Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चीनसँगको कोरला नाका आजदेखि खुल्यो!
«
Next
Newer Post
»
Previous
Older Post

चीनसँगको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमाना क्षेत्रमा भिड बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ आएका छन् । 
ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिए । 'नाका खुल्ने भएपछि सिमानामा निस्त्रिmय भएको भन्सार कार्यालय पुर्ण रुपमा संचालनमा ल्याइएको हो,' उनले भने, 'यसका लागि जोमसोमबाट थप कर्मचारी आएका छन् । सिमानामा आयात निर्यात हुने सम्पुर्ण जांचपासको तयारी पुरा भएको छ, भन्सार जांच गरेर मात्र सामान ल्याउन पाइनेछ ।' ब्यापारीलाई सहज बनाउन नाकामा कुनै पनि कानुनी झन्झट आउन नदिने उनले बताए । 
हिउँ नपर्ने भएकोले अनुकुल मौसम पारेर सिमाना खुलाइएको हो । नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीन तर्फको स्थानमा जानुपर्नेछ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठुलो बजार छ । 
'नेपाल सरकारको पहलले नाका खुलाउन र २५ दिनसम्म सामान ल्याउन लान हामीलाई सहज भएको छ, लोमान्थाङका ब्यापारी इन्द्रधारा बिष्टले कान्तिपुरसंग भने, 'यो खुशीको कुरा हो, यसले दिर्घकालिन रुपमै नाका खुलाउन मद्दत गर्छ ।' अहिलेको मेलामा नेपालका ठुला ब्यबसायी पनि आउने उनले जानकारी दिए ।
यस पटक नेपाली बस्तु निर्यात हुने सम्भावना बढेको छ । खासगरी, पस्मिनाको सामान निर्यातको तयारी भएको लोमान्थाङ गाबिसका सचिब ज्ञानेन्द्र बिष्टले जानकारी दिए । 
'चामल, मैदा, चाउचाउ, बिष्कुट, उवाको पिठो, फापरको पिठो, चौंरीको छाला लगायतका सामान निर्यात हुनेछन्, उनले कान्तिपुरसंग भने, 'आयात त सबै प्रकारका सामान हुनेछ ।' चीनले दिर्घकालीन रुपमै कोरला नाका खोल्न ३० किमी पर ढुंवासेन बजारबाट सिमाना नजिकै सडक बिस्तार गरिसकेको उनले जानकारी दिए ।

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply