Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यसरी बन्न सकिन्छ सफल पाइलट
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, जेठ १७ –  पाइलटको तालिम लिइसकेपछि एयरलाइन्समा काम गर्दै गर्दा धेरै दालको समस्या उत्पन्न हुन सक्छ ।

त्यसमा पनि नेपालमा तुलनात्मक रुपमा हवाई दुर्घटना धेरै भएको इतिहास छ ।

यस्तो जोखिमपूर्ण क्षेत्रमा पाइलटले अपनाउनुपर्ने सावधानी धेरै खालका हुन्छन् ।

उड्ययन क्षेत्रमा ४० वर्षभन्दा लामो समय विमानचालकको अनभुव प्राप्त गरेको छु । अहिले अवकाशप्राप्त जीवन बिताइरहेको छु । मैले पाइलटको रुपमा नेपाल एयरलाइन्समा २३ वर्ष, नेकोन एयरलाइन्समा ११ वर्ष, यति एयरलाइन्समा दुई वर्ष, इन्डियन एयर डिकानमा पाँच वर्ष काम गर्ने मौका पाएँ ।

आफ्नो क्षेत्रमा काम सुरु गरिसकेपछि सोही पेशालाई पूर्ण व्यवसायिक बनाई जीवन निर्वाह गर्न सक्नुपर्छ ।

तत्कालिन समयमा नेकोन एयरको विमानमा प्रधानमन्त्री सूर्य बहादुर थापालाई सकुशल अवतरण गराउन सफल भएको थिए । काठमाडौंबाट विराटनगर जाँदा विमानको अगाडीको एउटा चक्का नखुलेपछि पुनः काठमाडौं फर्काएर सफल अवतरण गराएको थिएँ ।

सफल अवतरण गराएबापत स्वर्गीय राजा विरेन्द्रले मलाई विभूतिसमेत गर्नुभएको थियो । यो भनाई हो अवकाशप्राप्त बरिष्ठ विमान चालक डिहार निरौलाको ।

यी विषयमा राम्रो ज्ञान हुनुपर्छ
नेपालको भौगोलिक बनावट र मौसमका कारण धेरै दुर्घटना हुन्छन् । यी दुई विषयमा चालक सधैं सचेत रहनुपर्छ ।

यस्तो अवस्थामा मौसमको एकदमै ख्याल गरेर मात्र विमान चलाउनुपर्छ । विमानचालकको रुपमा प्रवेश गरेपछि मौसम खराब भएको बेलामा यात्रुको दबाब धेरै आउँदा चालकले थेग्न सक्नुपर्छ ।

अनावश्यक दबाबलाई पन्छाएर वातावरण अनुकुल भएको समयमा मात्र विमान चलाउन सक्नुपर्छ । हवाई क्षेत्रमा भिएफआर आँखाले हेरे मात्र विमान चलाउने र अर्को आइएफआर आँदा नदेखेर पनि बादलभित्र प्रवेश गरी चलाउने गरिन्छ ।

यस्तो अवस्थामा नेपाली आकाशमा सबैभन्दा प्रभावकारी आँखाले देखेर मात्र विमान चलाउने भिएफआर मानिन्छ ।

नेपालमा धेरै पहाड, हिमाल र गल्छी भएकाले भिएफआर प्रयोग गरिन्छ । विमानचालकका रुपमा प्रवशे गरेपछि मौसमको विषयमा, जहाजसम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय जानकारी लिनुपर्छ ।

भौगोलिक बनावटको विषयमा पनि राम्रो ज्ञान हुनुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply