Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एक करोड नक्कली भारतीय नोट बरामद, यस्तो छ पाकिस्तान देखि वीरगञ्जको चेन
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । नेपाल प्रहरीको विषेश ब्युरोले नक्कली एक करोड भारतीय नोट सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पाँच जना नेपाली नागरिक छन् भने एक पाकिस्तानी नै छन् । यो समूह पक्राउ परे संगै पाकिस्तानदेखि नेपालसम्मको एउटा चेन त ब्रेक भएको छ तर, भारतीय गिरोह भने  उम्किन सफल भएको छ ।
नक्कली भारूको कारोबारलार्इ लिएर नेपाल उडान भर्ने केही एयरलाइन्स र त्यसमा यात्रा गर्ने केही देशका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सुरक्षाकर्मीको विषेश निग्रानीमा पर्छन् ।
त्यहि निगरानीमा परेका थिए पाकिस्तानी नागरिक मोहम्मद नदिम । केही समयअघि कतार एयरवजबाट नेपाल आएका मोहम्मदलाई प्रहरीको टोलीले विमानस्थलबाटै पछ्याएको थियो ।
fake Indian currency
मोहम्मद ठमेलको प्लानेट होटलमा बसे । प्रहरीले उनलाई पक्राउ गर्दा सुटकेसमा पचास लाख नक्कली भारु लिएर बसेका मोहम्मद पैसा लिन आउने मकवानपुरकी उमादेवी पाण्डेको पर्खाइमा थिए ।
मोहम्मदले पैसा लिन आउने नेपाली महिला भएको भन्दै ट्याक्सी नम्बर बताएपछि उमा पनि प्रहरी फन्दामा परिन् । वानेश्वरस्थित कोठामा एक रातको निगरानी गरेपछि उमादेवी कहाँ महोत्तरीका महादेव तिमल्सिना आए । त्यही मौकामा प्रहरीले दुबैलाई समातेको छ ।
उमादेवीको कोठाबाट थप पचास लाख बरामद भयो । उमादेवीले केहि दिन अघि नै पचास लाख रुपैंया कोठामा लगेर राखिसकेकी थिइन् । तर ठमेलबाट पक्राउ परेका मोहम्मोद र अघिल्लो पटक उमादेवीलाई पचास लाख दिने व्यक्ति एउटै हो कि फरक-फरक व्यक्ति हुन भन्ने प्रहरीले खुलाएको छैन ।
आफूलाई अघिल्लो पटक पचास लाख नक्कली भारु दिने व्यक्ति अर्कै भएको बयान पक्राउमा परेकी उमाले दिएकी छिन् र उनको शैली हेर्दा उनी पहिल्यैदेखि नै नक्कली भारु बोक्ने काम गरेको हुन सक्ने अनुमान छ ।
Related Keyword: One million, fake Indian currency, Indian currency, recovered, Birgunj, Pakistan,  नक्कली भारु, उमादेवी पाण्डे

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply