Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » साउदी अरबमा महिलाले अझै गर्न पाउँदैनन् यी पाँच काम
«
Next
Newer Post
»
Previous
Older Post

मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक साउदीमा महिला नेता बने । न्युजिल्याण्डले १८९३ मै प्रदान गरेको यो महिला अधिकार साउदी महिलाले बल्लतल्ल सिमित रुपमै भएपनि प्राप्त गरे ।
तर अहिलेपनि साउदी अरबमा महिलामाथि ठूलो विभेद छ र कडा मुस्लिम कानून अनुसार महिलालाई विभिन्न विषयहरुमा बन्देज लगाइएको हुन्छ । लोकतान्त्रिक मुलुक वा अन्य धर्म मान्ने देशका महिलाहरुले सदियौँदेखि उपभोग गर्दै आएका अधिकार साउदी महिलाले अहिलेसम्म पनि उपयोग गर्न पाएका छैनन् । साउदी महिलाले अहिलेसम्म पनि गर्न नपाएका ५ काम यस्ता छन्ः
  • महिलाहरुलाई आफ्नो पुरुष अभिभावकको अनुमति विना घुम्न, आधिकारिक व्यवसाय संचालन गर्न तथा आफ्नो सरीरको स्वास्थ्य चेकजाँच गर्न समेत निषेध छ ।
  • साउदी महिलाले बुर्का नलगाइकन बाहिर हिड्न पाउँदैनन् । महिलाले बाहिर हिँड्दा सरीरको आँखा र हात मात्र देखाउन पाउँछन् अरु सबै अंग छोप्नैपर्छ ।
  • साउदी अरबमा महिलाहरुले आफ्नो नाममा बैंक अकाउण्ट खोल्न पाउँदैनन् ।
  • सार्वजनिक स्थानमा परिवार वा आफन्त बाहेकको पुरुषलाई भेट्न महिलाले पाउँदैनन् । यसलाई सख्त रुपमा कार्यान्वयन गर्नका लागि सार्वजनिक संस्थाहरुमा समेत महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थान बनाइएका छन् । कतिपय ठाउँमा कार्यालय, विद्यालय तथा विश्वविद्यालय समेत महिला र पुरुषका लागि अलग अलग हुने गर्छन् ।
  • · साउदी महिलाहरुले गाडी चलाउन पाउँदैनन् । महिलाले गाडी चलाउनुलाई हराम भनिन्छ । महिलाले गाडी चलाएर बाहिर निस्किँदा परपुरुषसँग आँखा जुध्नसँग वा भेटघाट हुनसक्छ भन्ने डरका कारण यसो गरिएको हो । तर महिला अधिकारवादीहरुले भने सन् १९९० को दशकदेखि नै साउदीमा महिलाले गाडी चलाउने अभियान नै संचालन गरिरहेका छन् र बेलाबेलामा गाडी चलाएर विरोध प्रदर्शन समेत गर्दछन् । – एजेन्सीको सहयोगमा


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply