Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

काठमाडौं, जेठ १७ –  पाइलटको तालिम लिइसकेपछि एयरलाइन्समा काम गर्दै गर्दा धेरै दालको समस्या उत्पन्न हुन सक्छ ।

त्यसमा पनि नेपालमा तुलनात्मक रुपमा हवाई दुर्घटना धेरै भएको इतिहास छ ।

यस्तो जोखिमपूर्ण क्षेत्रमा पाइलटले अपनाउनुपर्ने सावधानी धेरै खालका हुन्छन् ।

उड्ययन क्षेत्रमा ४० वर्षभन्दा लामो समय विमानचालकको अनभुव प्राप्त गरेको छु । अहिले अवकाशप्राप्त जीवन बिताइरहेको छु । मैले पाइलटको रुपमा नेपाल एयरलाइन्समा २३ वर्ष, नेकोन एयरलाइन्समा ११ वर्ष, यति एयरलाइन्समा दुई वर्ष, इन्डियन एयर डिकानमा पाँच वर्ष काम गर्ने मौका पाएँ ।

आफ्नो क्षेत्रमा काम सुरु गरिसकेपछि सोही पेशालाई पूर्ण व्यवसायिक बनाई जीवन निर्वाह गर्न सक्नुपर्छ ।

तत्कालिन समयमा नेकोन एयरको विमानमा प्रधानमन्त्री सूर्य बहादुर थापालाई सकुशल अवतरण गराउन सफल भएको थिए । काठमाडौंबाट विराटनगर जाँदा विमानको अगाडीको एउटा चक्का नखुलेपछि पुनः काठमाडौं फर्काएर सफल अवतरण गराएको थिएँ ।

सफल अवतरण गराएबापत स्वर्गीय राजा विरेन्द्रले मलाई विभूतिसमेत गर्नुभएको थियो । यो भनाई हो अवकाशप्राप्त बरिष्ठ विमान चालक डिहार निरौलाको ।

यी विषयमा राम्रो ज्ञान हुनुपर्छ
नेपालको भौगोलिक बनावट र मौसमका कारण धेरै दुर्घटना हुन्छन् । यी दुई विषयमा चालक सधैं सचेत रहनुपर्छ ।

यस्तो अवस्थामा मौसमको एकदमै ख्याल गरेर मात्र विमान चलाउनुपर्छ । विमानचालकको रुपमा प्रवेश गरेपछि मौसम खराब भएको बेलामा यात्रुको दबाब धेरै आउँदा चालकले थेग्न सक्नुपर्छ ।

अनावश्यक दबाबलाई पन्छाएर वातावरण अनुकुल भएको समयमा मात्र विमान चलाउन सक्नुपर्छ । हवाई क्षेत्रमा भिएफआर आँखाले हेरे मात्र विमान चलाउने र अर्को आइएफआर आँदा नदेखेर पनि बादलभित्र प्रवेश गरी चलाउने गरिन्छ ।

यस्तो अवस्थामा नेपाली आकाशमा सबैभन्दा प्रभावकारी आँखाले देखेर मात्र विमान चलाउने भिएफआर मानिन्छ ।

नेपालमा धेरै पहाड, हिमाल र गल्छी भएकाले भिएफआर प्रयोग गरिन्छ । विमानचालकका रुपमा प्रवशे गरेपछि मौसमको विषयमा, जहाजसम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय जानकारी लिनुपर्छ ।

भौगोलिक बनावटको विषयमा पनि राम्रो ज्ञान हुनुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सम्भोगका बेला केही महिलाहरु विशेष खालको आवाज निकाल्छन् । किन निकाल्छन् त महिलाहरु आवाज ? यसबारे धेरै अनुसन्धानहरु भएका छन् । तर, उचित वैज्ञानीक तथ्य हालसम्म आउन सकेको भने छैन । केही अनुसन्धानले आवाज निकाल्नु महिलाहरुको नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् । केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन ।
अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।
उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।
केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ ।पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ । यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । 
पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् । तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् । बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ । धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ । तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ । 
रो सक्कली नाम तपाईंहरूलाई किन बताऊँ? त्यसैले अहिलेलाई मेरो परिवर्तित नाम ‘पार्वती’ भनेर चिन्नोस्। जिन्दगीमा अनेक दु:खकष्ट सहेर यहाँसम्म आइपुगेको छु। दु:खले अहिले पनि छाडेको छैन तर दु:खी भएर हिँड्न भने छाडेकी छु। आखिर दुई दिनको जिन्दगीमा के दु:खी भएर हिँड्नु? त्यो धोकेबाज पतिलाई के सम्झनु र? दुईवटा बिहे बेहोरेँ। दुवै पति धोकेबाज परे। दुवै पतिका तर्फबाट ६ जना सन्तान भए। ती सबैलाई दु:खले हुर्काएँ। अहिले उनीहरू आआफ्नो ठाउँमा गरिखाने भएका छन्। मचाहिँ एक्लै बस्छु। उनै छोराछोरीलाई पाल्न र हुर्काउन मैले यौनकर्म रोजेँ। त्यसो त मैले प्रशस्तै ज्यामी काम पनि गरेँ। ज्यामी काम गर्दा पैसा थोरै हुने, बालबच्चा पाल्नै नपुग्ने। त्यसैले ज्यामी काम गर्दै गर्दा ग्राहक पाएको बेला यौनकर्म पनि गरेँ। बाध्यता भएपछि नराम्रो मानिएको काम पनि गर्नुपर्ने रहेछ।
अहिले यो उमेरमा आइपुग्दा मेरो त्यति धेरै ग्राहक छैनन्। दुईजना नियमित ग्राहक छन्, एकजना मभन्दा बढी उमेरको र एकजना कम उमेरको। आवश्यक परे उनीहरू नै फोन गर्छन्। उनीहरूलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्छ। एकपटकको भेटमा उनीहरूले पैसा भएको बेला दुई हजार दिन्छन्, कहिलेकाहीँ सित्तैमा सेवा गर्नुपर्छ। कहिलेकाहीँ अरू ग्राहक फाट्टफुट्ट भेटिन्छन्। तर, सडकमै चिनिने गरी म यौनकर्मीका रूपमा प्रस्तुत हुन चाहन्नँ। छोराछोरी, नातागोताले देखे के भन्लान्? त्यसैले मेरो आफ्नै ग्राहक मिलाइदिने व्यक्ति छन्, तिनैमार्फत काम हुन्छ। म काठमाडौं बाहिरकी परेँ, गरिबकी छोरी। नातागोताले अलि धेरै खेतबारी भएका एउटा काठमाडौंको केटो खोजिदिएछन्, धनी भन्ठानेर। धनीका छोरासँग बिहे गरे मेरो भविष्य सुखद होला भन्ठानेर रे। त्यतिखेर म ११ वर्षकी थिएँ, दुलाहा २७ वर्षका। ती भारत बसेर आएका रहेछन्, उता पनि श्रीमती रहिछन्।
बिहेअघि गरिएको सर्तअनुसार मेरो बिहे भएको पाँच वर्षपछि मात्रै केटाको घर जानुपर्ने थियो, तर तीन वर्षपछि नै मैले केटाको घर जानुपर्ने भयो। १४ वर्षको उमेरमा म केटाको घरमा गएँ। केटाले विस्तारै मेरा गहनाहरू माग्न थाले, मैले आज एक जोर भोलि अर्को जोर गर्दै सबै दिएँ। कोठामा के खान्थ्यो कुन्नि गन्हाएर खपिनसक्नु। अहिले बुझ्दा ऊ दुर्व्यसनी रहेछ। मेरा गहना त्यसैमा सकेछ। मेरो पहिलो यौनसम्बन्धको कुरा गर्दा अहिले पनि कहाली लागेर आउँछ। मलाई आफ्नै पतिले बलात्कार गरे। त्यो १४ वर्षको उमेर यौनसम्बन्ध गर्ने उमेर हो? म त बेहोश भएछु। होश आउँदा म शान्तभवन (हालको पाटन अस्पतालको पुरानो नाम) मा थिएँ। २२ दिन अस्पताल बस्न पर्‍यो। मेरो क्षतविक्षत भएको यौनांगमा सिलाइ गर्न पर्‍यो। त्यसपछि मलाई मेरा नातेदारले माइती पुर्‍याए। त्यहाँ पुग्दा वाकवाकी लाग्न थाल्यो। रजस्वलाको अनुभव पनि राम्ररी हुन नपाई मेरो पेटमा बच्चा बसिसकेको रहेछ।
माइतीलाई पर्‍यो आपत्ति, उनीहरूले केटाको घरमा पुर्‍याइहाले। त्यहाँ मेरो पति भनाउँदो त के भन्छ भने मेरो पेटमा रहेको बच्चा उसको होइन रे। अनेक आक्षेप खेप्दै त्यो घरमा बसेँ। बच्चा जन्मियो। बच्चालाई त बाँसघारीतिर फ्याँकिदिन्छु पो भन्छ हौ, बच्चाको बाउ त। सुत्केरीलाई न राम्रो खान दिनु छ, उल्टै अनेक लाञ्छना। बच्चा जन्मिएको तीन सातापछि बच्चा च्यापेर माइती हिँडे। बच्चा पाउने बेलामा पेट पाल्न मैले इँटा भट्टामा ज्यामी काम गर्न पर्‍यो। छोरा तीन वर्षको थियो। एक्लै डेरामा बस्न थालेकी थिएँ। फेरि बुवाआमासँग कुरा गरेर एउटा केटा ठिक्‍क पारिदिएछन्। काठमाडौंबाहिरको पहाडी गाउँको त्यो मान्छेसँग बिहे गरिदिए नातेदारहरूले। मेरो भाग्य खोटो रहेछ। ज्यामी काम गरेर महिनाको चार सय आम्दानी हुन्थ्यो। मलाई पाल्न त कता हो कता, उल्टै पैसा पो माग्छ त्यो पति भनाउँदो। पहिले छोरोमात्रै पाल्नपर्थ्यो , अर्को बेकामे पतिलाई पनि पाल्नुपर्ने भयो। त्यहीबीचमा पेटमा अर्को बच्चा पनि आइहाल्यो। बिहे गरेको एक वर्षपछि यता छोरी जन्मिई, उता छोरीको बाउचाहिँ बेपत्ता। कहिले ६ महिनापछि आउने, कहिले वर्ष दिनमा। आयो, पेटमा बच्चा राख्यो, पैसा माग्यो अनि बेपत्ता भयो। यसै क्रममा पाँच छोराछोरी भए। … त्यसै क्रममा एकजना गाडीवाल साहूसँग भेट भयो, नातामा टाढाको भिनाजु पर्ने। मलाई बच्चा पाल्न गाह्रो भइरहेको थियो। उनैले मेरो हेरविचार गर्ने, गाह्रोसाह्रो पर्दा माया पनि गर्ने। बिहे गरौं पनि भन्थे। मचाहिँ बिहे भनेपछि वाक्‍क भइसकेको थिएँ। मेरा तीनवटा बच्चा थिए, उनलाई भेट्दा। विस्तारै हामी अलि निकट भयौं।
बाहिर घुम्न जान थाल्यौं। उनी आफैं गाडी लिएर आउँथे। उनीसँग म पोखरा घुम्न गएँ। पहिलोपटक उनीसँग पोखरा घुम्न गएको बेला सम्बन्ध भयो। परपुरुषसँग यौनसम्बन्ध भएको त्यो पहिलोपटक थियो। सम्बन्ध निरन्तर रह्यो। जसले मलाई सहयोग गरे, उनीप्रति म समर्पित हुने नै भएँ। यता आफ्नो पतिचाहिँ बेलाबेलामा आउने। पछि दुईवटा बच्चा भए तर ती दुवै अरू कसैको नभएर मेरो आफ्नै पतिका हुन्। पछि ती पार्टनरको जवान छोरा बितेपछि उनीहरूले काठमाडौं छाडे। हामी टाढियौं। मैले अपनाएको पेसाको पहिलो ग्राहक उनै हुन् भन्‍न पर्‍यो। पछि एउटा ड्राइभर आइलाग्यो। एक वर्षसम्म सम्बन्ध भयो। तर, ती परे अलि स्वार्थी। म आफैं टाढिएँ। आफ्नो पतिसँग त छुटिसकेको थिएँ। … स्वाभाविक हो, एउटा जवान महिलामा शारीरिक आवश्यकता हुन्छ। तर, मचाहिँ आर्थिक अभावकै कारण यसतर्फ लागेँ। आफैं खोजीखोजी हिँड्नेभन्दा पनि कसैले प्रस्ताव गरे तयार हुन्थेँ। त्यस बेला म एउटा घरमा लुगा धुने काम गर्थें।
त्यो धनी परिवार थियो। सायद ती घरधनी आफ्नी श्रीमतीसँग सन्तुष्ट थिएनन् कि ! एक दिन ती घरधनी साहूले भने, ‘म तिमीलाई आवश्यक सहयोग गर्छु। के कसो छ हेर्छु।’ मैले उनको आशय बुझिहालेँ। आखिर म एक ढंगले यौनपेसामा फसिसकेको थिएँ, अप्ठ्यारो मान्‍ने कुरै भएन। आफूलाई आवश्यक परेको बेला आर्थिक सहयोग गरेकै थिए। आफूलाई सहयोग गर्नेलाई सन्तुष्ट पार्न केको अप्ठ्यारो? साहुनी बिहानै पसल जाने। उनको घरमा कोही नभएको बेला सुटुक्‍क हामीबीच सम्बन्ध हुन्थ्यो। पहिलोपटक पुरुषले कन्डम प्रयोग गरेर यौनसम्पर्क गरेको थाहा पाएँ। उनी भन्थे, ‘कन्डम प्रयोग गरियो भने रोग लाग्दैन, पेटमा बच्चा बस्दैन।’ उनलाई महिनामा दुईपटक सन्तुष्ट पार्नुपर्थ्यो। … अब म एकप्रकारले पूर्ण रूपले यौन पेसामा आइसकेको थिएँ। बोलाइएको अवस्थामा म होल नाइट पनि जान थालेँ। यता घरमा चाहिँ बच्चाहरूलाई अनेक बहाना बनाउँथे। कहिले अस्पताल जाने भन्नुपर्ने, कहिले नातेदार भेट्न जान्छु भन्‍नुपर्ने । वास्तवमा म ती बच्चाहरू पाल्नैका लागि पुरुषलाई शारीरिक सन्तुष्टि दिन गइरहेकी थिएँ। पहिलो दिनको होल नाइट सेवा अझै बिर्सेकी छैन मैले। एउटा लजमा बिताएकी थिएँ, मैले त्यो रात। पार्टनरलाई चारपटक सन्तुष्ट पारेकी थिएँ। त्यो सेवाबापत मैले एक जोर कपडा र एक हजार दुई सय रुपैयाँ पाएको थिएँ। त्यो राम्रै पारिश्रमिक हो। होल नाइट सेवाको कुरा गर्दा एउटा बिर्सिनसक्नुको रातको घटना छ। एउटा लजमा दुई हजार रुपैयाँ दिने भनेर बोलाएका थिए। सम्पर्कअघि मलाई केही पिउन दिए। सुन्तलाको जुस भन्थे, जे होस् मैले पिएँ। सम्पर्कअघि बिजुली निभाइयो। म केही मातेकी थिएँ, पूरै होशमा थिइनँ।यौनसम्पर्क गर्ने एउटा पुरुषको आफ्नै शैली हुन्छ।
बेलाबेलामा सम्पर्क हुँदै थियो। तर, पछिल्लो शैली अलि फरक हुँदै गयो। मेरो अनुभवले भन्यो, शैली फरक हुँदै गइरहेको छ। पक्‍कै पनि एउटा मात्रै पुरुषले मसँग सम्पर्क गरिरहेको छैन। उज्यालोपछि मैले पत्ता लगाएँ, मसँग तीनजनाले पालैपालो सम्पर्क गरेका रहेछन्। मलाई एउटा कोठामा राखेर थप दुईजना पल्लो कोठामा बसेका रहेछन्, अँध्यारोमा पालैपालो आउँदा रहेछन्। उनीहरूले सातपटक मसँग सम्पर्क गरे। उनीहरूको कर्तुत थाहा भइसकेपछि यसको बदला लिने विचार आयो। ए बाबा, म गरिबीका कारण बाध्य भएर यो पेसामा आएको छु। हेप्न त भएन नि ! त्यसपछि मैले मलाई ‘एकजना मात्रै छु’ भनेर बोलाउनेको सर्ट र प्यान्ट कब्जा गरेँ। र, भनेँ, ‘अहिले तिमीहरूलाई पुलिस लगाएर पक्राउँछु। एकजना मात्रै छु भनेर बोलाउने, अनि तीनतीनजनाले मोज गर्ने? तिमीहरूलाई ठीक लगाउन मैले जानेको छु’ उनीहरू डराए। दुई हजारको ठाउँमा ६ हजार रुपैयाँ दिएपछि उनीहरूलाई छाडेँ। मोराहरूले के पिलाएका थिए कुन्‍नि, भोलिपल्ट पनि कोठामा जान सकिनँ र त्यही लजमा सुतेँ। … हेर्नोस्, हामीहरू यस पेसामा रहरले आएका होइनौं। मैले १२ वर्षदेखि ७० वर्षसम्मका महिला यो पेसामा लागेका देखेकी छु। कठै, १४/१५ वर्षकाहरू पेटमा बच्चा बोकेर हिँडिरहेका पनि देखेकी छु।
साह्रै ठूलो पीडा छ, यस क्षेत्रमा। कलेज पढ्ने विद्यार्थीदेखि वृद्धसम्मले मसँग सम्पर्क गर्ने गरेका छन्। ठिटाहरू हामीजस्ता अलि उमेर ढल्केकाको भावना बुझ्दै माया गरेर सन्तुष्टि लिन्छन्, लामो समय पनि लगाउँदैनन्। तर, बूढाहरू लामो समय लगाउँछन्, उमेरले पनि त्यस्तो भएको होला। कतिपय त थकाइ मारीमारी सक्रिय हुन्छन्। यस्तो बेला हामीलाई पनि दिक्क लाग्छ। तर, पैसाको मामिलामा बूढाहरू इमानदार हुन्छन्। पहिले भनेजति नै दिन्छन्। बरु कहिलेकाहीँ त थपी पनि दिन्छन्। यस्तै छ यौनकर्मीको संसार। म फेरि पनि भन्छु, हामीहरू कुनै रहरले यो पेसामा आएका होइनौं। यसको विकल्पमा अरू इज्जतदार पेसा पाइए हामी तुरुन्तै यो पेसा छाड्छौं। –
संसारका सबै जहाजमा ट्वाइलेट रहने गर्दछ । अझ जेट विमानमा त ४, ५ सय जनाले एकचोटी दिसा समेत गर्ने गर्दछन् ।
कहिले सोच्नुभएको छ– यति धेरै मलमूत्र कहाँ जान्छ होला ? कतिपयलाई लाग्छ होला, जहाजको ट्वाइलेटको फोहोर हावामा या जमिनमा खस्छ भनेर । तर त्यसो हुँदैन । साँचो कुरा त के हो भने हामी जुन जहाजमा उडिरहेका हुन्छौं, त्यसमा करिब २ सय गेलेनको एउटा ट्ंयाक लागेको हुन्छ । यसै ट्यांकमा सबै मलमूत्र जम्मा हुने गर्छ । विगत ३० वर्ष यता हवाई जहाजमा एउटा भ्याक्युम ट्वाइलेट हुने गर्दछ । यसले पानी र ठोस मललाई छानेर एकातर्फ पुर्याउने गर्छ । यो ठोस मल जहाजको तलतर्फ जोडिएको २ सय लिटरको ट्यांकीमा जम्मा हुने गर्दछ । हरेक उडानपछि एयरपोर्टमा यो ट्यांकलाई खाली गरिन्छ । बाहिरतर्फबाट खुल्ने यो ट्यांकबाट मल बाहिर निकालिन्छ । -
किशोरावस्थाको संवेदनशील उमेरको समूह टिनेजरलाई मानिन्छ । यो उमेरमा सिकेका र सिकाइएका पाठकै आधारमा उनीहरूको भविष्य तय हुने मनोविज्ञहरू बताउाछन् । किशोरावस्थामा छोराभन्दा छोरीहरू बढी गोप्यता चाहिरहेका हुन्छन् । यो उमेरमा गलत बाटो रोज्न सक्ने सम्भावना पनि छोरीकै बढी हुन्छ । लैंगिक समानताका कारण पनि छोरीलाई सही बाटोमा हिाडाउन र गलत पहिचान गराउन आमाको विशेष भूमिका रहन्छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उप–प्राध्यापक खेमराज भट्टले टिनेजर छोरीकी आमालाई केही टिप्स दिएका छन्
१. परिवारलाई सम्मान नगर्ने स्वभाव टिनेजरहरूमा हुन्छ । छिटो–छिटो शारीरिक परिवर्तन पनि हुने भएकाले उनीहरू धेरै नै तनावमा हुन्छन् । नैराश्यता पनि आएको हुन्छ । आमाले छोरीको तनाव महसुस गर्दै सकेसम्म हप्तामा एकपटक आफ्नै समस्याबारे छोरीसँग सल्लाह गर्नुपर्छ । आफ्नो समस्या सुनाउँदा छोरीले पनि उनको समस्या सुनाउँछिन् । यसो गर्दा छोरीको तनाव पत्ता लगाउन सजिलो हुन्छ ।

२. टिनेजरहरू हरेक विषयमा स्वतन्त्रता चाहन्छन् । अधिकांश अभिभावकले यस्तो मन पराउँदैनन् । छोराछोरीसामु बढी नै आक्रमक रूपमा प्रस्तुत हुन्छन् । अभिभावक आक्रमक भएपछि उनीहरू झनै रुष्ट बन्न सक्छन् । यो उमेरमा आमाले छोरीसँग साथीजस्तो भूमिका खेल्नुपर्छ । अर्ती–उपदेशले मात्र उनीहरूलाई सम्झाउन सकिँदैन ।

३. टिनेजमा यौनलगायत विषयमा चासो पैदा हुनु स्वाभाविक नै हो । यस्ता चासोबारे स्पष्ट हुन नसक्दा गलत बाटो रोज्न सक्छन् । आमाले टिनेजमा हुने विभिन्न परिवर्तनका बारेमा छोरीसँग खुलेर छलफल गर्नुपर्छ । यौनलगायतका विषयमा आफू त्यो उमेरमा के सोच्थेँँ र कस्तो महसुस हुन्थ्यो भन्ने जानकारी दिँदै छोरीको भाषामा बुझाउनुपर्छ । छोरीमा केही नकारात्मक प्रभाव परेको छ भने आमाको सही जानकारीले सकारात्मक भूमिका खेल्न सक्छ । छोरीको ब्वाइफ्रेन्ड छ कि छैन भनेर बुझ्नु छ भने ‘मेरो त उतिखेर ब्वाइफ्रेन्ड थियो, यस्ता कुरा हुन्थे’ भनेर कुरा गर्न सकिन्छ ।

४. टिनएजमा छोराले भन्दा छोरीले बढी गोप्यता खोज्छन् । यो उमेरमा उनीहरूको मोबाइल हेर्ने, म्यासेज पढिदिनेजस्ता काम गर्नुहुन्न । सीधा–सीधा उनीहरूको गोप्यता चुहाउन खोज्दा झनै नकारात्मक सोचाइ आउन सक्छ ।

५. छोरीलाई ठूलो भएर पनि केही गर्न सकिनस् या बच्चै छस् तँलाई के थाहा छ र ? भन्नेजस्ता कमेन्ट गर्नुहुन्न । यसरी गाली गर्दा उनीहरूमा ‘आइडोलोजी क्राइसिस’को महसुस हुन्छ । नकारात्मक टिप्पणी पनि कहिल्यै गर्नुहुँदैन । केही भन्नुपरे पनि सकारात्मक कोणबाट भन्ने । जस्तै, ‘यो त तिमीले राम्रो गर्‍यौ, यहाँचाहिँ अलिकति पुगेन नि’ भन्दा सकारात्मक प्रभाव पर्छ । उनले गरेका स–साना कामको पनि प्रशंसा गरिदिँदा दूरी कम हुँदै जान्छ । म पनि केही हुँ भन्ने ‘फिल’ हुन दिनुपर्छ ।

६. छोरीको कतिपय अवस्था बुझ्न उनकी साथीसँग पनि आमाले राम्रो सम्बन्ध बढाउनुपर्ने हुन्छ । छोरीसँग सीधा सोध्दा झर्किनेरफर्किने गरिन् भने उनकी साथीको सहारा निकै काम लाग्छ । साथीमार्फत छोरीका सबै गतिविधि थाहा हुन्छ । उनको समस्या बुझेर सुल्झाउन पनि सहज हुन्छ । आफ्नो तर्फबाट सकेसम्म ‘फ्रिडम’ दिने तर, ‘वाच’ भने गरिरहने ।

७. छोरीले गरेको गल्तीमा आक्रमक बनेर गाली गर्न्तिर लाग्नुहुँदैन । सानातिना गल्तीमा ‘एक्स्क्युज’ दिनु नै बुद्धिमानी हुन्छ । यसो गर्दा उनीहरूमा नैतिक दबाब पर्छ । अरूको अगाडि गाली गर्दा त झन् नराम्रो असर पर्छ । अरूका छोरी या घरकै दिदी–बहिनीसँग दाँजेर कहिल्यै गाली नगर्नुहोला ।
हाम्रो शरीरमा पाइने एक किसिमको बोसोलाई कोलेस्ट्रोल भनिन्छ । रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई साँघुरो वा बन्द गराउन सक्छ यो कुरा हामी धेरैलाई थाहा नहुन पनि सक्छ । मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी यदि बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ।
 हामीले खाने खानामा तयारी कोलेस्ट्रोल करिब २० प्रतिशत रहन्छ भने बाँकी ८० प्रतिशत शरीरले बनाउँछ। कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्ट्रोल बनाउँछ। तर हाम्रो शरीरको कोलेस्ट्रोलको परिमाणमा परिवर्तन हुन नसक्ने वंशाणुगत प्रभाव पनि पर्छ। कोलेस्ट्रोल हाम्रो शरीरका लागि अति जरुरी हुन्छ। यसले हाम्रो शरीरलाई भिटामिन डी, बाएल, सेक्स हार्मोन, सेल मेम्ब्रेन,  नर्भ सेयथ बनाउन सहयोग गर्छ। शरीरले प्राकृतिक रूपमा आफैं कोलेस्ट्रोल बनाउँछ। हामीले खाने दूध, मासु,  घिउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल हाम्रो शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ।

कसैले धेरै परिणाममा खाना खाए पनि उनीहरूमा रगतको तह साधारण रहन्छ । कोही मान्छेहरू धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ । यसको कारण जीवनशैली, वंशाणु, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने प्रक्रियामा भर पर्छ । रक्तकोशिकामा ओहोरदोहोर गर्नलाई कोलेस्ट्रोल मोलिक्युलहरू आफैंमा लिपिड बोक्ने प्रोटिन या लिपोप्रोटिनसँग आबद्ध हुन्छन्। दुई किसिमको लिपोप्रोटिन मुख्य कोलेस्ट्रोलको वाहक हुन्। तीमध्ये लो डेन्सिटी लिपोप्रोटी (एलडीएल)ले दुई तिहाइ बोक्ने गर्छ। बाँकी भएको हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल)सँग आबद्ध हुन्छ। एलडिएलले कोलेस्ट्रोल कोरनिरी आर्टरीको भित्ताहरूमा जम्मा गर्ने गर्छ र बोसो जम्मा भई मुटु रोग लाग्ने जोखिम बढाउँछ। यसको विपरीत एचडीएलले कोलेस्ट्रोल आर्टरीहरूको भित्ताबाट र अझ तन्तुहरू पनि जम्मा पार्छ र कलेजोमा लगी प्रोसेस गरी शरीरबाट निकाल्छ। त्यसैले एलडीएललाई ‘नराम्रो कोलेस्ट्रोल र एचडीएललाई ‘राम्रो ‘कोलेस्ट्रोल भनिन्छ। तेस्रो किसिमकोलाई भेरी लो डेन्सिटी लिपोप्रोटिन (भीएलडीएल) भनिन्छ जसले थोरै परिमाणमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड लैजाने गर्छ। ट्राइग्लिसराइड हामीले खाएको खानाबाट आउँछ। हामीले खाएको खानामा बनेको क्यालोरी बोसोको रूपमा ट्राइग्लिसराइडमा परिणत हुन्छ।

 चिल्लोबारे जानकारी
कोलेस्ट्रोल बढी हुनु वंशाणु पनि हो तर पनि जीवनशैली, खानपिनले पनि योगदान पु:याउँछ, सबैले स्वस्थकर, कम स्याचुरेटेट फ्याट र पोषणयुक्त खाना खानुपर्छ। हाम्रो खानामा विभिन्न रसायन हुन्छन्। जो निम्न छन् :
१. मोनो अनस्याचुरेटेट : यो थोरै परिमाणमा खाए हुन्छ। यसका स्रोतहरू ओलिभको तेल, तोरीको तेल, जाम, बदाम, ओखर र बियाँहरू।
२. स्याचुरेटेट : यो सम्भव भएसम्म नखाने। यसको मुख्य स्रोत घिउ, बोसो, बोसोयुक्त मासु, चीज र दूधका अरू परिकार, केक बिस्कुट आदि।
३. ट्रान्स फ्याट : यो हार्डन फ्याट हो। यो बन्ने प्रक्रियालाई हाइड्रोजेनेसन भनिन्छ। यसले वनस्पति र जनावरका तरल तेललाई ठोस चिल्लोमा बदल्छ। यसको अन्तिम प्रक्रियालाई हाइड्रोजेनेरेटेट फ्याट (जस्तै डाल्टा घ्यू) भनिन्छ। यसलाई अरू खानाजस्तै बिस्कुट, चकलेट, केक बनाउन प्रयोग गरिन्छ।
४. पोली अनस्याचुरेटेट : यो थोरै परिमाणमा खाए हुन्छ, घटीमा एक पोर्सन चिल्लो खानुपर्छ। यसका लागि सातामा एकपटक माछा खाँदा हुन्छ। ओमेगा ३ ले मुटुरोगसबन्धी जोखिम कम गर्छ। यसका स्रोतहरू सोयाबिन तेल, सूर्यमुखी तेल, मकैको तेल, तेलयुक्त माछाहरू सालमान, सार्डिन, म्याक्यारेल आदि।
ट्रान्स फ्याट प्राकृतिक रूपबाटै दूधको चिल्लोमा र बाख्रा, भेडाको बोसोमा पाइन्छ। स्याचुरेटेटमा ट्रान्स फ्याट ले कोलेस्ट्रोल बढाई मुटुको रोग लाग्ने जोखिम बढाउँछ। स्याचुरेटेट फ्याटभन्दा ट्रान्स फ्याट हाम्रो शरीरका लागि बढी हानिकारक हुन्छ। कोलेस्ट्रोल परीक्षणले रगतमा भएको कोलेस्ट्रोलको मात्रा नाप्छ। बेलायतमा यसको नाप मिनिमोल्स (एमएमओएल)मा एक लिटर कोलेस्ट्रोलको प्रस्तुत गरिन्छ। प्राय: रगत परीक्षणमा जम्मा कोलेस्ट्रोलको मात्र नापिन्छ। जम्मा कोलस्ट्रोल ४.५ एमएमओएलभन्दा कमलाई ठीकै मानिन्छ। यदि जम्मा कोलेस्ट्रोल ५०.१ एमएमओएलभन्दा बढी भए, एलडीएल र एचडीएलको लेभल फरक फरक नापिन्छ। एलडीएल लेभल तीन एमएमओएलभन्दा कम हुनुपर्छ, ३.९ लाई धेरै सीमाभित्रको र चारभन्दा बढीलाई कोरोनरी मुटुरोग र हृदयाघात हुने बदी सम्भावना भएको ठानिन्छ। एचडीएल लेभल कम्तीमा १.२ एमएमओएल हुनुपर्छ। मुटु रोगको जोखिम हिसाब गर्दा डाक्टरहरूले एलडीएल र एचडीएलको अनुपातलाई एचडीएल को नम्बरद्वारा जम्मा कोलेस्ट्रोललाई भाग गर्छन्। सन्तोषजनक अनुपात चार हो यदि ४.५ भन्दा बढी भएमा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ।
खानेकुराले गर्ने मद्दत
हाम्रो खानामा बोसोयुक्त मासु, दूध र दूधका परिकार, ट्रपिकल तेल (जस्तै पाल्म तेल) कम खाने गरेमा कोलेस्ट्रोलमा सुधार हुन सक्छ। स्याचुरेटेट फ्याट र ट्रान्स फ्याट कम गर्नलाई कम मात्रामा बिस्कुट, व्यापारिक हिसाबले बनाइएका खानाहरू क्रिप्स, जाम, वटर आदिमा पनि कडाइ गर्नुपर्छ। हामीले खाने खानाले कोलेस्ट्रोलको मात्रामा फरक पार्न सक्छ। विभिन्न अध्ययनअनुसार स्याचुरेटेट फ्याट बढी भएको खाना खाए कोलेस्ट्रोलको तह बढ्छ र यसको विव्रीत धेरै चोकरयुक्त खाना, फलफूल र सब्जी खाएमा कोलेस्ट्रोल कम हुन्छ। धूमपान त्याग्नुपर्छ। धूमपान गर्ने र वरिपरि बस्नेलाई स्वास्थ्यवर्धक अक्सिडेन्ट जस्तै भिटामिन सी कम हुने कारण बन्नसक्छ। धूमपानले पाचन प्रक्रियामा एलडीएल बढाउन मद्दत गर्छ। यस्तै सातामा पाँच दिन आधा घन्टाको व्यायाम राम्रो हुन्छ। हामीले खाने खानाले कोलेस्ट्रोलको मात्रामा फरक पार्न सक्छ। विभिन्न अध्ययनअनुसार स्याचुरेटेट फ्याट बढी भएको खाना खाए कोलेस्ट्रोलको तह बढ्छ र यसको विव्रीत धेरै चोकरयुक्त खाना, फलफूल र सब्जी खाएमा कोलेस्ट्रोल कम हुन्छ। परिवारमा मुटुरोगको इतिहास भएका मान्छेहरूले कोलेस्ट्रोल बढाउने र घटाउने दुवै खानाबारे पहिले नै जानकरी राख्नु उपयुक्त हुन्छ।
कोलेस्ट्रोल कम गर्ने खाना
– सागसब्जी : प्याज, लसुन, सिमी, बोडी, गेडागुडीजस्ता कोसेदार तरकारी।
– ताजा फलफूलहरू : स्याउ, सुन्तला, आरु, केरा।
– चोकरयुक्त खाद्यान्न : फापर, नफलेको चामल, तोफु, सोया, होलेमिल पाउरोटी, ओलिभ, सूर्यमुखी तेल, तोरीको तेल, भटमासको तेल आदि।
– नट्सहरू : ओखर, हाडेबदाम, तील।
लेकसाइडका अधिकांश मसाज पार्लर र स्पामा यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । महिला उत्थान तथा जागरण केन्द्र, कास्कीले पोखराका १८ वडामा गरेको यौनकर्मीको अवस्था सम्बन्धी सर्वेक्षणले यस्तो देखाएको हो ।
केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा लेकसाइडका मसाज सेन्टर, स्पा र होटल तथा रेस्टुरेन्ट यौन व्यवसाय सञ्चालन गरेको उल्लेख छ ।

‘बिदाको दिन बढी मात्रामा जागिरेहरु मसाज गर्न पुग्छन्,’ एक युवतीलाई उद्धृत गर्दै उनले भनिन्, ‘मसाज गरिसकेपछि यौन सम्पर्कका लागि ‘ह्याप्पी इन्डिङ’ गर्ने भन्दा रहेछन् ।’ पौडेलले यस्ता मसाज सेन्टर र स्पामा केही सञ्चालकको करकापले, केही आर्थिक अभाव र केही साथीभाइको लहलहैमा देहव्यापार गर्न वाध्य भएको बताइन् ।

मसाज पार्लर र स्पाको बोर्ड टाँगिने भए पनि त्यसभित्र यौन व्यवसाय नै सञ्चालन हुने गरेको केन्द्रकी अध्यक्ष गीता पौडेल बताउँछिन् । लेकसाइडका कतिपय होटल र रेस्टुरेन्टका सञ्चालकले युवतीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको उनले खुलाइन् ।

लेकसाइडको एक नाम चलेको होटलले सञ्चालन गरेको स्पामा काम गर्ने १७ वर्षीया युवतीले सञ्चालककै करकापमा यो पेसामा लागेको बताइन् । ‘मसाज गरिसकेपछि ग्राहकले इच्छा पूरा गर्न प्रस्ताव राख्दा साहुलाई गुहारे,’ अध्ययन टोलीसँग उनले भनिन्, ‘जाऊँ केही हुँदैन, धेरै पैसा पाइन्छ भनेपछि यो पेसा अपनाउन थालें ।’

एक महिलाले आर्थिक अवस्था कमजोर देखेर साहुले नै मसाज सेन्टर खोलिदिएको बताइन् । ‘उहाँको इच्छा अनुसार मैले यो सञ्चालन गरेकी हुँ,’ अध्ययन टोलीसँग उनले भनिन्, ‘यसको आम्दानी सबै मैले नै खर्च गर्छु । केबल उहाँको इच्छा पूरा गरिदिनुपर्छ ।’

अर्की एक १९ वर्षीया युवतीले आमाले नै सुरुमा मसाज सेन्टरमा काममा लगाइदिएको बताइन् । उनले अहिले आफ्नो आमा छोरी नै यही पेसामा संलग्न रहेको भन्न अप्ठेरो मानिनन् । ती युवती यो पेसा आफूहरुको बानी नै बनिसकेकोले यसलाई छाडेर बाहिर जान नसक्ने बताउँछिन् ।

त्यस्तै, अर्को एक स्पा सञ्चालक महिलाले छोरीको मृगौला फेल भएपछि उनको उपचार गर्न बाध्य भएर यो पेसा अपनाएको बताइन् । उनी भन्छिन्, ‘अहिले यो पेसाबाट नै छोरीको उपचार खर्च र पढाई खर्च पुगिरहेको छ । यो पेसा गर्नु मेरो कुनै रहर होइन, बाध्यता हो ।’

लेकसाइडका होटलमा विदेशी पाहुनाका लागि समेत युवती व्यवस्था हुने गरेको अध्ययनका क्रममा देखिएको छ । अध्ययन टोलीकी संयोजक चेमली परियारले विदेशी पाहुनालाई खुसी बनाउन यौनकर्मी युवती बेलुका ९ बजे होटलमा पुग्ने र बिहान ५ बजे फर्किने गरेको बताइन् ।

संस्थाकी सचिव समेत रहेकी परियारले होटलकै सम्पर्कमा विदेशीको लागि युवतीहरुको व्यवस्था गर्ने गरिएको बताइन् । उनले अध्ययनका क्रममा केही होटल तथा रेस्टुरेन्ट सम्पर्क स्थानका रुपमा पनि प्रयोग हुने गरेको फेला परेको बताइन् । ‘ती होटल तथा रेस्टुरेन्टमा दलालहरुले सम्पर्क गरेर बाहिर लैजान्छन् र पुनः त्यही लगेर छाडिदिन्छन्,’ उनले भनिन्, ‘बढी पैसा होटल तथा रेस्टुरेन्ट मालिकले बुझ्ने रहेछन्, थोरै मात्र यौनकर्मीलाई दिने गर्दा रहेछन् ।’

कतिपय यौनकर्मी ती होटल तथा रेस्टुराँको सम्पर्कबाटै पोखराबाहिर जाने र इच्छा अनुसारको पैसा लिने गरेको उनले जानकारी दिइन् ।

संस्थाकी अध्यक्ष गीता पौडेलले होटेल तथा रेस्टुरेन्ट सञ्चालक भने यो तथ्यलाई स्वीकार्न तयार नभएको बताइन् । उनले अध्ययन टोलीले तयार गरेको प्रतिवेदन सार्वजनिक नगर्न धम्की समेत आएको दाबी गरिन् । पौडेलले मसाज पार्लर र स्पाहरुमा जबर्जस्ती देहव्यापारमा लगाउनु पनि आन्तरिक मानव बेचविखन भएको बताइन् ।

उनले त्यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याएर नियन्त्रण गर्नुपर्ने धारणा राख्छिन् । उनले भनिन्, ‘बलपूर्वक यौन व्यवसायमा लगाउँदा एकातर्फ समाज अमर्यादित हुँदै जान्छ र अर्कोतर्फ मानव बेचबिखनजस्तो अपराधले प्रश्रय पाउँछ ।’ पौडेलले यौनकर्मीलाई वैकल्पिक पेसामा आकर्षित गरी विकृतिमुक्त पोखराको निर्माण गर्नु अध्ययनको उद्देश्य रहेको बताइन् ।
राजा विरेन्द्रका भिनाजु कलाकार निर शाहका दाजु खड्गविक्रम शाह हुन् । तिनै खड्गविक्रम शाह २०५८ सालको दरबार हत्याकाण्डामा मारिए । तर, निर शाह दरबार र त्यहाँ भएका हत्याकाण्डलाई स्वभाविक मान्दैनन् । उनले दरबारलाई सामान्य विषय जटिल बनाइदिने र षडयन्त्रको मूल थलोको रुपमा बुझेका छन् । उनै नीर शाहसँग पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानीकाे सारसंक्षेप यस्तो छ :
दाजुको हत्या र मैले देखेको दरबार
त्यो दिन केशव भट्टराईको सिनेमाले ५१ औं दिन पार गरेको खुसीयालीमा आयोजित समारोहमा म चलचित्र विकास कम्पनीमा थिएँ। रात छिप्पिँदै थियो, हामी रमाइलो गरिरहेका थियौं। अचानक राति ९: ३० बजे मलाई एउटा फोन आयो–वीरेन्द्र सैनिक अस्पतालबाट।
फोन गर्नेले सबै कुरा स्पष्ट पार्न नपाउँदै म नराम्ररी झस्किएँ। त्यो राजदरबार हत्याकाण्ड भएको रात थियो। मेरा दाजु खड्गविक्रम शाह र भाउजु शारदाको पनि दरबारमा हत्या भएको थियो। म त्यहाँबाट तुरुन्त अस्पताल पुगेँ, तर मलाई त्यसको गुह्य कुरा खुट्याउन निकै समय लाग्यो।मलाईसमेत त्यस घटनाबारे जानकारी दिइएको थिएन। सबै घटना लुकाइएको थियो । मेरा दाजु राजा वीरेन्द्रका भिनाजु हुनुहुन्थ्यो, त्यसैले उक्त रात आयोजना गरिएको पार्टीमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । जेठ १९, राति ९ः१५ बजे
मेरा दाजु खड्कविक्रम शाह हाम्रो अभिवाक हुनुहुन्थ्यो । पिताजीको देहान्तपछि उहाँले नै हाम्रो परिवारको नेतृत्व सम्हाल्नुभएको थियो । मेरा हरेक क्रियाकलाप उहाँले नजिकदेखि नियाल्दै आउनुभएको थियो ।नेपालको इतिहासमै भएको ठुलो हत्याकाण्डमा मेरा दाजु र भाउजुको पनि हत्या भएको थियो । राजदरबार हत्याकाण्डले चर्चित त्यो रात मेरा लागि जीवनकै भयावह रात हो । तर, ममाथि त अर्को बिहान पनि व्रजपात हुन बाँकी नै थियो । त्यो घटना सुनेर आमाको पनि देहान्त भयो । जेठ २०, दिउसो ३:३० बजे
मलाई आश्चर्य लाग्छ, दाजु-भाउजुको पोस्टमार्टम नै गरिएन, किन ? हत्या भएको जान्दाजान्दै पनि उहाँहरूको पोस्टमार्टम नगरिनुको खास कारण के थियो ? जबकि दाइ-भाउजुभन्दा पनि विशिष्ट व्यक्तिहरू मारिएका थिए। दाजु-भाउजुको मृत्युले थोरै पनि महत्व पाउन सकेन । हाम्रा लागि त्यो अकल्पनीय कुरा थियो।
त्यो समय अर्को पनि अनौठो घटना भयो । जसले हत्या गरेको हो भनियो, उसैलाई राजा घोषणा गरियो किन यदि हत्याकाण्ड मच्चाउने दीपेन्द्र नै हुन् भने राजालाई मार्ने मानिस राजा हुन पाउँछ त्यस अकल्पनीय समयलाई अभिव्यक्त गर्ने शब्द मसँग छैन । यसबारे धेरै कुरा गर्न मन पनि लाग्दैन । तर, मानिसहरू यसैलाई कोट्याइरहन चाहन्छन्।
दरबार मेरो नजरमा असामान्य स्थितिको सिर्जना गर्ने एउटा मुल थलो थियो । सामान्य रूपमा अगाडि बढ्न सक्ने कुरालाई जटिल बनाइदिने दरबारको विशेषता र कमजोरी, दुवै हो। दरबारले नेपाली जनतालाई दिन सक्ने धेरै कुरा हुन सक्थे । दरबारले नेपाली जनता र राष्ट्रका पक्षमा जे गर्न सक्थ्यो, त्यो कहिल्यै गर्न सकेन। आफ्नो अन्त्य नहुन्जेलसम्म पनि।
दरबारको अर्को ठुलो कमजोरी थियो। दरबार जहिले पनि संरक्षण दिन नहुने मानिसलाई संरक्षण दिन्थ्यो। राजा वीरेन्द्र विकासको पक्षमा हुनुहुन्थ्यो । त्यो उहाँको कार्यकालको सकारात्मक पक्ष हो। सही बाटोबाट उनी अगाडि बढ्न पाएको भए मुलुकले सकारात्मक मोड लिने थियो । तर, मुलुक र उनी सकारात्मक ढंगले अगाडि नबढुन् भनेर सक्रिय हुनेहरू पनि मैले दरबारमा देखेको छु।
जनतासँग प्रत्यक्ष सम्बन्ध नहुनु दरबारको ठुलो दुर्भाग्य हो। पछि राजाका रूपमा ज्ञानेन्द्र उदाए, उहाँबाट त्रुटि नै त्रुटि भए। एउटा गल्तीलाई छोप्न धेरै गल्ती उनले दोहोर्‍याए। समयले नै मुल्यांकन गरिसकेको मानिसबारे मैले के मुल्यांकन गर्नु ? तर, किङ वीरेन्द्र वाज अ भेरी गुड हार्टेड म्यान। त्यसमा कुनै शंका छैन। म उहाँलाई असल हृदय भएको मानिसका रूपमा सधैं सम्झिरहन्छु । तर, राजनीतिज्ञको रूपमा भने उहाँ असफल मान्छे हो ।
३० फागुन । काठमाडौं,  हेर्दैमा एउटै उमेरको उठबसमाझ रमाइरहेका झैँ देखिने ५ युवती र तीन युवक अध्यागमन विभागको डिल्लीबजार कालिकास्थान कार्यालयमा अपराध अनुसन्धान विभागका प्रहरी अधिकारीसामु शुक्रबार दिउँसो भेटिए ।
कारण चिरपरिचित थियो, काठमाडौं हुँदै दिल्ली, मुम्बइ ट्रान्जिट र त्यहाँबाट श्रीलंकाको कोलम्बो जाँदै गरेको अवस्था । विगतमा भारतका विभिन्न सहर, चीनको ग्वान्जाओदेखि बेइजिङसम्मको यात्रा र खाडीका साउदी अरेवियादेखि ओमान पुगिसकेका सबैजसो युवायुवतीले यो पटकको बयान एउटै बोले, श्रीलंकाको बाटो भएर हामी खाडी मुलुक जाने केटाकेटीबारे हामीलाई राम्ररी थाहा छ । हामी जाने भनेको श्रीलंकै हो, अरुतिर होइन ।
श्रीलंकामा समेत कडिकडाउ रहेको क्यासिनो व्यवसाय र डान्स डिस्कोमा स्पष्ष्ट नखुलेको रोजगारीमा हिँडेका युवायुवतीको पासपोर्टमा काठमाडौं, दिल्ली, मुम्बइ, कोलम्बो र ढाकासम्मको अराइल वा डिपार्चर स्ट्याम्प देखिन्छ ।
‘हामी क्यासिनोमा जान लागेका थियौं’, नुवाकोटकी एक युवतीले भनिन, ‘कोलम्बो अध्यागमनमा कागजात नपुगेको भनेर निहुँ खाजेर यतै फर्काए ।’
उनका अनुसार कोलम्बोमा अध्यागनमका कर्मचारीलाई ५ सय डलर टिप्स दिएको भए विमानस्थलबाट डिपोर्ट हुने अवस्था आउने थिएन ।
गतब्य मुलुक पुगाउन दुई चार जना एस्कर्टिङमा समेत राख्न थालिएको छ ।
निदाइरहेका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतन रूपमा मस्तिष्कमा आउनु नै सपना देख्नु हो । मावन इतिहासमा धेरै प्रयास भए पनि कुनै व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ राम्रोसँग बुझ्न सकिएको छैन । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा हुन्छ । सपना विभिन्न किसिमका हुन्छन्, जस्तो कि डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी । यौन सपनाको सेरोफेरोमा रहेर कुरा गर्दा, REM स्थितिमा यौनांगमा रगत भरिन्छ र पुरुषमा लिंग उत्तेजित हुने अनि महिलामा पनि योनिश्राव भएको पाइन्छ ।

यौनसम्बन्धी कुरा हामी सचेत मनले मात्र गर्ने कुरा हो भन्ने मान्दछौं तर यौनसम्बन्धी कुरा हामी निदाएको बेला पनि निरन्तर चलिरहन्छ । निदाएका बेला लिंग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । प्राय:जसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रोसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन् । यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने यस्तो अवस्थालाई वर्णन गर्न wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्द प्रयोग गरिन्छ । दोषको अर्थ केही खराबी भन्ने बुझिन्छ, तर यसलाई स्वप्नदोष भनिए पनि यौनसपना समस्या वा खराबी होइन । 

यस्ता यौन सपना देख्दा विभिन्न किसिमका यौन क्रियाकलापमा संलग्न भएको दृश्य देखिन सक्छ । कतिपय स्थितिमा तपाईंले चाहेजस्तै यौन क्रियाकलाप हुन सक्छ भने अर्कातिर बिल्कुलै फरक । यौनजोडीसँग सामान्य स्थितिभन्दा एकदमै फरक आसन वा परिस्थितिमा यौनसम्पर्क गरेको, चलचित्र वा टेलिभिजनका प्रसिद्ध कलाकारसँग यौनसम्पर्क गरेको, अपरिचित व्यक्तिसँग यौनसम्पर्क गरेको समलिंगी, यौनसम्पर्कमा संलग्न भएको, आकर्षक व्यक्तिसँग यौनसम्पर्क भएको, आफ्नो यौन साथीबाहेक अर्कै व्यक्तिसँग यौनसम्पर्क भएको वा आफ्नै परिवारका सदस्यसँग यौनसम्पर्क भएको वा यौनहिंसा गरिएको यौन सपना देखिन सकिन्छ । 

तपार्इंले स्पष्ट रूपमा नलेख्नु भए पनि परिवारका सदस्य त्यसमा पनि रक्तसम्बन्ध भएका वा शिक्षक–शिक्षिकाजस्ता आदरणीय व्यक्तिसँग यौनसम्पर्क गरेको यौनसपना देख्दा धेरैजसो व्यक्ति विचलित हुन्छन् । कतिपयले आफूले अनैतिक कार्य गरेको मानेर यही विषयमा चिन्ता लिन्छन् । तपाईंको हकमा पनि यस्तै भएको हुनसक्छ । विशेष गरेर यौनसम्बन्धी मूल्य–मान्यताको सन्दर्भमा नैतिक रूपमा जीवन यापन गर्न खोजेका व्यक्तिका लागि थप चिन्ताको विषय हुन्छ ।

माथि भनिएजस्तै यस्ता यौन सपना स्वभाविक हुन् र हानिकारक हुँदैनन्, त्यसैले चिन्ताको कुनै कारण छैन । सामान्य जीवनमा नहुने कुरा नै यस्ता यौन सपनामा हुने भएकाले कसैले अनावश्यक चिन्ता लिनु बुद्धिमानी होइन ।
यो पनि पढ्नु होस् :> 
योनिबाट धेरै चिप्लो आउँछ, शुक्रकीट पाठेघरभित्र नगएर बाहिर निस्कन्छ किन ? यस्तो भएमा गर्भ रहदैन भन्ने भ्रम नपर्नुहोस !
सुरक्षित यौन व्यवहारका लागि कण्डम महत्वपूर्ण साधन हो । तर, यसको सही प्रयोग गर्ने बारेमा भने सबैमा पर्याप्त जानकारी नहुन सक्छ । जसले यौन व्यवहार असुरक्षित बन्न सक्छ । परिवार नियोजनका लागि प्रयोग गरिने साधन कण्डमको सही प्रयोग गर्न नजाने गर्भ रहने खतरा पनि हुन सक्छ । त्यसैले कण्डमको सही प्रयोग गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छः
१. मिति सकिएको हो वा नसकिएको कण्डम हो भनी जाँच गर्नुहोस् ।

२. कण्डमको भित्र हावा छ कि छैन भनि जाँच गर्नुपर्छ । हावा लिकेज भएको कण्डमले मिति नसकिएको भए पनि राम्रो काम नगर्न सक्छ ।

३. कण्डम पनि सुल्टो र उल्टो हुन्छ । कण्डमको टुप्पोलाई भित्रबाट निकालेर तीन औँलाले लिङ्गको टुप्पोमा टपक्क समाउनु पर्छ । किनभने वीर्य स्खलन भईसकेपछि वीर्य रहने ठाउँ होस् र कण्डममा हावा नरहोस् भनी । ख्याल गर्नुहोस् सो समयमा नङले कण्डमलाई छुनु हुदैँन ।

४. त्यसरी समातिएको कण्डमलाई उत्तेजित लिङ्गमा ध्यान पुर्याएर लगाउनु पर्छ, कण्डम लगाउने क्रममा उक्त कण्डमभित्र हावा पस्नुहुदैँन र वीर्य रहने ठाउँ पनि रहनु आवश्यक हुन्छ ।

५. कण्डम झिकिसकेपछि उक्त कण्डममा चिल्लोपदार्थ छ वा छैन जाँच गर्नुपर्छ ।

६. वीर्यस्खलनपछि कण्डमलाई लिङ्गबाट बाहिर निकाली, गाँठो पारेर जलाईदिनु पर्छ वा खाल्टो खनेर पुरिदिनु पर्छ । यसलाई ट्वाईलेटमा नहाल्नु, किनकी यसमा १० लिटरसम्म पानी अट्न सक्छ जसको कारण ट्वाईलेट जाम पनि हुनसक्छ । यसरी कण्डमको सहि प्रयोग गर्न सकिन्छ । कण्डमको प्रयोग गरिसकेपछि यसको व्यवस्थापनमा भने ध्यान पुर्याउनु जरुरी हुन्छ ।

दवाई खानु मान्छेको सभ्यताको परिचय हो। पशुपन्छीले दवाई माग्दैनन – यो सबैलाई थाहा भएकै कुरा हो। तर जुन दवाईहरु हामी खान्छौं ति सबैले हाम्रो भलो नै गर्छन भन्ने छैन। कतिपल्ट त हामी साधारण पेट दुखाई या टाउको दुखाइमा डाक्टरको सल्लाह बेगर आफै दोकानबाट दवाई ल्याएर पनि खाने गरेका छौ ।
डाक्टरहरु पनि सबै सिपालु हुन्छन भन्ने पनि छैन र डाक्टरहरु सिकारु छन् भनेर आफै डाक्टर बन्नु पनि उचित हैन। केहि महिना अघि मात्रै पाख्रिबासमा एउटा दुर्घटना भएको थियो- दवाई सम्बन्धि।
बुवाले खाने दवाई छोरीले खाएपछि छोरीको दुखद निधन भयो, अर्की केटि भने डाक्टरहरुको कौशलताले गर्दा बाच्न सफल भईन। त्यस घटनामा बाबु आमाको लापरवाही थिएन। मूल कारण दवाई नै थियो।
त्यो घटना त भयो बच्चाले धेरै मात्रामा मिठाइ सम्झेर बुवाको दवाई खाएको तर हामीले दिनप्रतिदिन साधारण दवाई सम्झेर खादै गरेको दवाइहरु चाहि सुरक्षित छन् त? हेरौं विज्ञहरु हामीले लिने साधारण दवाई हरुको बारेमा के भन्छन।
1. Vitamin (भिटामिन) – केटाकेटी हरुले मिठाइ सम्झेर ठुलो मान्छेको भिटामिन चक्की धेरै खाएमा iron poisoning हुन्छ। शरीरमा iron धेरै भएमा विभिन्न अंगहरुले काम गर्न छोडछन् र समयमा उपचार नभए मृत्यु हुन्छ । बयस्क हरुले पनि भिटामिन धेरै लिएमा मृगौलाले काम नगर्न सक्छ ।
2. Cetamol (सिटामोल) – नियमित रक्सी सेवन गर्ने व्यक्ति (जसको पहिला नै कलेजो कमजोर या बिग्रेको हुनसक्छ) ले अत्यधिक सिटामोल सेवन गरेमा, पेट दुख्ने, उल्टी गर्ने र बिरामी हुने सम्भावना धेरै हुन्छ।
सिटामोल को over dose भएको ४-५ दिनमा मृत्यु पनि हुन सक्छ । सिटामोलको अत्यधिक सेवन ले बयस्क मानिसहरुमा बाँझोपन, पेट भित्र रक्तस्राब तथा मृगौला र कलेजो बिग्रने पनि धेरै सम्भावना हुन्छ।
3. Painkillers (दुखाई कम गर्ने दवाईहरु) - प्रायश हामी साधारण दुखाई पनि कम गर्न पेनकिलरहरु खाने गर्छौं। सबै पेनकिलर हरुमा ibuprofen/acetaminophen हुन्छ । Brand name फरक भए पनि तिनीहरुभित्रको chemical composition (रासयानिक बनावट) एकै खालको हुन्छ।
सिटामोलमा पनि acetaminophen नै हुन्छ । रुघा लाग्दा खाइने दवाइहरुमा पनि acetaminophen नै हुन्छ र जब हामी सिटामोल, अथवा पेनकिलर संगै ज्वरो वा रुघाको दवाई पनि खान्छौं तब सिधै हामीलाई acetaminophen को ओवर डोज भैरहेको हुन्छ Acetaminohen को डोज को हिसाब यस्तो छ – 15mg/kg body mass ठुला मान्छेहरुले २४ घण्टामा 4000 mg भन्दा धेरै सेवन गरे ओवर डोज हुन्छ १२ वर्ष मुनिको केटा केटि को सन्दर्भमा चाहिँ दिनमा ५०० ग्राम पनि over dose हुन्छ !
5. Aspirin - एस्पिरिनको अत्यधिक सेवनले अल्सर हुने, पेटमा रक्तस्राब तथा brain damage हुनसक्छ ।
6. Codeine (खोकीको दवाई) - प्राय सबै रुघा खोकीका दवाईले हामीलाई निन्द्रा लगाउने काम गर्छन। निन्द्रा मात्र नभई यसको मातले हामीमा hallucination (मतिभ्रम) ल्याउछ आजकलका केटाकेटीले खोकीको दवाईको दुरुपयोग पनि गर्छन। अन्य दवाईहरुसंग मिसाएर सेवन गर्नाले यसले रक्सीको भन्दा कडा मात दिन्छ। खोकीको दवाई लिए पछि सवारी चढ्नु वा चलाउनु र अप्ठ्यारो काम नगर्नु नै बेश हुन्छ । 
6. Avomine (बान्ता रोक्ने दवाई) - एवोमिन को दुरुपयोग भनेको प्राय बान्ता लाग्दा या त गाडी चड्दा हुन्छ ।हुनत यो दवाई motion sickness (गाडी, रेल, प्लेन चड्दा उल्टी हुने) भएकाहरुलाई बरदान नै हो तर आफैले जथाभाबी खानाले धेरै समस्याहरु देखिन्छन । एउटा १२ बर्सको बच्चालाइ ओवर डोज भएको मैले देखेको छु । उ होश मै थियो तर जति नै प्रयास गरे पनि उसले आफ्नो कम्मर देखि माथिको भाग आफुले चाहे अनुसार चलाउन सक्दैन थियो । जति प्रयास गरे पनि उसको जिउ आफै तन्केर पछाडी जान्थ्यो । शुरुमा त सबैले tetanus भयो होला भनेका थिए तर अस्पताल पुर्याउंदा मात्र थाहा भयो उसलाई त avomine को ओवर डोज भएको रहेछ । यो दवाईको कुप्रभावमा हल्का depression हुने, स्नायु र मुटुमा असर पुग्ने, सास फेर्नु अप्ठ्यारो हुने, बेहोसी तथा तत्काल मृत्यु हुने पर्दछन ।
दवाईको ओवर डोज भएको लक्षण
1. सास फेराइमा कमी
2. आँखाको नानी भित्रको कालो भाग धेरै सानो हुन्छ
3. मतिभ्रम
4. बेहोसी वा अत्याधिक निन्द्रा लाग्ने
5. रिंगटा लाग्ने
6. कमजोरी
7. समबेदना शुन्यता
8. चिसो र गिलो(भिजेको) हात
9. उल्टी (बान्ता ) गर्न मन लाग्ने
10. उल्टी गर्ने
11. छारे रोग लागे जस्तो हुने ।
तपाइलाई यो लेख कस्तो लाग्यो ? यो लेख निकै जीवन उपयोगी लग्यो भने share गरेर आफ्ना साथीहरु सम्म पुर्याउनु भए धेरै साथीहरु दवाई प्रति चेतनशील हुन्थे ।
-
वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेले चाहना रक्छन । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले थोरै समयमा धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१. सबरिना जोन्सन स् बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।

२. लिजा स्पाक्र्स स् छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।

३. क्लाडिया फिगुरा स् पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

 ४. हस्टन स् सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो । 

५. ज्यासमीन सेन्ट स् यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् । 

६. ऐनाबेल चग स् चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।

काठमाडौं । साउदी अरबसँग औपचारिक रुपमै घरेलु महिला कामदार ल्याउनेबारे सम्झौता गर्ने तयारी नेपालले गरिरहेको छ तर, साउदी अरबमा काम गरिरहेका नेपाली भने यही अवस्थामा नेपाली घरेलु महिला कामदार ल्याउन नहुने बताइरहेका छन् ।

नेपालबाट घरेलु महिला कामदार ल्याउन रोकिएकै अवस्थामा पनि भारत र खाडीकै कुवेत लगायत मुलुकमा भित्रिने नेपाली महिलाको संख्या धेरै छ ।

एनआरएन (गैरआवासीय नेपाली संघ) साउदी अरबले महिला कामदार ल्याउन अनुमति पाएका केही खाडी मुलुकको यथार्थ अवस्था मूल्यांकन गरेर उक्तदेश कामदारका लागि नेपाली महिला उपयुक्त नभएको जनाएको छ ।

गैरआवासीय नेपाली संघ साउदी अरबले हालै एक विज्ञप्ति जारी गर्दै साउदी अरबमा महिला कामदार अहिलेकै अवस्थामा किन पठाउनु हुँदैन र पठाउनुपरे त्यसअघि के-के गर्नुपर्छ भन्नेबारे जानकारी गराएको छ ।

संघले नेपाल सरकार, श्रम मन्त्रालयलाई समेत बोधार्थ पठाउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघको त्यही विज्ञप्तिलाई संक्षिप्त यहाँ प्रस्तुत गरेका छौं ।

महिला कामदारलाई शारीरिक र मानसिक यातना

घरेलु महिला कामदारलाई यहाँ धेरै अप्ठेरा र समस्या छन् । घर मालिकले महिला कामदारको राहदानी कब्जामा राख्ने प्रवृत्ति छ भने घरेलु कामदारलाई आप्रवासी कामदारको रुपमा मान्यता पनि दिइएको छैन ।

यस्तै महिलाले घरमा आरामबिना लामो अवधि काम गर्नुपर्छ । महिला कामदारलाई घुमफिरमा रोक लगाइन्छ । सम्झौतामा तोकिएअनुसार तलब नदिने समस्या छ ।

शारीरिक एवं मानसिक शोषण हुने गरेका कुरा लुकेका विषय हैनन् । घरेलु कामदारलाई मालिकबाटै डर-त्रास हुने गरी धम्कीपूर्ण व्यवहार गरिन्छ । त्यसैले महिलाले बाध्यात्मक श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था आउँछ । यस्तो अत्याचार सहन नसकी भाग्दा चोरी लगायत अन्य मुद्दा लगाएर झनै पीडित गराउने अवस्था आउँछ ।

कामदारको भिसा प्रायोजनसम्बन्धी नीति (‘कफला’) प्रणालीमा पीडित नै उल्टै अपराधी ठहरिने व्यवस्था विद्यमान छ । घरबाट भाग्ने क्रममा विभिन्न एजेन्टको चंगुलमा फसेर देह व्यापार गर्ने बाध्यतामा समेत महिला पर्छन् । यस्तै घरभित्रै पनि पर्याप्त मात्रामा खाना खान नदिने, समयमा उपचार नगराउने, करार अवधि सकिए पनि घर जान नदिएर जबर्जस्त काम गराइरहने समस्या पनि छ ।

कामदारलाई घरभित्र अत्याधिक कामको बोझ हुने तथा लैंगिक हिंसाको पनि उच्च जोखिम छ । यसमा एजेन्सी र उनीहरूका दलालको कमजोरी पनि अत्यधिक छ । उनीहरूले घरेलु कामदारलाई यथार्थ स्थितिबारे जानकारी नदिई मीठा-मीठा सपना मात्र बाँड्ने गरेको पाइन्छ ।

खुला सीमानाका कारण एउटा मुलुकको श्रम स्वीकृति लिई अर्को मुलुक लैजाने प्रचलन पनि छ । घर र आफन्तसँग सम्पर्क गर्न नदिने, समयमा भिसा नलगाई गैरकानुनी हैसियतमा काम गराउने, स्पोन्सरले मनोमानी तरिकाले घरेलु कामदारलाई अर्को एजेन्सी र स्पोन्सरकोमा बेच्ने गरिएको छ ।

काम गर्न आएका वा कामबाट भागेका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने बारम्बार उजुरी पर्ने गरेको छ । छोटो अवधिका लागि काममा पठाई आर्थिक शोषण गर्ने नौलो विषय होइनन् ।

घरमा काम गर्न नसकी ‘कफला’ अवधिभित्र भागेर सम्बन्धित एजेन्सीको अफिस आएका महिला कामदारलाई शारीरिक एवं मानसिक यातना दिने गरेको समेत भेटिएको छ । जिम्मेवारीको अवधि सकिएपछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र पछि आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति पनि खाडी मुलुकमा छ ।

कसरी रोक्ने यसलाई ?

अब सरकारले सबै नेपाली तथा भारतीय दलाललाई खोजी गरेर कानुनी कारबाही गर्नुपर्छ । भारतीय नाका तथा विमानस्थलमा विशेष निगरानी र चेकजाँच गरी यस्तो अवैध बेचबिखन रोक्न सरकारी स्तरमै सरकारले अधिकतम प्रयत्न गर्नुपर्ने देखिन्छ ।

सकभर खाडीमा घरेलु महिला कामदार नआएकै राम्रो । आउँदा पनि सबै मापदण्डको पूर्ण पालना सुनिश्चितता लिएर मात्रै आउन सकिन्छ । संगठित क्षेत्रमा भने समस्या नरहेकाले खाडीमै पनि आउन सकिन्छ ।

कुवेतलगायत साउदी अरबसँग सीमा जोडिएका मुलुकबाट नेपाली महिला घरेलु कामदारका रूपमा स्थान्तरण गरी साउदी पठाइने हुनाले सम्बन्धित मुलुकसँग नेपाल सरकारले कूटनीतिक पहल गरेर स्थान्तरणमा रोक लगाउनुपर्छ ।

उद्धार कसरी गर्ने ?

यति गरेर मात्रै सरकारको दायित्व पूरा हुँदैन । स्वदेशी तथा विदेशी दलाललाई उद्धार तथा स्वदेश फिर्तीमा आउने खर्च जरिवानास्वरूप व्यहोर्न लगाउने व्यवस्था गर्नुपर्छ ।  उनीहरूलाई कानुनतः जेल सजाय समेत दिनुपर्छ ।

यस्तै, साउदी सरकारसँग सरकारी वार्ता तथा समझदारी गरी आफ्ना नागरिकको रक्षा र उद्धार गर्न नेपाली दूतावास र यसले खटाउने प्रतिनिधिलाई साउदीका घरभित्रै गई उद्धार गर्न पाउने अधिकार लिनुपर्छ । अवैध र अलपत्र महिला कामदारलाई दूतावासमा सम्पर्क राख्न नेपालमा तिनका परिवारमा सूचना प्रवाह गर्ने र स्वदेश फिर्तीमा सरकारले नै सघाउनुपर्छ ।

नेपाल प्रहरीले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ९७७-११७७ को उपयोग गर्दै प्रहरीसँग पनि समन्वय र सहकार्य गर्नुपर्छ । दूतावास र नेपाली समुदाय तथा संघ-संस्थाले उद्धारमा सहकार्य गर्दा राम्रो हुन्छ । सरकारले नै प्रवासमा पीडित बन्ने नेपाली घरेलु महिला कामदारको उद्धार तथा स्वदेश फिर्तीका लागि उद्धार कोष बनाएर काम गर्नुपर्छ ।

पठाउने नै भए यसो गरौं

सकेसम्म साउदीमा महिला घरेलु कामदार नआउँदा उचित हुन्छ । तर, महिलालाई सुरक्षित राख्ने गरी पठाउने हो भने केही कुरामा ध्यान दिनैपर्छ । घरेलु काममा पनि संगठित क्षेत्रमा जस्तै ८ घन्टा र ६ दिन मात्रको ड्युटी, अधिकार, तलब-सुविधा, सुरक्षा, स्वतन्त्रता, बिमालगायत सबै सुविधाको प्रत्याभूति लिनुपर्छ ।

महिलाहरू पनि पुरुषसरह एक्लै स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार ग्यारेन्टी गर्न लगाउनुपर्छ । तर, यसमा ध्यान नदिएर अहिलेकै अवस्थामा नेपाली चेलीबेटीलाई साउदी अरबमा पठाउने सम्झौता भए राष्ट्रकै लागि घातक र दर्दनाक हुनेछ ।

नियमित रूपमा दूतावासले निगरानी तथा जाँचबुझ गर्न पाएमा र हरेक हप्ता फोनमा र महिनामा एकपटक दूतावाससँग प्रत्यक्ष भेटवार्ताको व्यवस्था गरिनुपर्छ । महिला सहचारीसहित सबै महिला कामदारको पर्याप्त रेखदेख गर्न सक्ने जनशक्ति नेपाली दूतावासमा हुनैपर्छ ।


यौन सबैको चासोको विषय हो । त्यसैले यौन सँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ ।

१. अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ । 
२. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ । 
३. विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
४. टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
५. पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
६. साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।
७. जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
८. महिला भन्दा पुरुष मान्छे छिटो प्रेममा फस्छन् ।
९. खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ
१०.  पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
प्राय सबैजसो युवाहरु विवाह अगाडि अरुसँग सेक्ससम्बन्ध नराखेकि युवतीलाईनै आफ्नो पत्नीको रुपमा स्विकार गर्न चाहन्छन् । हुनत अरुसँग सेक्स नराखेकी युवती नपाइने पनि होइनन् । तर योनीको झिल्ली च्यातिएको युवतीले बिहे अघि नै अरुसँग सेक्स गरेको हुन्छ भन्ने पुरानो मान्यतालाइ भने मनबाट हटाउनु पर्दछ । खानपान रहनसहन र व्यायामले गर्दा हिजोआज युवतीहरुको योनीको झिल्ली टुटिसकेको हुन्छ ।

त्यसैले विवाह अगाडि युवतीले कसैसँग सेक्स राखेकी छिन् वा छैनिन् त्यो भने पत्ता लगाउनु भनेको धेरै गाह्रो विषय हो । चिकित्सकहरूले पनि यदि युवती कुमारी छिन् भने पहिलो पटक सेक्स गर्ने क्रममा यौनीबाट रक्तश्राव हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छन । तर यो विषय प्रत्येकमा अनिवार्य लागु हुदैन त्यसैले युवती कुमारी छिन् वा छैनिन् भनेर पत्ता लगाउन खोज्नु मुर्खता हो ।आपसी बिश्वास नै सम्वन्धको कडी हो ।जानिराखौ युवतीको योनीको झिल्ली फाट्ने केही कारण
१. तपाइको श्रीमती स्कुलको समयदेखि नै शारीरिक गतिविधि जस्तै खेलकुद, व्यायाममा सक्रिय छिन् भने पहिलो पटक सेक्स गर्ने बेला यौनीबाट रगत आउँदैन ।

२. यदि युवती खिलाड़ी हो, साइकिल चलाउँछिन् वा अन्य शारीरिक श्रम गर्छिन् भने यस्तो अवस्थामा योनिको झिल्ली (हाइमेन) च्यातिन सक्छ । यस्तो अवस्थामा बिवाह पश्चातको पहिलो सेक्समा योनीबाट रगत नआउन पनि सक्छ ।
त्यस कारण के कुरा बुझ्नु जरुरी छ भने यदि तपाईलाइ तपाइको श्रीमतीले धोका दिन चाहेमा सजिलै तरिकाले हाइमेन सर्जरी गरेर यौनीमा झिली लगाउन अर्थात कुमारित्व कायम राखन सकिन्छ । तपाईको श्रीमती कुमारी छ कि छैन भनेर खोज्नुभन्दा पनि अबदेखि कसरी आफ्नो जीवनलाई सहि रुपमा अगाडि बढाउन सकिन्छ त्यतातर्फ लाग्दा राम्रो हुन्छ ।

बिस्वमै यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यौन दुर्बलताको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी पनि प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट तत्काल योन क्षमतामा बृदी भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । अव्यवस्थित खानपान र तनावपूर्ण जीवनशैलीले हरेक मानिसमा सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची,  ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, ल्वाङ्ग, रातो चन्दन, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
बेल्जियमको राजधानी ब्रसेल्समा युरोपीयन युनियनमा आवद्ध २८ मुलुकको भविश्यलाई लिएर गरमागरम बहस भइरहेको थियो ।
ठीक त्यसै बेला इयुका दुई मुलुकका कूटनीतिज्ञ जोडी भने बाथरुममा भेटिए । पछिल्लो साता भएको यस घटना अहिले युरोपभरी सनसनी रुपमा फैलिएको छ ।
ईयुको बैठकमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन चर्चाको केन्द्रमा थिए । तर, कूटनीतिज्ञ जोडीको क्रिडासंगै बाथरुमबाट आएको उत्तेजक आवाज पनि मिडियाका लागि थप मसला बने ।
बाथरुम सेक्समा मस्त हुनेहरु स्लोभेनियाली र जर्मन कुटनीतिज्ञ भएको बताइएको छ । ‘द सन’ पत्रिकाका अनुसार बैठकमा दुई जना हराएको विषयलाई सबैले चासो राखेका थिए ।
समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

– यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

– कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

– कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

– पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

– आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

– हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

– कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

– निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

– समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

– यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

– कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।