Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाली महिला ‘बलात्कार बारे अनुसन्धान
«
Next
Newer Post
»
Previous
Older Post

दुईजना नेपाली महिलामाथि बलात्कार भएको भनिएको घटनामा साउदी अरेबियाका एकजना कुटनीतिज्ञ संलग्न रहेको आरोपबारे अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ।
दिल्लीसँग जोडिएको गुडगाँव प्रहरीका एकजना वरिष्ठ अधिकारी सौरभ सिंहले उक्त घटनाबारे अनुसन्धान जारी रहेको बीबीसी हिन्दीलाई बताए।
यद्यपि उक्त घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले जनाए।
समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार, पीडित नेपाली महिलाहरु ३० वर्ष उमेरको हाराहारीका छन् र उनीहरुले अपहरण गरी एउटा भाडाको घरमा आफूहरुलाई ती कुटनीतिज्ञले पटक-पटक ‘बलात्कार’ गरेको बताएका छन्।

समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार, पीडित नेपाली महिलाहरु ३० वर्ष उमेरको हाराहारीका छन् र उनीहरुले अपहरण गरी एउटा भाडाको घरमा आफूहरुलाई ती कुटनीतिज्ञले पटक-पटक ‘बलात्कार’ गरेको बताएका छन्
गुडगाँव प्रहरीका अनुसार, ती महिलाहरुले आफूहरुलाई यसअघि साउदी अरेबियाको जेद्दा शहरमा लगिएको र त्यहाँ घरेलु काम गरेको अनि त्यसपछि बलात्कार गरिएको बताएका छन्।
समाचार संस्थाहरुले जनाएअनुसार केही दिन पहिले ती महिलाहरुलाई साउदी अरेबियाबाट गुडगाँव ल्याइएको थियो र त्यहाँस्थित एउटा घरमा उनीहरुलाई बलात्कार गरिएको थियो।
गुडगाँव प्रहरीले भनेको छ, घटना भएको भवनको एउटा तल्ला साउदी दूतावासले भाडामा लिएको थियो।
अर्की महिला उक्त घरमा काम गर्न गएको बेला ती दुई महिलाको अवस्थाबारे थाहा पाएर उनले एउटा गैरसरकारी संस्थालाई जानकारी गराएको गुडगाँव प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ।
त्यसपछि गुडगाँव प्रहरीले डीएफएल फेज २ स्थित एउटा भवनमा छापा मारेर ती महिलाहरुलाई मुक्त गराएको थियो।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply