Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » घर फर्काइ दे भन्ने नेपाली महिलालाई कुवेती मालिकले भने : तँलाई त किनेर ल्याएको हुँ
«
Next
Newer Post
»
Previous
Older Post

श्रीमान दुई पटक विदेश जाँदा पनि कमाउन नसकेपछि आफैं विदेशिनुको विकल्प देख्नुभएन नवलपरासी बर्दघाटकी रेखा मुसहरले ।
पहिलो पटक कतार जाँदा एक वर्षमै कम्पनी बन्द भएर श्रीमान फर्किएपछि विदेश जाँदा सय कडा दश रुपैयाँका दरले लिएको ऋण बढेको बढ्यै थियो । ‘त्यसैले अब त म नै जान्छु भन्ने ठानेर विदेश गएँ’ रेखाले ५ वर्षअघि आफू विदेश जानुको कारण सुनाउनुभयो । तीन जना छोराछोरीकी आमा रेखालाई छोराछोरीको भविष्यको चिन्ता धेरै थियो त्यो बेला । त्यसैले एजेण्टले भनेकै काममा जान तयार हुनुभयो, धेरै बुझ्न खोज्नु भएन ।

रेखालाई विदेश पुग्नुको हतारो थियो त्यति भएपछि एजेण्टलाई अरु के चाहियो र ? आफूले खोजे जस्तै मान्छे भेटेपछि एजेण्टले रेखालाई भारतको बाटो हुँदै कुवेत पुर्‍याए । कुवेत पुग्दा रेखाले आफना अगाडी आफूले बनाएको योजना सफल बनाउने कुरा भन्दा समस्याको चाङ ठूलो देख्नुभयो । ‘यहाँ त एजेण्टले धेरै दुःखको काम छैन्, घरको काम मात्रै हो भन्दै पठायो तर विदेशको यथार्थ त त्यहाँ पुगेपछि बल्ल थाहा पाएँ’ रेखा भन्नुहुन्छ ।

४० जनाको परिवार घरमा काम गर्न पुगेकी रेखाले त्यहाँ बसुञ्जेल न आराम गर्न पाउनुभयो न त राम्रोसँग खान नै । नेपालबाट उहाँलाई सय दिनार अर्थात ३६ हजार रुपैयाँ दिने सर्तमा कुवेत लगिएको थियो । तर तलव त परै जाओस त्यो घरमा बसुञ्जेल घर परिवारलाई फोन गर्नसम्म पाउनुभएन उहाँले । त्यसैले पुगेको केहि दिनमै उहाँले काम नगर्ने भन्दै नेपाल फर्काइदिन घर मालिकलाई आग्रह गर्नुभयो तर घर मालिकले उहाँको आग्रहलाई ठाडै लत्याइदिए ।
घर जान्छु भन्दा साहुले तँलाई एक लाखमा किनेर ल्याएको हुँ’ उहाँले विगत सम्झँदै भन्नुभयो ‘त्यसै घर जान पाउँदिनस भन्थ्यो ।’ तर उहाँले रोइ कराई गर्न छोड्नुभएन । त्यसैले ६ महिनापछि घर मालिकले उहाँलाई कुवेतमा रहेको रिक्रुमेण्ट एजेन्सीमा ल्याएर छोड्यो ।
६ महिनाको काम गरेको उहाँले एक रुपैयाँ पनि पाउनुभएन । त्यसपछि त्यहि एजेन्सीमार्फत अर्को ठाउँमा काम गर्न जानु भयो र त्यहाँ डेढ वर्ष विताएर दुई वर्षपछि घर फर्किनुभयो । त्यहाँ बस्दा उहाँले धेरै समस्या भोग्नुभयो । आफूले समस्या त भोग्नुभयो नै अरु नेपाली महिलाले भोगेका समस्या पनि नजिकैबाट देख्नुभयो ।

उहाँले दुई वर्ष बसे पनि श्रीमान र आफू विदेश जाँदा लागेको ऋण तिर्न सक्नुभएन । यस कारण फेरि उहाँका श्रीमानले मलेसिया जाने निर्णय गर्नुभएको थियो, तर दोस्रो पटक जाँदा भने विरामी भएर फर्किनुभयो । ‘ऋण थपिएको थपिएकै छ, त्यसैले फेरी विदेश जाने योजना बनाएकी छु’ रेखा भन्नुहुन्छ ‘तर घरेलु कामदारमा चाहिँ जान्न ।’

छिट्टै धेरै कमाउने सपना देख्दा समस्या
सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार घरका समस्याले थिचिएका महिला आवश्यक सूचना र जानकारी नलिई विदेश जाँदा समस्यामा परेको पाइएको छ ।

त्यसमा पनि लगानी कम, त्यो पनि एजेण्टले नै लगाइदिने अनि थोरै योग्यता भएपनि पुग्ने भएकाले महिलाहरु घरेलु कामदारका रुपमा जान इच्छुक हुने सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीकी कार्यक्रम संयोजक उमा पौडेल बताउनुहुन्छ ।
एजेन्टहरुले पनि जाने व्यक्तिको अवस्था बुझेपछि छिटो गए छिटो पैसा कमाउन सकिने प्रलोभन देखाउने र काम उतै सिकिन्छ भनेर ठगिरहेको पाइएको उहाँले बताउनुभयो । ‘एजेण्टले घरको काम भन्दा महिलाहरुले यहाँको जस्तै सोच्छन’ पौडेल भन्नुहुन्छ ‘तर विदेशमा कामको प्रकृति धेरै फरक छ, त्यो काम गर्न सीप नपुगेपछि महिलाहरु यातनामा पर्छन् ।’

अब बुझेर र सिकेर मात्रै जान्छु
विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि उहाँ फेरि विदेश जाने तयारी गर्दै हुनुहुन्छ । तर अहिले उहाँलाई पहिलाको जस्तो कुनै हतारो छैन । सुरक्षित आप्रवासन परियोजना सामीले परासीमा सञ्चालन गरेको सुचना तथा परामर्श केन्द्र पुगेपछि उहाँ अब सीप सिकेर र राम्ररी बुझेर मात्रै विदेश जाने निर्णयमा पुग्नुभएको हो ।

एजेण्टले त अहिले पनि हतारो लगाइरहेका छन् उहाँलाई । तर अहिले भने उहाँ एजेन्टको भरपर्दा धोका पाइन्छ भन्नेमा सचेत भइसक्नु भएको छ । ‘एजेण्टले अनुभवीले तालिम लिनु पर्दैन्,छिटो गए छिटो पैसा कमाइन्छ त्यसैले तुरुन्तै उडी हाल भनेको छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘तर मैंले मानिन ।’

गतवर्ष नवलपरासीबाट सय महिला विदेशीय
नवलपरासी जिल्लाबाट आर्थिक वर्ष २०७१/७२ मा १४ हजार ४ सय ७६ जना मध्ये ४ सय १८ जना महिला वैदेशिक रोजगारीमा गएका छन ।
यो आर्थिक वर्ष २०७२/७३ को श्रावण देखि पुस सम्म ६ महिनाको अवधिमा ४ हजार ९ सय ८ जनो मध्ये ६ सय २८ जना महिला छन । काठमाडौंबाट राहदानी निकाल्ने महिलाको संख्या ३ सय २३ छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply