Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बुहारीको पेटमा ससुरा को ७ महिने गर्भ, छोरा पनि बलात्कारी
«
Next
३ जना मिलेर १३ वर्षीय बालिकाको सामुहिक बलात्कार
»
Previous
परपुरुष सँग सल्किएकी यी महिलाले के-के गरिन् ?

महेन्द्रनगर। पुनर्वास नगरपालिकामा बस्ने एक ससुराले आफ्नै बुहारीसँग यौन सम्पर्क गरेपछि बुहारीको गर्भ रहेको छ । बुहारीले ससुरासँगको यौन सम्पर्कबाट रहेको ७ महिनाको गर्भ बोकिरहेकी छन् ।

श्रीमान घरमा नभएको अवस्थामा पुनर्वास नगरपाालिकाकी एक २८ वर्षिय महिलाले ५८ वर्षिय ससुराको गर्भ बोकेकी हुन् । ‘ससुरासँगको यौन सम्पर्कले गर्भ रहेको ७ महिनापछि स्थानीय वासिन्दाले ससुरा–बुहारीलाई प्रहरीको जिम्मा लगाएका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट आएको घटना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।’
बुहारीलाई गर्भ बोकाउने ससुरामाथि जबर्जस्तीकरणीको मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाई महिला विकास कार्यालय कञ्चनपुरको सेफ हाउस र ससुरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।

ससुराले जबर्जस्ती यौनसम्पर्क गरेको र बाहिर भनेमा मार्ने धम्की दिएको महिलाले बताइन् । ‘तेरो श्रीमान घरमा छैन । बढी कराउने काम नगर्नु, जे म भन्छु त्यो मान’ भन्दै धम्क्याएर जवर्जस्तीकरणी गरेको महिलाले बताइन् । ‘ससुराको डरले बाहिर भन्न सकिन,’ महिलाले भनिन्, ‘गर्भ रहेको ७ महिना पुग्यो ।’

महिलाले घरमा चोर लाग्ने डरले राति ससुरासँगै सुत्ने गरेको समेत बताइन् ।
सासु-ससुराबिच विवाद भएपछि सासु आफन्तको घरमा बस्ने गरेको र ससुराले आफूलाई सँगै सुताउने गरेको बुहारीले बताइन् ।

‘ससुराले गर्भ रहेको थाहा पाएपछि गर्भ फाल्न मेरो तिलहरी बेचेर १० हजार रुपैयाँको जोहो गरे,’ बुहारीले भनिन्, ‘अस्पताल आएपछि डाक्टरले ७ महिनाको गर्भ फाल्न नमिल्ने भन्यो । त्यसपछि गर्भ फाल्न सकिएन ।’ ससुरा मदिरा खाएर गालीगलौज समेत गर्ने गरेको महिलाले बताइन् ।

तर, ससुराले बुहारीको सहमतिमै यौन सम्पर्क गरेको दावी प्रहरीमा गरेको स्रोतले जनाएको छ । ‘बुहारी र मेरो सुत्नेखाट सँगै जोडिएको थियो । राति बुहारी मेरो खाटमा आएर सुत्थिन्,’ ससुराको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘छोरो जेल गएदेखि बुहारी र मबिच यौन सम्पर्क हुने गरेको थियो ।’

स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा ससुराको गर्भ बोक्ने महिलाका श्रीमान जेलमा सजाय भोगिरहेका छन् । छोरो जेलमा भएको, श्रीमती आफन्तको घरमा बस्ने गरेकाले ससुरा-बुहारी मात्रै घरमा हुँदा ससुराले बुहारीसँग यौनसम्पर्क राख्ने गरेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
३ जना मिलेर १३ वर्षीय बालिकाको सामुहिक बलात्कार
»
Previous
परपुरुष सँग सल्किएकी यी महिलाले के-के गरिन् ?

No comments

Leave a Reply