Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » लोक दोहोरी प्रतिष्ठानले ज्योती मगरलाई सचेत गरायो
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ ।
चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ ।

‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’
साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ ।
संस्थाका जिम्मेवारी पदाधिकारीले नै यस्ता गीतहरु सार्वजनिक गर्नु संस्थाको आदर्श विपरित हुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्न नहुन सवै सदस्यलाई संघले निर्देशन दिएको छ ।
तीज गीत ढाडे बिरालोमा गरिएको अभिनय र शब्दप्रति अहिले सामाजिक संजालमा तिब्र असन्तुष्टी फैलिएको छ । गायक रामप्रसाद खनाल लगायतले सो गीतका कारण अश्लिलता फैलिएको भन्दै आपत्ति जनाएका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply