Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » महिलाले उठेरै पिसाब फेर्न पाउने अदालतको फैस
«
Next
Newer Post
»
Previous
Older Post

भाडा बस्ने मानिसहरुले आफु बसेको घरको शौचालयमा पिसाब फेर्दा उठीउठी फेर्न पाउने फैसला अदालतले गरेको छ । आफ्नो घरमा भाडामा बस्ने एक जना युवकले ट्वाइलेटमा उठेर पिसाब फेर्दा भुइँमा चुहेको पिसाबले ट्वाइलेटको मार्वलमा क्षति पूराएको भन्दै एकजना घरबेटीले हालेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।
भाडावाल पुरुषले पिसाब फेर्दा भुइँमा चुहेको पिसाका कारण आफुले ट्वाइलेटमा विछ्याएको महंगो मार्बल क्षतिग्रस्त भएकेा र त्यसबाट १९ सय युरो बराबरको क्षति पुगेको भन्दै घरबेटीले भाडावाल युवकबाट सो रकम क्षतिपूर्ति बापत मागेका थिए । तर भाडावालले रकम तिर्न अस्विकार गरेपछि घरबेटीले क्षतिपूर्ति भराइपाउँ भनि अदालतमा मुद्दा हालेको थियो ।
घटना जर्मनीको हो । डुसेलडर्फ सहरस्थित अदालतमा परेको मुद्दामा न्यायाधीश स्टेफन हान्कले भाडावाल युवकको पक्षमा फैसला गर्दै भाडावाल पुरुषले उठेरै पिसाब गर्न पाउने र पिसाब गर्दा मार्बलमा पुगेको भनिएको क्षतिको क्षतिपूर्ति तिर्नुनपर्ने फैसला गरेको गार्जियनले उल्लेख गरेको छ ।
पिसाब गर्दा मार्बलमा पुगेको भनिएको क्षतिप्रति भाडावाललाई उत्तरदायी बनाउन नमिल्ने भएपनि भन्दै फैसलामा न्यायाधीशले उठेरै पिसाब फेर्न चाहने पुरुषहरुले घरबेटी तथा घरमा बस्ने अन्य मानिस, खासगरी महिलाहरुसँग बारम्बार भनाभन र झगडा भने बेहोर्नुपर्ने उल्लेख गरेका छन् ।
पिसाब फेर्ने मामिलामा पुरुषहरुले परम्परागत भन्दा अन्य विभिन्न खाले घरेलु विधिहरु अपनाउन थालेका भएपनि उठेरै पिसाब फेर्ने चलन अझैसम्म पनि सर्वव्यापी भएको न्यायाधीशको तर्क छ ।
पुरुषले उठेर पिसाब फेर्ने की बसेर ? भन्ने हाँसोउठ्दो कुरा यति ठूलो विवादको विषय बन्नु नपर्ने हो । तर यस्तो खाले विवादहरु जर्मनीमा सामान्य हुन् । जर्मनीमा कतिपय शौचालयमा उठेर पिसाब फेर्न निषेध गरिएको हुन्छ र सोही कुराको सूचकको रुपमा रेड ट्राफिक शैलीको संकेत शौचालयमा राखिएको हुन्छ ।
पुरुषले उठेरै पिसाब फेर्न पाउने तल्लो तहको अदालतको यो फैसला जर्मनीको सर्वोच्च अदालतको एक विशेष फैसलाको एक दिन पछि आएको हो । जर्मनीको सर्वोच्च अदालतले आफ्नै घरको बाल्कोनीमा बसेर समेत मनलाग्दी चुरोट पिउन नपाउने र आफ्नो घरमा कति सम्म धुवाँ उडाउन पाउने भन्ने विषयमा समेत सिमा तोकिने फैसला हालै गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply