Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » मधेशी मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नी सवार गाडीमाथि सर्लाहीमा तोडफोड
«
Next
Newer Post
»
Previous
Older Post

८ मंसिर – ३ महिना भन्दा धेरै दिनदेखि चलेको मदेशी आन्दोलनले मुलुकभरको जनजीवन कष्टकर हुदै गएको बेला मधेशी मोर्चा घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नी सवार गाडीमाथि सर्लाहीमा तोडफोड भएको छ । सीमानाका र राजमार्ग केन्द्रीत आन्दोलन जारी राखेर आम सर्वसाधरण व्यक्तिको आवतजावतमा अवरोध पुर्याउँदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा प्रभावशाली भूमिका निर्वाह गरेका महतोकी पत्नी शैलकुमारी देवी सवार गाडीलाई चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले मंगलबार दिउँसो तोडफोड गरेको बताइएको छ ।
सद्भावना पार्टीकी सांसद समेत रहेकी महतोकी पत्नी सवार गाडीलाई सर्लाहीको फुलझोरमा तोडफोड भएको हो । तर महतोकी पत्नी भने तोडफोड भएको अवस्थामा गाडीबाट बाहिर थिइन्। चुरे भावर राष्ट्रिय एकता पार्टीले उक्त तोडफोडका विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन !  मोर्चा र भावरका कार्यकर्ताबीच दोहोरो झडपका क्रममा महतोको गाडीमा क्षति पुगेको सर्लाही प्रहरीले जनाएको छ ।

दोहोरो झडप हुन थालेपछि बल प्रयोग गरेर दुवै तर्फका कार्यकर्तालाई प्रहरीले तितरवितर पारेपछि स्थिति सामान्य भएको थियो । भारतीय भूमिमा खाना खाएर नेपाली भूमिमा ढुङ्गामुढा र आक्रमण गरेर भारतीय नाकाबन्दीलाई सहयोग गरेको आरोप लागेका राजेन्द्र महतो हाल तराईका विभिन्न क्षेत्रमा भइरहेका आन्दोलनमा सहभागी हुँदै आएका छन् । संघीय सीमांकन हेरफेरको मूख्य माग राखेर गरेको मधेश आन्दोलनको मंगलबार १०१ दिन पुगेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply