Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भुँडी लागेको स्वास्थ्यको लागि खराब लक्ष्यण, ख्याल गर्नुहोस्
«
Next
Newer Post
»
Previous
Older Post

चिकित्सककहाँ जानु भनेको तपाई स्वयम्लाई आफ्नो लुगा सिलाउने ‘टेलर’कोमा गएको जस्तो हुन्छ होला । टेलरले तपाईको कम्मर, तिघ्रा लगायतको आकार नापेझै चिकित्कसले पनि परीक्षण सुरु गर्नु भन्दा अगाडि तपाईको कम्मर वा पेटको आकार नाप्छ होला । त्यसपछि मात्र उसले तौल नाप्ने यन्त्रमा उभाउँछ होला । पछिल्लो एक अध्ययन अनुसार तपाइ जति दुब्लो र पातलो भए पनि पेट बढेको छ भने बढी तौल भएका मानिसहरु भन्दा तपाईलाई स्वास्थ्यको अझै बढी जोखिम छ ।
मोटोपनले तपाईमा डायबिटिजि, स्ट्रोक, हृदयघात, र क्यान्सर रोग लाग्ने पुष्टि भइसकेको छ । अर्को शब्दमा भन्ने हो भने तपाईको मोटोपन विभिन्न रोगको श्रोत हो । तर, डाक्टरहरुका अनुसार तपाई जति पातलो भए पनि पेट मात्र बढेको छ भने समग्र मोटो वा तौल बढी भएको मानिसलाई भन्दा अझै स्वास्थ्यका दृष्टिले खतरा छ । अर्थात् तपाईको पेटले तपाईंलाई मृत्युतर्फ धकेलिरहेको छ ।

मोटोपन व्यबस्थासम्बन्धी निर्र्देशिकाले तपाई कति मोटो हुनुहुन्छ भन्ने पत्ता लगाउछ । यस निर्देशिकाले चिकित्सकलाई तपाईको शरिरको मासुको सूचांक हेर्न लगाउँछ । जस अन्तर्गत तपाईंको उचाई र तौलको आधारमा शरिरको मोटोपनको मापन गरिन्छ । एउटा स्वस्थ बोडी मास इन्डेक्स (बीएमआई) ले तपाईंको पेटको मोटोपन बारे स्पष्ट जानाकारी दिन्छ । तसर्थ यदि तपाईको पाईन्ट बटन लगाउन गाहो भएको छ भने तपाईले आफ्नो तौलको बारेमा आजैदेखि बिचार पुयाउनु होस है ।

ठूला ठूला भाडाको आकार जस्ता भुँडी भएका मानिसहरुमा अन्य तौल बढी भएका वा मोटा मानिसहरुमा भन्दा दोब्बर मृत्युको खतरा भएको देखाएको छ । ठूला कम्मर र भुडी भएका मानिसहरुमा डायबिटिज, स्टोक, मुटु लगायतका समस्या हुन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply