महिला र पुरुषको मिलन पछी पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीसम्म पुग्छन् । त्यहाँ परिपक्व भएको अण्डा(डिम्ब)सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा निम्न कुराहरू हुनुपर्छ !
१. डिम्ब निष्कासन,
२. यौ नसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपण।
एउटा महत्त्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा सम्भोग गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढी नै बाच्न सक्छन्। त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ
Health
धेरै व्यक्तिहरुले शुक्रकीट र वीर्यलाई उस्तै मान्छन् तर यी दुवै कुरा भने एकै होइनन् । पहिले वीर्य के हो कुरा गरौं । पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सक्रिय यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख (orgasm) पाउने हाराहारीमा मूत्रद्वारबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । यही वीर्यमै शुक्रकीट हुन्छ । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थीको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थीबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम हुन्छ ।
अब यो शुक्रकीट के हो भन्ने विषयमा पनि कुरा गरौं । सामान्यतया: एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५मिली भन्नाले १ चियाचम्चा जति) निस्कने वीर्यमा शुक्रकीटको संख्या ४ देखि १२ करोड हुन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् । प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । परिपक्व शुक्रकीटको संरचना केही जटिल भए पनि सरल रूपमा भन्नुपर्दा अघिपट्टीको अण्डाकार तर थेप्चो भागलाई ‘टाउको’ भनिन्छ जसको लम्बाइ ४–५ माइक्रोन (१ माइक्रोन भन्नाले १ मिलिमिटरको १ हजारवाँ भाग बुझिन्छ) हुन्छ । बीचको नलि आकारको भाग (middle piece) लाई ‘घाँटी (neck)’ले जोडेको हुन्छ भने पछिल्तिर पातलो पुच्छर हुन्छ । यो शुक्रकीट नै पुरुषको प्रजनन कोष हो । वीर्यमा भएको शुक्रकीटबाट डिम्बको निसेंचन जरुरी हुन्छ । यदि वीर्यमा शुक्रकीट नै छैन भने गर्भ रहन सक्ने कुरै भएन ।
वीर्यमा पाइने शुक्रकीटको उत्पादन भने अण्डकोषमा हुन्छ । अण्डकोषमा अति नै मसिना नली आकारका गुँडुल्किएको (coiled) अवस्थामा भएका seminiferous tubles निरन्तर रूपमा शुक्रकीट बन्ने वा भनौ परिपक्व हुने प्रक्रिया चलिरहन्छ । सामान्य अवस्थामा किशोरावस्थामा एकपल्ट वीर्य बन्ने तथा शुक्रकीटको उत्पादन हुने प्रक्रिया सुरु भएपछि जीवन पर्यन्त निरन्तर रूपमा चलिरहन्छ ।
शुक्रकीट पाठेघरतिर नगएर किन योनि बाहिर निस्किएको होला ?
अब त तपाईंले पक्कै थाहा पाउनुभयो होला कि बाहिर तिर निस्किएको कुरा वास्तवमा वीर्य हो । कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिरतिर आउँछ । यो स्वाभाविक कुरा हो । तपाईं वा तपाईंकी श्रीमतीमा यसले कुनै असजिलो सृजना गर्छ भने यौन सम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । अर्को कुरा तपाईंकी श्रीमतीले अण्डरवेयर भित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।
यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ रहने हो कि भन्ने चिन्ता पनि हुन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौन सम्पर्कको बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा)सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निसेचन (Fertilization) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (Zygote) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।
यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किए जस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त संख्यामा शुक्रकीट पुग्छन् । सामान्यतया: यसरी वीर्य बाहिर निस्कँदा गर्भधारण नहुने कुनै कारण हुँदैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।
अत्यधिक योनि रस किन आएको ?
यौन उत्तेजनाका बेला पुरुषमा लिङ्गबाट र महिलाको योनिबाट रस आउँछ । पुरुषको हकमा यो नगण्य हुन्छ भने महिलाको योनिरसले भने यौनसम्पर्कलाई सहज बनाउँछ । योनिको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वाभाविक अवस्थामा पनि यो एक किसिमकले भिजेको अवस्थामै हुन्छ । भिजेको अवस्थामा हुने भए पनि सामान्यतया: थाहा हुने गरी योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ ।
योनिरस कसरी आउँछ छ त ?
यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कति प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थीहरू भने हुँदैनन् तर यसको भित्ता नै रसाएर आउँछ ।
सुरुमा यी रस योनिको भित्र मात्र रहे पनि निकै नै निस्किए योनिद्वारभन्दा बाहिरतिर पनि आउँछ । योनिरसको मात्रा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्तिअनुसार पनि हुन्छ । यौन उत्तेजनाका बेला योनिरस आउनु स्वाभाविक हो । यसले यौनसम्पर्कमा सहजता ल्याउने भए पनि कहिलेकाहीँ अत्यधिक योनिश्राव भएको स्थितिमा आवश्यक घर्षण नहुँदा यौन आनन्द प्राप्तिमा केही कमी आउन सक्छ ।
यस्तो स्थितिमा योनि सफाकपडाले पुछेर यौन सम्पर्कलाई निरन्तरता दिन सकिन्छ । स्वाभाविक योनिश्राव खासै चिन्ताको विषय होइन तर योनिबाट आउने रस मैलो वा गन्हाउनेछ भने संक्रमण भएको हुनसक्छ तसर्थ चिकित्सकको सल्लाह लिनुपर्छ ।
यो पनि पढ्नु होस् :> के सपनामा वर्जित यौनसम्पर्क देख्नु असामान्य हो ?
यो पनि पढ्नु होस् :> के सपनामा वर्जित यौनसम्पर्क देख्नु असामान्य हो ?
Health
दवाई खानु मान्छेको सभ्यताको परिचय हो। पशुपन्छीले दवाई माग्दैनन – यो सबैलाई थाहा भएकै कुरा हो। तर जुन दवाईहरु हामी खान्छौं ति सबैले हाम्रो भलो नै गर्छन भन्ने छैन। कतिपल्ट त हामी साधारण पेट दुखाई या टाउको दुखाइमा डाक्टरको सल्लाह बेगर आफै दोकानबाट दवाई ल्याएर पनि खाने गरेका छौ ।
डाक्टरहरु पनि सबै सिपालु हुन्छन भन्ने पनि छैन र डाक्टरहरु सिकारु छन् भनेर आफै डाक्टर बन्नु पनि उचित हैन। केहि महिना अघि मात्रै पाख्रिबासमा एउटा दुर्घटना भएको थियो- दवाई सम्बन्धि।
बुवाले खाने दवाई छोरीले खाएपछि छोरीको दुखद निधन भयो, अर्की केटि भने डाक्टरहरुको कौशलताले गर्दा बाच्न सफल भईन। त्यस घटनामा बाबु आमाको लापरवाही थिएन। मूल कारण दवाई नै थियो।
त्यो घटना त भयो बच्चाले धेरै मात्रामा मिठाइ सम्झेर बुवाको दवाई खाएको तर हामीले दिनप्रतिदिन साधारण दवाई सम्झेर खादै गरेको दवाइहरु चाहि सुरक्षित छन् त? हेरौं विज्ञहरु हामीले लिने साधारण दवाई हरुको बारेमा के भन्छन।
1. Vitamin (भिटामिन) – केटाकेटी हरुले मिठाइ सम्झेर ठुलो मान्छेको भिटामिन चक्की धेरै खाएमा iron poisoning हुन्छ। शरीरमा iron धेरै भएमा विभिन्न अंगहरुले काम गर्न छोडछन् र समयमा उपचार नभए मृत्यु हुन्छ । बयस्क हरुले पनि भिटामिन धेरै लिएमा मृगौलाले काम नगर्न सक्छ ।
2. Cetamol (सिटामोल) – नियमित रक्सी सेवन गर्ने व्यक्ति (जसको पहिला नै कलेजो कमजोर या बिग्रेको हुनसक्छ) ले अत्यधिक सिटामोल सेवन गरेमा, पेट दुख्ने, उल्टी गर्ने र बिरामी हुने सम्भावना धेरै हुन्छ।
सिटामोल को over dose भएको ४-५ दिनमा मृत्यु पनि हुन सक्छ । सिटामोलको अत्यधिक सेवन ले बयस्क मानिसहरुमा बाँझोपन, पेट भित्र रक्तस्राब तथा मृगौला र कलेजो बिग्रने पनि धेरै सम्भावना हुन्छ।
3. Painkillers (दुखाई कम गर्ने दवाईहरु) - प्रायश हामी साधारण दुखाई पनि कम गर्न पेनकिलरहरु खाने गर्छौं। सबै पेनकिलर हरुमा ibuprofen/acetaminophen हुन्छ । Brand name फरक भए पनि तिनीहरुभित्रको chemical composition (रासयानिक बनावट) एकै खालको हुन्छ।
सिटामोलमा पनि acetaminophen नै हुन्छ । रुघा लाग्दा खाइने दवाइहरुमा पनि acetaminophen नै हुन्छ र जब हामी सिटामोल, अथवा पेनकिलर संगै ज्वरो वा रुघाको दवाई पनि खान्छौं तब सिधै हामीलाई acetaminophen को ओवर डोज भैरहेको हुन्छ Acetaminohen को डोज को हिसाब यस्तो छ – 15mg/kg body mass ठुला मान्छेहरुले २४ घण्टामा 4000 mg भन्दा धेरै सेवन गरे ओवर डोज हुन्छ १२ वर्ष मुनिको केटा केटि को सन्दर्भमा चाहिँ दिनमा ५०० ग्राम पनि over dose हुन्छ !
5. Aspirin - एस्पिरिनको अत्यधिक सेवनले अल्सर हुने, पेटमा रक्तस्राब तथा brain damage हुनसक्छ ।
6. Codeine (खोकीको दवाई) - प्राय सबै रुघा खोकीका दवाईले हामीलाई निन्द्रा लगाउने काम गर्छन। निन्द्रा मात्र नभई यसको मातले हामीमा hallucination (मतिभ्रम) ल्याउछ आजकलका केटाकेटीले खोकीको दवाईको दुरुपयोग पनि गर्छन। अन्य दवाईहरुसंग मिसाएर सेवन गर्नाले यसले रक्सीको भन्दा कडा मात दिन्छ। खोकीको दवाई लिए पछि सवारी चढ्नु वा चलाउनु र अप्ठ्यारो काम नगर्नु नै बेश हुन्छ ।
6. Avomine (बान्ता रोक्ने दवाई) - एवोमिन को दुरुपयोग भनेको प्राय बान्ता लाग्दा या त गाडी चड्दा हुन्छ ।हुनत यो दवाई motion sickness (गाडी, रेल, प्लेन चड्दा उल्टी हुने) भएकाहरुलाई बरदान नै हो तर आफैले जथाभाबी खानाले धेरै समस्याहरु देखिन्छन । एउटा १२ बर्सको बच्चालाइ ओवर डोज भएको मैले देखेको छु । उ होश मै थियो तर जति नै प्रयास गरे पनि उसले आफ्नो कम्मर देखि माथिको भाग आफुले चाहे अनुसार चलाउन सक्दैन थियो । जति प्रयास गरे पनि उसको जिउ आफै तन्केर पछाडी जान्थ्यो । शुरुमा त सबैले tetanus भयो होला भनेका थिए तर अस्पताल पुर्याउंदा मात्र थाहा भयो उसलाई त avomine को ओवर डोज भएको रहेछ । यो दवाईको कुप्रभावमा हल्का depression हुने, स्नायु र मुटुमा असर पुग्ने, सास फेर्नु अप्ठ्यारो हुने, बेहोसी तथा तत्काल मृत्यु हुने पर्दछन ।
दवाईको ओवर डोज भएको लक्षण
1. सास फेराइमा कमी
2. आँखाको नानी भित्रको कालो भाग धेरै सानो हुन्छ
3. मतिभ्रम
4. बेहोसी वा अत्याधिक निन्द्रा लाग्ने
5. रिंगटा लाग्ने
6. कमजोरी
7. समबेदना शुन्यता
8. चिसो र गिलो(भिजेको) हात
9. उल्टी (बान्ता ) गर्न मन लाग्ने
10. उल्टी गर्ने
11. छारे रोग लागे जस्तो हुने ।
तपाइलाई यो लेख कस्तो लाग्यो ? यो लेख निकै जीवन उपयोगी लग्यो भने share गरेर आफ्ना साथीहरु सम्म पुर्याउनु भए धेरै साथीहरु दवाई प्रति चेतनशील हुन्थे ।
Health - Information
पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं मुस्किल हुन्छ । सामान्यतस् शरीरमा हर्मोनको कमी या गडबडीका कारण नपुसंकता हुन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन मुस्किल हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यतस् नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।
खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन। ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।
Health
चिकित्सककहाँ जानु भनेको तपाई स्वयम्लाई आफ्नो लुगा सिलाउने ‘टेलर’कोमा गएको जस्तो हुन्छ होला । टेलरले तपाईको कम्मर, तिघ्रा लगायतको आकार नापेझै चिकित्कसले पनि परीक्षण सुरु गर्नु भन्दा अगाडि तपाईको कम्मर वा पेटको आकार नाप्छ होला । त्यसपछि मात्र उसले तौल नाप्ने यन्त्रमा उभाउँछ होला । पछिल्लो एक अध्ययन अनुसार तपाइ जति दुब्लो र पातलो भए पनि पेट बढेको छ भने बढी तौल भएका मानिसहरु भन्दा तपाईलाई स्वास्थ्यको अझै बढी जोखिम छ ।
मोटोपनले तपाईमा डायबिटिजि, स्ट्रोक, हृदयघात, र क्यान्सर रोग लाग्ने पुष्टि भइसकेको छ । अर्को शब्दमा भन्ने हो भने तपाईको मोटोपन विभिन्न रोगको श्रोत हो । तर, डाक्टरहरुका अनुसार तपाई जति पातलो भए पनि पेट मात्र बढेको छ भने समग्र मोटो वा तौल बढी भएको मानिसलाई भन्दा अझै स्वास्थ्यका दृष्टिले खतरा छ । अर्थात् तपाईको पेटले तपाईंलाई मृत्युतर्फ धकेलिरहेको छ ।
मोटोपन व्यबस्थासम्बन्धी निर्र्देशिकाले तपाई कति मोटो हुनुहुन्छ भन्ने पत्ता लगाउछ । यस निर्देशिकाले चिकित्सकलाई तपाईको शरिरको मासुको सूचांक हेर्न लगाउँछ । जस अन्तर्गत तपाईंको उचाई र तौलको आधारमा शरिरको मोटोपनको मापन गरिन्छ । एउटा स्वस्थ बोडी मास इन्डेक्स (बीएमआई) ले तपाईंको पेटको मोटोपन बारे स्पष्ट जानाकारी दिन्छ । तसर्थ यदि तपाईको पाईन्ट बटन लगाउन गाहो भएको छ भने तपाईले आफ्नो तौलको बारेमा आजैदेखि बिचार पुयाउनु होस है ।
ठूला ठूला भाडाको आकार जस्ता भुँडी भएका मानिसहरुमा अन्य तौल बढी भएका वा मोटा मानिसहरुमा भन्दा दोब्बर मृत्युको खतरा भएको देखाएको छ । ठूला कम्मर र भुडी भएका मानिसहरुमा डायबिटिज, स्टोक, मुटु लगायतका समस्या हुन्छ ।
Health
काठमाडौं । मुठीभरि पैसा हुनेले मात्र होइन, दैनिक जीवन गुजारा गर्न धौ धौ हुने र गरिखाने श्रमजीवीले पनि मानव शरीरका महत्वपूर्ण अङ्ग प्राप्त गरी नयाँ जीवन पाउने भएका छन् ।
व्यवस्थापिका–संसद्ले मानव शरीरको अङ्ग प्रत्यायरोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि मस्तिष्क मृत्यु भएकाहरुले अङ्ग प्रत्यारोपण गर्न पाउने भएकाले मुठ्ठीभर पैसा नहुँदा पनि मानिस बाँच्न पाउने भएका हुन् ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेलगत्तै नयाँ ऐन बन्ने र मानिसले नयाँ जीवन प्राप्त गर्ने थप सहज बाटो खुला हुने छ । यसअघिका विधेयकमा मस्तिष्क मृत्युको परिभाषा पूर्ण नहुँदा मृत व्यक्तिबाट मानव अङ्ग दान गराउन सक्ने अवस्था थिएन तर नयाँ विधेयकमा मस्तिष्क मृत्युबारे अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको व्यवस्था गरिएको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको भनाइ छ ।
आफ्नै परिवारका सदस्यले मात्र होइन, दुःखसुखका साथी पतिले समेत मिर्गौला दिन नमानेपछि दैलेखकी पार्वतीले अकालमै ज्यान गुमाउनुपरेको थियो । “केही दिन पहिले काभ्रेपलाञ्चोक बालुवा गाविसकी एक दनुवार्नी मिर्गौला बिक्री गरेर फर्केको स्थानीयवासी दीपक न्यौपानेले जानकारी दिए । लुकिछिपी मिर्गौला बिक्री हुने गाउँको नामले बालुवा चिनिएको छ ।
भक्तपुरकी सुन्तली विक, रुकुमकी रेनु परियार, सिन्धुपाल्चोककी मैना सुनवार लगायत सयौँ महिला अहिले हप्तामा दुई दिन डायलोसिस गरेर बसेका छन् । तिनले अब लामो जीवन बाँच्न चाहेमा उनीहरुका लागि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले प्रत्यारोपणबाट प्राप्त हुने मिर्गौला, कलेजो, फोक्सो, मुटु, आँखा र प्याङ्क्रियाज प्रक्रियाका आधारमा उपलब्ध गराउने छ ।
मिर्गौला बिक्री गर्ने गाउँका नामबाट दर्जनौँ अखबार, टेलिभिजन तथा सामाजिक सञ्जालले थुप्रै समाचार यहाँ आई सम्प्रेषण गरेको उदाहरण नेपाल पत्रकार महासङ्घ काभ्रेका सभापति नारायण सापकोटा दिन्छन् ।
बालुवामा मिर्गौला माफिया लुकीछिपी पस्छन्, दलित तथा गरिबहरुलाई पैसाको लोभमा फसाई ललाइफकाई भारत पुर्याउने र मिर्गौला झिकी नेपाल पठाएका थुप्रै उदाहरण रहेकाले अब बालुवा प्रवेश गरी मिर्गौलाको माफियागिरी गर्नेहरुको दिन समाप्त भएको सभापति सापकोटाले जानकारी दिए ।
व्यवस्थापिका–संसद्ले बनाएको मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनले शल्यचिकित्सकले मस्तिष्क मृत्युको घोषणा गर्ने काममा र मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अङ्ग प्रत्यारोपण गर्ने काममा संलग्न हुन पाउँदैनन् भने अङ्गप्रत्यारोपण गर्ने कार्य समानान्तर रुपमा शल्यचिकित्सा गरी एकै पटक गर्नुपर्ने उल्लेख छ ।
मृतकले आफू जीवित छँदै आफ्नो शरीरको अङ्गदान नगर्ने लिखित इच्छा व्यक्त गरे परिवारका सदस्यले मृतकका अङ्गदान गर्न पाउने छैनन् । मस्तिष्क मृत्यु घोषणा भएका मानिसको अङ्ग झिक्ने, झिकिएका अङ्गलार्ई सुरक्षित रुपमा राख्ने, अङ्ग प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अङ्गलाई तोकिए बमोजिमको प्राथगमिकता क्रमाअनुसार वितरण व्यवस्था मिलाउने प्रयोजनका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी समन्वय एकाइ तोक्नेछ । सरकारले समन्वय एकाइ नतोकेसम्म मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले समन्वय एकाइको काम गर्नेछ ।
अस्पताल वा स्वास्थ्य केन्द्रले व्यक्तिको मस्तिष्क मृत्युको घोषण गरेमा समन्वय एकाइलाई तुरुन्त जानकारी गराउनुपर्ने, मृत्युको घोषणा गर्ने सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्रले समन्वय एकाइलाई अङ्ग झिक्ने व्यवस्थाका लागि आवश्यक पर्ने भौतिक सुविधा तथा जनशक्ति उपलब्ध गराउनुपर्ने छ ।
मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको अङ्गप्रत्यारोपणसम्बन्धी क्रियाकलाप भएपछि मस्तिष्क मृत्युको घोषणा गर्ने अस्पताल वा स्वास्थ केन्द्र, अङ्गप्रत्यारोपण गर्ने स्वास्थ्य संस्था र मस्तिष्क मृत्युको घोषणा भएको व्यक्तिको परिवारका सदस्यलाई सरकारले तोकिए बमोजिमको रकम उपलव्ध गराउन सकिने ऐनमा प्रावधान छ ।
अङ्ग दान गर्न पत्नी, छोराछोरी, धर्मपुत्रधर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबुआमा, सौतेनी बाबुआमा, बाजैबज्यै, नातिनातिनी , दाजुभाई, दिदीबहिनी, ठूलो बाबुआमा, काकाकाकी, साना बाआमा, भतिजाभतिजी, सासूससुरा, जेठाजुजेठानी, देउरानी, नन्द, देवरभाउजू, बुहारी, मामामाइज्यू, भान्जाभान्जी, सालासाली फुपूफूपाजु, आमाजू्लगायतले मुख्य मानव अङ्गप्रत्यारोपण गर्नसक्ने ऐनमा व्यवस्था छ । रासस
Health
हाँसो पनि कति भायाँखर हो हौ ? पेटमा रहेको बच्चा नै पैदा हुने गरि ! बेलायतकि एकजना गर्भवती महिला यति जोडले हाँसिन् की हाँस्दा हाँस्दै उनको पेटमा रहेको बच्चा फुत्तै जन्मियो ।
लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माइन् । कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की हाँसोकै कारण उनलाई सुत्केरी व्यथा नै सुरु भयो र उनले बच्चा जन्माइन् पनि ।
क्रिस्टी नामकी ती गर्भवती महिलाले नाट्यघरमा क्रिसमसको अवसरमा आयोजित हाँस्यव्यंग्य कार्यक्रम हेरिरहेकी थिइन् । कलाकार गोक वानले कमेडी प्रस्तुती दिइरहेका थिए । उनको प्रस्तुती यति दमदार थियो की क्रिस्टीले शो अवधिभर हाँसो थाम्न सकिनन् । जोडसँग हाँसिरहँदा उनलाई प्रसव पीडाले चेँप्यो र उनलाई तत्कालै डेरिफोर्ड अस्पताल लगियो । अस्पतालमा उनले छोरो जन्माइन् र उसको नाम रुबेन राखियो ।
छोरो पाएपछि क्रिस्टीले शोसल मिडियामा लेखिन्ः शो हेर्दा म यति जोडसँग हाँसिरहेकी थिएँ की त्यसै कारणले गर्दा मेरो बच्चा यो दुनियामा आयो । उनले बच्चा जन्माउने निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माएकी हुन् । उनलाई फेब्रुअरीमा बच्चा जन्माउने डेट दिइएको थियो ।
डाक्टरका अनुसार यो हाँसोबाट सिर्जित दबाबको असर हो । सामान्य रुपमा यस्तो नहुने भएपनि जब निरन्तर रुपमा खितितिती हाँसिन्छ तब समयभन्दा पहिले नै बच्चा जन्मिने पनि हुनसक्छ ।
दर्शकले आफ्नो नाटकघरको प्रस्तुतीकै कारण बच्चा जन्माएको समाचार सुनेपछि थिएटरका प्रवक्ताले खुसी व्यक्त गर्दै भनेका छन् हाम्रो कारण बच्चा जन्मिँदा हामी निकै खुसी छौँ ।
Amazing - Health
abiyachaur (Myagdi): Free eye treatment camps were led in two separate spots of Myagdi region on Friday, profiting as high as 400 local people.
The Lions Club of Beni composed the eye treatment camps in Pakhapani and Bhagawati. The guests were given with directing and drugs to free adjacent to their eye checkups, it is said.
Director of Lions Club of Beni, Kubir Shrestha, said that 281 persons got administrations at the camp dispatched in Bhagawati while 119 in Pakhapani.
He said that by and large 22 persons having waterfall issue would be sans given surgery administrations in the region home office, Beni. RSS
Health
सुन्दा त अपत्यारिलो समाचार लग्न सक्छ ! चीनको हुनान प्रान्तमा एउटा रुख १३ सय वर्ष पूरानो अनौठो रुख फेला परेको छ, जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिने जनाईएको छ । यो रुख १३ सय वर्ष पूरानो रहेको र त्यसको बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थ(ट्याक्सोल)लाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।
वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामको यो रुख शुनहुआंगशन राष्ट्रिय निकुन्जमा पाइएको छ । यो रुखको काण्डको गोलाई २.२ मिटर र पुरै रुखको लम्बाइ ३५ मिटर रहेको छ । यो मुख्य रुखको आसपासमा अरु २ वटा यहीँ प्रजातिका साना रुख पनि रहेका छन् ।
सिन्ह्वाका अनुसार यी तीनवटा रुखलाई स्थानीय ग्रामीण समुदायलाई निकै राम्रोसँग संरक्षण गरेर राखेका छन् । यो प्रजाति लोपोन्मुख प्रजाति हो । २५ लाख वर्षदेखि यो प्रजाति अस्तित्वमा छ ।
यो रुखको खोँटोको उपयोग क्यान्सरको उपचारमा गर्ने गरिन्छ । जसका कारण खोटो प्राप्त गर्न ठूलो संख्यामा रुखको कटाइ भएसँगै यो प्रजातिको वनस्पती लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ ।
Health - Medicine
Expert Neurologist/Department of Neurosciences/Grande International Hospital
The world is praising the World Alzheimer's Day today with the subject "Recollect that me". Alzheimer's ailment is a dynamic neurodegenerative sickness of elderly, in which the cerebrum cells gradually kick the bucket because of gathering of anomalous proteins. A month long mindfulness and backing projects are sorted out far and wide in September as the Alzheimer's month. In any case, in Nepal, where despite everything we battle for aversion and treatment of transmittable illnesses, chipping away at non-transferable ailments, that too of maturity, is intense.
The significant reason for Dementia in elderly is an infection called Alzheimer's sickness. Dementia, which freely implies loss of memory, is one of the main therapeutic issues of elderly. As a result of the profound established marks of shame about dementia, just 10 % of these individuals overall look for therapeutic sentiment; to such an extent that dementia is regularly concealed away, not talked about, or overlooked during an era when the patients and their family needs the most backing.
With the expanding future, populace of elderly is gradually expanding in Nepal. Be that as it may, because of absence of protection scope, not really solid financial status of the elderly, and the changing family structure; elderly individuals are frequently not minded and left to endeavor with their issues all alone. Paying so as to handle their medicinal issues themselves from their pocket is an outlandish test.
What are the early manifestations?
The fundamental presentation is the dynamic scholarly decay from past level of working and execution in order to meddle with their capacity to capacity at work and routine day by day exercises. Typically the data from relatives is the way to the conclusion of Alzheimer's illness.
Of the accompanying five indications, if two are available, an in number suspicion of Alzheimer's dementia must be considered and further work up must be begun.
- Is there an exacerbated capacity to take in and recollect new data (Misplacing individual possessions and losing all sense of direction in well known courses)
- Is there a disability of thinking, complex tasking and judgment (Difficult to oversee routine accounts, failure to arrange consecutive exercises)
- Disabled visuo-spatial capacities in spite of good vision (Inability to arrange apparel, not perceiving well known appearances)
- Disabled talking, perusing and composing if individual was doing it well already.
- Continuous change in identity.
Weight of the infection
According to the report of World Alzheimer's Association distributed in 2015, it is evaluated that 46.8 million individuals worldwide are living with dementia which is certain to twofold at regular intervals, coming to 74.7 million in 2030 and 131.5 million in 2050. Greater part of this weight is seen in low or center salary nations. The issue looks considerably more troubling in the event that we say that at regular intervals somebody creates dementia , adding up to 9.9 million new cases every year. In the event that we search for the expense included, it is evaluated that this to 818 billion dollars will be spent for the current year for treatment, which is more than the business sector estimation of Apple Inc. Because of the effect of this greatness, WHO has announced dementia as an ailment of open significance.
Circumstance in Nepal
The commonness of dementia is evaluated to be 6.5 % in matured above 65. In Nepal, populace above 65 years old constitutes 4.5% of the aggregate populace. So by general estimation, pretty nearly 85,000 individuals right now experience the ill effects of dementia. This weight is going to twofold by one decade from now. On the off chance that we don't begin arranging now, it will be past the point where it is possible to handle the horribleness brought about by this sickness. Presently, there are only 20 Neurologists, only one Geriatrician and not very many maturity consideration homes in Nepal; it is as of now a huge errand for them. With the surge of non-transferable sicknesses like dementia, this 'twofold weight' will have a gigantic effect on how the nation's economy will advance later on.
Why we should be corncerned?
With blasting elderly populace in creating nations also, we have less number of human expert assets to meet the wellbeing and social needs of this gathering. There is no openness to far reaching medicinal services and government disability. In addition for elderly individuals with dementia circumstance will be far more atrocious. This gathering of individuals will be completely disregarded and will be marked "crazy" if there is behavioral variation from the norm just due to absence of mindfulness that dementia is likewise an infection as like hypertension and diabetes. Mindfulness about dementia and Alzheimer's illness will help to reduce the shame and make individuals arranged for helping these penniless individuals who generally will be socially untouchable.
On the off chance that we can analyze them early, we can begin the treatment with medicines (Rivastigmine , Donepezil and so on) which can help enhance their intellectual capacity. We can likewise set up their guardians so they can give better care and idealism to adapting to the ailment movement and deferral affirmation in doctor's facility because of crippling issues.
What ought to be done ?
Since Alzheimer's ailment is a dynamic sickness and has no undeniable cure in this way, the consideration of patient and guardians remains the need. From individual level and group spreading mindfulness about dementia, enhancing our way of life and solid propensities, spreading confidence of consideration and de-slander of winning states of mind are of most extreme essential. Need must be given to the voices of individuals with dementia and their parental figures; furthermore incorporation and coordination of wellbeing and social consideration framework must be finished. Government ought to organize the long haul consideration of elderly and needs to plan and actualize national projects to address the issue of elderly care.
What is in the Future?
Scrutinizes in treatment of Alzheimer's ailment with focused on medications to kill the harmful proteins are on pipeline and foundational microorganism treatment however still in exploratory state will be an extraordinary aid to handle this sickness and holds an in number guarantee in future.
Health - Health Education
सबैले जानेको कुरा हो पानी यत्तिकै भन्दा उमालेर पिउँदा स्वस्थकर हुन्छ । हरेको कुराको एउटा सीमा हुन्छ, त्यस्तै पानी उमाल्नुको पनि सीमा हुन्छ । यदि त्यो सीमा भन्दा बढी पानी उमालेर पिउन थालियो भने स्वास्थ्यका लागि हानीकारक हुनसक्छ । यो कुरा धेरैलाई थाहा नहुन सक्छ ।
जब पानी धेरै उमालिन्छ वा बारम्बार उमालिन्छ, तब यसमा आर्सेनिक, नाइट्राइट र फ्लुराइडको मात्रा धेरै बढ्छ । यीनीहरुको अधिक मात्रा स्वास्थ्यका लागि अती हानिकारक छ ।
आर्सेनिक: पानी
धेरै उमाल्दा यसमा आर्सेनिकको मात्रै बढ्छ । आर्सेनिक धेरै भएको पानी
पिउँदा क्यान्सर, मुटुरोगजस्ता बिराम हुने खतरा बढ्छ । जो धेरै समयदेखि
आर्सेनिक धेरै भएको पानी पिउँदै आएको छ, उसलाई छाला सम्बन्धि रोग हुने
संभावना प्रबल हुन्छ ।
नाइट्राइटः पानीलाई धेरै उमाल्दा यसमा नाइट्राइटको मात्रा बढ्दै जान्छ । जुन यसको एक अवयव पनि हो । पानी धेरै उमालेपछि नाइट्राइट स्वास्थ्यका लागि हानिकारक तत्वमा बदलिने संभावना हुन्छ । किनभने उच्च तापमानमा नाइट्राइट नाइट्रोसेमिनमा बदलिन्छ । जुन क्यान्सरको कारक बन्न सक्छ ।
फ्लुराइड : पानी धेरै उमाल्दा फ्लुराइडको मात्रो बढ्दै जान्छ । लामो समयसम्म धेरै फ्लुराइडयुक्त पानी पिउनेमा हड्डि कमजोर हुने रोग देखिन सक्छ ।
Health
यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।
यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।
एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ ।
Health - Technology
किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धतीद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ? आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।
आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्ने छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।
गहुँको दाना भन्दा ठूलो पत्थरीलाई कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ जानकारी गराइदै छ । किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव यस्तो रहेको छ
आवश्यक तत्वहरु:
१. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल
२. १०० मिलीलिटर कागतीको जुस
३. १०० मिलीलिटर बीयर
दबाई तयार पार्ने बिधि:
सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।
ओखती सेवन गर्ने बिधि:
प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (दवाई) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।
यो दवाई सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा बाटो
मा घाउ हुन सक्छ ।
Health
अस्पतालमा उपचारका लागि ल्याइएको एक नवजात शिशुको नाक मुसाले टोकिदिएपछि भारतको मध्य प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै तहल्का मच्चियो । यो घटनालाई लिएर अस्पतालले अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन गर्नुपरेको छ ।
केही समयपहिले एक निजि अस्पतालमा उक्त बच्चाको जन्म भएको थियो । बच्चाको स्वास्थ्य निकै बिगि्रएपछि उसका बावुआमाले उपचारका लागि जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका थिए । तर बच्चा उपचारकै क्रममा रहेको अवस्थामा केही दिनअघि बच्चाको नाक मुसाले काटिदिएपछि अस्पतालको लापरवाहीको विषय ठूलै चर्चाको विषय बनिरहेको छ ।
तर अस्पतालले भने बच्चाको नाक मुसाले काटेको कुरा अस्विकार गर्दै आएको छ । सर्जन डाक्टर गंगराडेले विरामी बालकको उपचार जारी रहेको र उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई मुसाले टोकेको भन्ने कुरा गलत रहेको बताएका छन् । तर यस्तो गलत अफवाह रोक्न नसकेको भन्दै दुइ कर्मचारीमाथि कारवाही गरिएको उनको दाबी छ । कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाउनका लागि दुइ कर्मचारीमाथि कारवाही गरेको भन्दै विरोध गरेका छन् ।
Health
काठमान्डौ । तपाई हामीले मानिसका नितम्बका विषयमा धेरै खाले जोकहरु सुनेका छौ । नितम्बका बारेमा धेरै कथा कहानीहरु पनि सुनेका छौ । ती मध्ये कति सत्य होलान् कति असत्य ।
तर यहाँ नितम्बका विषयमा सत्य सावित भएका तथ्य प्रस्तुत गरिएको छ, जुन पूर्ण सत्य र अचम्म अनि रोचक छन् । पढौ न त नितम्बको बारेमा छ वटा रोचक तथ्य:
१. मानिसले आफ्नो नांगो नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो ट्रेण्ड निकै पूरानो हो । इटालीको पुरानो शहर रोमका मानिसहरुले पहिलो सताब्दीमै यो चलनको सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीँकतै नांगो नितम्ब देखाउने कार्यक्रमकै आयोजना गरिन्छ
२.शोधकर्ताहरुका अनुसार ठूलो आकारको हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चा भन्दा बढि बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिप निकै ठूलो थियो ।
३.शरीरमा सबैभन्दा ठूला र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।
४.अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई पाइगफिलिया भनिन्छ । ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौनिक उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नो नितम्बको प्रशंशा अरुले गरिदिँदा पनि महिलालाई अर्कै आनन्दको अनुभुति हुन्छ ।
५.एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा त्यसको सेपमा बढि रुची हुन्छ ।
६. सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको बेल्फीले जितेको थियो । अर्थात् विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना तस्वीरमा अनुहारको सेल्फी भन्दा आफ्नो नितम्बको सेल्फी अर्थात् बेल्फीको संख्या धेरै थियो ।
तर यहाँ नितम्बका विषयमा सत्य सावित भएका तथ्य प्रस्तुत गरिएको छ, जुन पूर्ण सत्य र अचम्म अनि रोचक छन् । पढौ न त नितम्बको बारेमा छ वटा रोचक तथ्य:
१. मानिसले आफ्नो नांगो नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो ट्रेण्ड निकै पूरानो हो । इटालीको पुरानो शहर रोमका मानिसहरुले पहिलो सताब्दीमै यो चलनको सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीँकतै नांगो नितम्ब देखाउने कार्यक्रमकै आयोजना गरिन्छ
२.शोधकर्ताहरुका अनुसार ठूलो आकारको हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चा भन्दा बढि बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिप निकै ठूलो थियो ।
३.शरीरमा सबैभन्दा ठूला र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।
४.अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई पाइगफिलिया भनिन्छ । ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौनिक उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नो नितम्बको प्रशंशा अरुले गरिदिँदा पनि महिलालाई अर्कै आनन्दको अनुभुति हुन्छ ।
५.एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा त्यसको सेपमा बढि रुची हुन्छ ।
६. सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको बेल्फीले जितेको थियो । अर्थात् विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना तस्वीरमा अनुहारको सेल्फी भन्दा आफ्नो नितम्बको सेल्फी अर्थात् बेल्फीको संख्या धेरै थियो ।
Health
इन्टरनेटमा आफ्नो तस्बिर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एकजना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेकी छन् । पश्चिम रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेलिना अबलुले आफूसँग यौन सम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५०० युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।
आवेदनबाट छानिएका पुरुषले वीर्य उपलब्ध गराएर पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् । बेलायती अखबार द मिररमा छापिएको समाचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो पोस्ट गरेकी छन्,‘केटाहरु भेट्नु त ठूलो कुरा होइन,तर,म सम्बन्धमा रहेर सम्बन्ध बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्न सक्छु’ उनले फेसबुकमा लेखेकी छन् ।
Health
अहिले बजारमा प्याज छोइसाध्ये छैन । भारतबाट कम आयात भएपछि भाउ हृवात्तै बढेको छ । लशुन त पहिलेदेखि नै महंगोमा कारोबार हुँदै आएको हो । यही महंगो लशुन प्याजमा शरीरलाई फाइदा गर्ने महत्वपूर्ण गुण हुने चिकित्सकहरु बताउँछन् ।लशुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्त्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लशुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्त्व मात्र होइन, शरीरमा बढी मात्रामा रहेको एक प्रकारको बोसो (कोलेस्टेरोल) कम गर्ने तत्त्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी बन्दा मुटुका विभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लशुनको उपयोगिता सिद्ध भइसकेको छ ।
यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ । धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ ।
जनस्वास्थ्यसम्बन्धी डा. अरुणा उप्रेतीका अनुसार लशुनको गन्ध धेरैलाई मन नपर्ने भएकाले लशुनबाट औषधीय तत्त्व निकालेर क्यापसुल बनाएर बेच्न थालिएको छ । छिमेकी मुलुक भारतमा गार्लिक पल्स भनेर लशुनलाई औषधि बनाएर बेचिन्छ । यसमा लशुनको गन्ध नआउने भएकाले यसको प्रयोग धेरैले गर्छन् । हुन त यसरी प्रयोग गर्दा आर्थिकरूपले महँगो पर्ने मात्र होइन, प्राकृतिक गुणहरू समेत नष्ट हुन जान्छन् भन्ने तथ्य अनुसन्धानबाट देखिएको छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ ।
लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका रसियाली डाक्टरहरूले युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए । त्यसबेला एण्टिबायोटिकको भर्खर मात्र आविष्कार भएको थियो र यसको प्रयोग आमरूपमा भइसकेको थिएन । रूसका वैज्ञानिकहरूले १ शय ५० ओटा वनस्पतिमा अनुसन्धान गर्दा लशुन र प्याजमा शक्तिशाली एण्टिबायोटिक भएको पाएका थिए । आजभन्दा २०० वर्षअघि नै प्याजमा पनि औषधीय गुण छ भन्ने कुरा पत्ता लागेको थियो । लशुनमा झैं प्याजमा पनि विशेष प्रकारको तत्त्व हुन्छ, जसले शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । प्याजमा रहेको विशेष प्रकारको गन्धले रुघा लागेको बेलामा नाक खोल्न पनि मद्दत गर्छ । कतिपय युरोपेली मुलुकहरूका बासिन्दाहरू जाडोको बेलामा नाक खोल्न प्याज काटेर सुँघ्ने गर्छन् । लशुन-प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन-चार चोटि ख्वाउनु उचित हुन्छ ।
प्याजको यही गुणलाई थाहा पाएर स्पेनवासीहरूले यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । यसको निम्ति प्याजलाई पातलो पारेर काटिन्छ र ती टुक्राहरूलाई सात-आठ घण्टासम्म महमा डुबाएर राखिन्छ । त्यसपछि महमा डुबाइएको प्याजलाई निचोर्दा जुन रस आउँछ, त्यसमा कागतीको रस हालेर एक-एक चम्चा दिनमा चार-पाँच चोटि खाइन्छ ।
यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ । धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ ।
जनस्वास्थ्यसम्बन्धी डा. अरुणा उप्रेतीका अनुसार लशुनको गन्ध धेरैलाई मन नपर्ने भएकाले लशुनबाट औषधीय तत्त्व निकालेर क्यापसुल बनाएर बेच्न थालिएको छ । छिमेकी मुलुक भारतमा गार्लिक पल्स भनेर लशुनलाई औषधि बनाएर बेचिन्छ । यसमा लशुनको गन्ध नआउने भएकाले यसको प्रयोग धेरैले गर्छन् । हुन त यसरी प्रयोग गर्दा आर्थिकरूपले महँगो पर्ने मात्र होइन, प्राकृतिक गुणहरू समेत नष्ट हुन जान्छन् भन्ने तथ्य अनुसन्धानबाट देखिएको छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ ।
लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका रसियाली डाक्टरहरूले युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए । त्यसबेला एण्टिबायोटिकको भर्खर मात्र आविष्कार भएको थियो र यसको प्रयोग आमरूपमा भइसकेको थिएन । रूसका वैज्ञानिकहरूले १ शय ५० ओटा वनस्पतिमा अनुसन्धान गर्दा लशुन र प्याजमा शक्तिशाली एण्टिबायोटिक भएको पाएका थिए । आजभन्दा २०० वर्षअघि नै प्याजमा पनि औषधीय गुण छ भन्ने कुरा पत्ता लागेको थियो । लशुनमा झैं प्याजमा पनि विशेष प्रकारको तत्त्व हुन्छ, जसले शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । प्याजमा रहेको विशेष प्रकारको गन्धले रुघा लागेको बेलामा नाक खोल्न पनि मद्दत गर्छ । कतिपय युरोपेली मुलुकहरूका बासिन्दाहरू जाडोको बेलामा नाक खोल्न प्याज काटेर सुँघ्ने गर्छन् । लशुन-प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन-चार चोटि ख्वाउनु उचित हुन्छ ।
प्याजको यही गुणलाई थाहा पाएर स्पेनवासीहरूले यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् । यसको निम्ति प्याजलाई पातलो पारेर काटिन्छ र ती टुक्राहरूलाई सात-आठ घण्टासम्म महमा डुबाएर राखिन्छ । त्यसपछि महमा डुबाइएको प्याजलाई निचोर्दा जुन रस आउँछ, त्यसमा कागतीको रस हालेर एक-एक चम्चा दिनमा चार-पाँच चोटि खाइन्छ ।
Health
विज्ञहरुका अनुसार उन्मुक्त हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी र खुसी बनाउन ठूलो योगदान गर्छ । मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसो सहयोगी हुन्छ ।
विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् । हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ । जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ । यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ ।
यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ छ ।
हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ । यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए । हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने र मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन् ।
Health
Albeit the majority of us attempt to carry on with a solid way of life, anything goes for the sake of excellence. Items regularly contain Phthalates, Triclosan, Formaldehyde and different fixings with entangled names that accomplish more terrible to your body than great. It's actual its not simple being green yet once in a while you may really be making more eco-cognizant decisions than you might suspect. Look at our most loved excellence items that likewise happen to be regular. We adore it when that happens.
Health
Subscribe to:
Posts (Atom)
















Recent Comments