Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » समिक्षाः कस्तो छ अक्षयक कुमारको ‘ब्रदर्स’ ?
«
Next
Newer Post
»
Previous
Older Post

बलिउडका चर्चित नायक अक्षय कुमार र अहिलेका सफल नायक सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ‘ब्रदर्स’ शुक्रबारबाट भारत लगायत विश्वभर प्रदर्शनमा आएको छ । धर्मा प्रोडक्शनको यो चलचित्र विभिन्न कारणले चर्चामा थियो । तर, के यो चलचित्र हलमा गएर हेर्नलायक नै छ त, यसको चर्चा गरौं ।

यदि तपाइसँग धेरै मात्रामा खाली समय छ रे पैसाको खासै मतलव गर्नु हुन्न भने तपाईले यो चलचित्र हेर्न सक्नुहुनेछ । यदि, तपाई आफूलाई स्वतन्त्र राख्न चाहनुहुन्न र मनोरञ्जनको नाममा थकाई, उकुसमुकुस हुन चाहनुहुन्छ भने यो चलचित्र न हेर्दा राम्रो अग्निपथ नामक चलचित्रको रिमेक गरेर चर्चामा आएका करण मल्होत्राले यो चलचित्रलाई भने धेरै हदसम्म हाँस्यास्पद बनाएका छन् । यो चलचित्र सन् २०११ मा प्रदर्शनमा आएको अमेरिकी चलचित्र वारियर्सको रिमेक हो । हलिउड चलचित्र वारियर्सले पनि कुनै चमत्कारिक व्यापार गरेको थिएन ।
करण मल्होत्राको यो चलचित्रले दर्शकलाई सिटमा बसेपछि सबै चाहना र उमंगमा पानी फ्याकिदिएको छ । १५८ मिनेट लामो यो चलचित्रले दर्शकलाई वाध्न सकेको छैन । जेकी श्राफ जेलबाट निक्लिन्छन् । उनको हातबाट उनकै श्रीमतीको हत्या भएको हुन्छ ।
उनका दुई छोरा अक्षय कुमार र सिद्धार्थ मल्होत्रा फरक आमाको कोखबाट जन्मिएका हुन्छन् । अक्षय आफ्ना पितालाई घृणा गर्छन् भने सिद्धार्थ प्रेम । अक्षयलाई आफ्नी छोरीको किड्नीको उपचारका लागि रकम चाहिएको हुन्छ । एक धनाढ्य व्यक्तिले आयोजना गरेको स्टि्रट फाइटिंगको विश्व स्तरिय खेलमा दुबै भाई उत्रिन्छन् । चलचित्रको अन्तिममा दुबै भाई फाइनलमा पुग्छन् र एकको जीत हुन्छ ।
चलचित्रमा इमोशन, रोमान्स, नाटक कुनै पनि कुरा ढंग पुर्‍याएर तयार पारिएको छैन । अक्षय कुमारका फ्यानलाई यो चलचित्रले निराश बनाउँछ । चलचित्रमा ज्याकी श्राफको अभिनयलाई तारिफ गर्न सकिन्छ । चलचित्रलाई एक राम्रो बलिउड चलचित्रको शैलीमा ढाल्न सकिन्थ्यो, तर क्लोजअप सर्टा यूरोपियन चलचित्रको शैलीमा खिचिएको छ ।
चलचित्र हेरेर दर्शकले पैसा र समयको विना कारण खर्च गर्छन्, अरु केही पाउँदैनन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply