Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » उपत्यकामा लिङ्ग र योनी जुधाएर सुरु हुन्छ होली !
«
Next
Newer Post
»
Previous
Older Post

भक्तपुरमा चिर स्वायगू (लिङ्ग) घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ ।
राजा जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगैको भैरब मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोलटोलमा घुमाएर पूजा गरी पुन: मन्दिरको पाटीमा राखिने परम्परा छ।
काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले स्पर्षगरी दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ ।
चिर स्वायगू  झुन्ड्याएपछि  नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् । ‘भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायलाु’ अथार्त  भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की जस्ता गीत गाउने गर्छन् ।

फाल्गुन शुक्ल पूणिर्माका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ्रयसरी मन्दिरबाट खोला सम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।
साभार : enepalikhabar.com

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply