बिज्ञानले ठुलै फड्को मारि सक्दा पनि अहिले सम्म खोजकर्ता र बैज्ञानिकहरुले भुकम्प कहिले जान्छ, कति ठूलो जान्छ भन्ने पत्ता लगाउन सकेका छैनन् । बिज्ञान र बैज्ञानिकहरु सँग केबल पहिला गएका र बिभिन्न ठाउँमा गएका भुकम्पलाई आधार मानेर गर्न सक्ने अनुमानहरु मात्रै छन् ।
बिश्वमा बैज्ञानिक युग सुरु हुनु पहिले पनि यस्ता दैबि बिपत्तीहरु आउने गरेका थिए । त्यो बेलामा मानिसहरु यसरी आउने बिपत्तीमा बिभिन्न जनावरका माध्यमबाट पुर्व सुचना पाउँथे । आजको समयमा यी संकेतहरु अपत्यारिला र अबैज्ञानिक मान्दै आएपनि वास्तबमै यस्ता संकेतलाई ध्यान दिन सके धेरै हदसम्म हामी सुरक्षीत हुन सक्छौं ।
बैसाख १२ को भुकम्प पुर्व पनि जनावरका यस्ता संकेत देखेका केहि बृद्ध व्यक्तीहरुको मुखबाट के अनिस्ठ हुदैंछ, भुकम्प आउन सक्छ भनेर सुनिएको कुरा आज टोलमा जम्मा भएकाहरुले सुनाई रहेछन् । ति जेष्ठ नागरिकहरुमामा बैज्ञानिक ज्ञान त थिएन तर आफ्ना पुर्खाहरुले सुनाउँदै र आफुले भोग्दै आएका धेरै अनुभव बाट उनिहरुले यस्तो अड्कल काटेका थिए ।
हामी आज बैज्ञानिक युगमा छौ त्यसैले हामी यसलाई मात्र बिश्वास गर्छौ । तर कतीपय अवस्थामा हामिले बिश्वास नगरेका कुराबाटै हामी पछुताएका हुन्छौं । जनावरले दिने पुर्ब सुचनाको बारेमा पहिले त हामी आँफै अनभिज्ञ छौं यदि थाहा भएपनि कसैले आफ्ना कुरा बिश्वास नगर्ने डरले र लाजले यी कुराहरु हामी अरुलाई सुनाउँदैनौं । जव दैबि बिपत्ती पर्छ तव धेरैले भन्छन् यस्तो भएको थियो, उस्तो भएको थियो मलाई त शंका लागेको थियो यो बिपत्त आउँदैछ भन्ने जस्ता कुरा सुन्नमा आउँछन् । बास्तवमै यी कुरा कसैले नपत्याउनु बैग्लै कुरा हो तर मानिसमा महसुस हुने यस्ता असामान्य लाग्ने कुराहरुले दैबि प्रकोपको पुर्व सुचनाले दिईरहेका हुन्छन ।
भलै यो कुराहरुलाई बिज्ञानले नमान्ला तर बुढापाका र अनुभवीहरुका अनुसार ठूलो प्राकृतिक बिपद आउँदैछ भने हाम्रो वरपरको वातावरण, जिव जन्तु, पशु पंक्षिले त्यसको संकेत गरिरहेका हुन्छन् ।
भुकम्पको हकमा कुरा गर्दा पुराना भनाईहरु र बुढापाका अनुभवीहरुका अनुसार भूईचालो जाँदैछ भन्ने कुरा हामीले यसरी थाहा पाउन सक्छौं ।
– जमिनमुनि बस्ने जिव जन्तुहरु, सर्प, मुसा आदि एक्कासी बाहिर देखिए भने ।
– घरपालुवा जनावरहरु दाम्लो च्यातेर बाहिर निस्के, मानिसको नियन्त्रण बाहिर जान थाले भने ।
– चरा चुरंगीहरु अनायासै कराउन थाले, एक ठाउँबाट अर्को ठाउँ उड्न थाल्यो भने, राती तिर पनि कराउन थाले भुईचालो जाने संकेत हुन्छ ।
कुकुरहरु जमिन सुघदै र आकाशतिर फर्केर अनौठो तरिकाले कराउन थाले भने ।
– जंगली जनावरहरु एक्कासी बास स्थान छोडेर यताउति निस्कन थाले, भाग्न थाले भने ।
यस्ता कुराहरुलाई बुझन सके र ख्याल गर्न सके भुईचालो, पहिरो आदि जस्ता दैबि बिपतको पूर्ब संकेत भनेर बुझनु पर्छ भन्ने बुढापाका, बिज्ञ र अनुभवीहरुको राय छ ।




No comments