Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » महिनावारी अघि किन हुन्छ पीडा ? केहि उपाय !
«
Next
Newer Post
»
Previous
Older Post

धेरैजसो महिलाहरुलाई महिनावारीको बेला अत्यन्तै पीडा  हुने गर्छ । प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै पिडा सुरु हुन्छ । प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन् :
सुन्निने, डण्डीफोर आउनु, ढाड दुख्ने, थकान, स्तन दुख्ने, झाडापखाला, टाउको दुख्ने, कब्जियत, खाना नरुच्ने, डिप्रेसन, चिडचिडाहट, ध्यान केन्द्रित गर्न गा-हो हुने, पेट दुख्ने, तनाव र अनिद्रा हुनेजस्ता समस्या हुन्छ ।
प्रायजसो युवतीहरुमा महिनावारीको चक्र आउनुभन्दा १ देखि २ हप्ताअघि देखि नै पिएमएसका संकेतहरु देखिन थाल्छन् ।


किन हुन्छ पिएमएस ?
महिनावारीको चक्र अगाडिदेखि नै विभिन्न समस्या देखिने खास कारण डाक्टरहरुले पनि भन्न सकेका छैनन् । तर, प्रायको के विश्वास छ भने हर्मोनमा आएको गडबडीका कारण यसो भएको हो । महिनावारीपछि महिलामा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शरीरमा वृद्धि हुन्छ । तर, महिनावारी सुरु हुने एक साताअघि यी हर्मोन घट्न थाल्छन् । यहीकारण पिएमएसका लक्षण सुरु हुन्छन् ।

के खानुहुन्छ, के खानुहुँदैंन ?
पिएमसका लक्षण सबैमा देखिँदैंनन् । यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ । चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ । यसका साथै खानामा नुनको मात्रा कम गर्ने र पानी बढी खानुपर्छ ।
यस्तै, क्याफिनयुक्त खाद्यपदार्थहरु चिया, कफि बढी खानुहुन्न भने निद्रा पुर्याउने गरी सुत्नुपर्छ । प्रसस्त मात्रामा क्याल्सियम पाइने पदार्थ खानुपर्छ र दैनिक रुपमा मल्टिभिटामिनले फाइदा पुर्याउछ । तनाव शान्त पार्न गरिने ध्यान र दैनिक शारीरिक अभ्यासले युवतीहरुलाई सहयोग गर्छ ।
तर, ब्रुफेनजस्ता औषधिले टाउको तथा ढाड दुखाई निको पार्ने भएपनि पीडा बढ्दै गएमा डाक्टरको सहायता लिनुपर्छ ।

किन पेट दुख्ने समस्या हुन्छ ?
महिनावारीको केही दिनअघि युवतीहरुमा क्र्याम्प (पेट बाउँडिने) समस्या देखिन्छ । शरीरले उत्पादन गर्ने प्रोष्टाग्लाडिन्ज नामक रसायन उत्पादन गर्दा यस्तो हुन्छ, जसले पाठेघरको मांशपेसीलाई संकुचित बनाउँछ । यस्ता समस्या केही दिनमै हराउँछ ।  यस्तै, शारीरिक अभ्यासले पनि आराम मिल्छ । शारीरिक अभ्यासका क्रममा शरीरमा इन्डोर्फिन नामक रसायन उत्पादन हुन्छ, जसले शरीरलाई आराम दिन्छ । तातो पानीले सेक्दा पनि आराम हुन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply