अनुसार सात किलोग्रामसम्मको खाद्य बस्तुमा भन्सार तिर्नुपर्दैन् । एक लिटरसम्म विदेशी मदिरामा भन्सार लाग्दैन । यसअघि डेढ लिटरसम्ममा भन्सार तिर्नुपर्दैन्थ्यो । वैदेशिक रोजगारीमा गएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्थालाई पनि यथावत राखेको छ । ३२ इन्च भन्दा ठूलो टेलिभिजन ल्याएमा अरु सरहनै भन्सार महसुल तिर्नुपर्छ ।
काठमाडौँ, असार ११ गते । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ ।
समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो । सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी रु १० देखि एक हजारसम्म बेच्ने गरेको छ । समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताउनुभयो । तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बाँडौ खुसी बढाउँ भन्ने नाराका साथ सामाखुसी टाउनप्लानिङमा स्थापना भएको उक्त प्रतिष्ठानले भूकम्पमा निधन भएका परिवारको छोराछोरीलाई समेत शिक्षादीक्षा दिँदै आएको छ । प्रतिष्ठानले स्वदेशमा कसरी रोजगारी स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रयोग गर्न मिल्ने सामानलाई प्रयोग गरी दुखी जनताको सेवा गर्दै आएको छ । सो प्रतिष्ठानले मर्मत गर्न मिल्ने सामानलाई मर्मत गर्ने तथा मर्मत गर्न नमिल्ने सामानलाई प्रयोग नगर्ने गरेको छ । घर, कार्यालयमा जुनसुकै सामान प्रयोग गर्दा किफायती उपयोग गर्नुपर्छ । प्रशोधन, पुनः प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग गर्नुपर्छ भन्ने यो संस्थाको मूलमन्त्र हो । गत वर्षमात्र उक्त प्रतिष्ठानले एक वर्षमा एक हजार ५०० केजी कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट रु एक लाख २० हजार आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताउनुभयो । उहाँले सो पसलमा स्वयम्सेवकका रुपमा काम गर्नुभएको छ । उहाँजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रुपमा काम गर्नुभएको छ । “दश बीस रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ भनेर किनमेल गरेर जान्छन्,” कोषाध्यक्ष गुरुङले भन्नुभयो । यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताउनुभयो । “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले रु १० मा जुत्ता र रु १० को पाइन्ट लैजाने गरेका छन्,” लामाले भन्नुभयो । कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ । उक्त पसलमा रु १० देखि ८० सम्मका सर्ट तथा रु ४० देखि १०० सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् । प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ््याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबँेसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ । रासस
जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)

कतिपय मानिसमा विलक्षण प्रतिभा नै हुन्छ । भारतको एक किशोर आदित्य कुमार जंगम आफ्नो यहीँ क्षमताका कारण सानै उमेरमा चर्चित बनेका छन् ।
भारतको महाराष्ट्रस्थित रत्नागिरी गाउँमा बस्ने जंगमले आफ्नो शरीर रबरझैँ गरी जुनसुकै आकारमा मोड्न सक्दछन् । यतिसम्म की उनले आफ्नो जिउ मोडेर खुट्टाले मुखमा ब्रस गर्न पनि सक्दछन् ।

जंगमको यस्तो अवस्थालाई चिकित्सा भाषामा  हाइपरमोबिलिटी भनिन्छ । वैदिक कालमा ऋषिमुनीहरुले निरन्तर योगा तथा साधनबाट यस्तो क्षमता प्राप्त गर्दथे ।
आदित्य आफ्नो टाउकोलाई १६० डिग्रीमा घुमाउन सक्दछन् । आफ्नो यो क्षमताको श्रेय उनी आफ्ना गुरु मंगेश कोपकरलाई दिन्छन् । कोपकरले आदित्यजस्तै २०।३० जना बच्चालाई तालिम दिन्छन् । तर आदित्यको जस्तो जिउ मोड्न कसैले सक्दैन ।
यस्तो क्षमताका कारण उनी आफ्ना साथीभाइ माझ सर्पमान्छेको नामले परिचित छन् । हेरौँ आदित्यका अनौठा पोज !