Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » जि. का. भाइरस: गर्भवतीलाई नेपाल फर्कन आग्रह, चैतपछि नेपाल पनि जोखिममा
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं– डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएसँगै बिदेशमा जोखिममा रहेका गर्भवती महिलालाई नेपाल फर्कन आग्रह गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन आग्रह गरिएको बताए । उनले भने, ‘सम्भव भएसम्म संक्रमण देखिएका मुलुकमा गर्भपरिक्षण लगायतका उपचार नगर्न र नेपाल फर्कन आग्रह छ ।’
यो रोगले निकट भविष्यमै विश्वभर बिस्फोटक महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको छ । ब्राजिलमा हजारौं मानिस यस संक्रमणबाट प्रभावित भएको र अहिलेसम्म २० मुलुकमा फैलिएको डब्लुएचओले जनाएको छ ।
जिका भाइरसको संक्रमण नेपालमा पनि फैलन सक्ने चेतावनी दिइएको छ । डा. मरासिनीले सो प्रजातीको लामखुट्टे नेपालमा पनि रहेकाले सजग रहन आग्रह गरेका छन् । उनले चैतपछि सो प्रजातीको लामखुट्टे नेपालमा देखिने भएकाले बेलैमा तयारी गर्नुपर्ने बताए ।
आँखा धमिलो हुनु, मध्यम ज्वरो, टाउको दुख्नु यस रोगका मुख्य लक्षण हुन । क्यारेबिन, उत्तर तथा दक्षिण अमेरिका लगायतका २० ओटा देशहरुमा यो रोग फैलिइसकेको छ । यही रोगका कारण केही महिलाहरुले अविकसित दिमागयुक्त शिशुहरु जन्माउन थालेका छन् । रोगको महामारी भएका केही देशका महिलाहरुलाई त गर्भवती नबन्न समेत आग्रह गरिएको छ । अहिलेसम्म यसको कुनै उपचार वा खोप आविस्कार भएको छैन । पहिलो पटक सन् २०१५ को मे महिनामा ब्राजिलका अमेरिकी नागरिकहरुमा देखिएको थियो ।
एइडेस लामुखट्टेको टोकाईबाट जिका नाम गरेको भाइरस सरेको बताइन्छ । क्यानडा र चिली बाहेकका अन्य अमेरिकी मुलुकहरुमा यो लामखुट्टे पाइन्छ । जिका भाइरसको संक्रमण संक्रमितको वीर्यमा समेत पाइएकाले यौन सम्पर्कबाट समेत यो रोग सर्न सक्ने सम्भावना रहेको चिकित्सकहरु बताउछन् ।
विकान्सन्मुख मुलुकका गर्भवती महिलाको कोखभित्रै शिशुमा यो रोगले आक्रमण गर्ने विज्ञहरुको चेतावनी अहिलेको मुख्य चासो बनेको छ । ब्राजिलमा गत अक्टोबरदेखि ४ हजार बढी शिशु निकै सानो दिमाग लिएर जन्मिने गरेको पाइएको छ ।
यस भाइरसबारे थप जानाकारी नपाउन्जेल केही समय गर्भवती नहुन गत साता कोलम्बिया, इक्वेडर, एल साल्भाडोर र जमैकाका महिलालाई सुझाब दिइएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply