Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » “लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ” यो हो नायिका रेखालाई सुदर्शनको घोचिलो प्रहार
«
Next
Newer Post
»
Previous
Older Post

नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली चलचित्र क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । निर्माता छबि ओझासँग १० बर्षे बैबाहिक सम्बन्ध टुंग्याएपछि रेखालाई विवाद र चर्चाले कहिले पछ्याउँनै छोडेन । धेरै भन्ने गर्छन छबि ओझाबाट टाढिएपछि उनी विवाद र चर्चाकै लागि भएपनि विभिन्न कामहरु गर्ने गर्छिन र त्यो गर्न रेखालाई कुनै असहज महशुस नै हुँदैन ।
रेखा आफ्नो चलचित्र चलाउनका लागि कहिले छबि ओझाको अंगालोमा त कहिले विवादित अभिव्यक्तिहरु दिएइरहेकी हुन्छिन् । त्यहि क्रममा हालै फेरी रेखाको चर्चा राम्रैसँग चुलिएको छ । त्यो हो, शुक्रबार रेखाले आफ्नो फेसबुकमा नायक जीवन लुईँटेलसँग तस्विर खिचाएको र तस्विरसँगै पोष्ट गरेको स्टाटस । रेखाले आफ्नै आमा मानेकी सत्य साईआमाको जन्मदिन मनाउन हात्तिगौडा पुग्दा नायक जीवन लुईँटेल पनि त्यहिँ भेटिए । अनि रेखाले जीवनलाई अंगलोमा कसेरै फोटो खिचिन ।
त्यसपछि उक्त फोटो उनले आफ्नो आधिकारी फेसबुकमा हालिन र लेखिन्, ‘एफ्टर लङ टाईम विथ माई जिबु । आखिर जीवन रेखा नै हो त ? सिक्वेलको जमाना छ, रामप्यारीको अब जीवन रेखा १,२,३ ।’ यो स्टाटसमा रेखाले प्रेमभावसँगै जीवनसँग आगामी दिनमा नयाँ चलचित्र खेल्ने सोच पनि बनाएको बुझ्न सकिन्छ । तर रेखाले यो स्टाटस पोष्ट गरेको केहि घण्टामा नै यस अघि रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’मा अभिनय गरेका नायक सुदर्शन गौतमले पनि एउटा घतलाग्दो स्टाटस पोष्ट गरि हाले । सुदर्शनले स्टाटसमा लेखेका छन् ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ । हुन त् मान्छे को जीवन रेखा कसले नै बुझ्न सक्छ र, भोग्नेले सिवाय ।’ यो स्टाटस सुदर्शनले रेखाको लागि नै लेखेको सजिलै बुझन् सकिन्छ ।
किनकी रेखाले आफ्नो स्टाटसमा ‘आखिर जीवन रेखा नै हो त ?’ भनेर पोष्ट गरेकी थिइन र त्यसको जबाफ सुदर्शनले यसरी दिएका थिए । यो कुरा हेर्दा कुनै दिन राम्रो साथी रहेका सुदर्शन र रेखाको सम्बन्ध अहिले पानीबाराबारको अबस्थामा रहेको बुझ्न सकिन्छ । सुदर्शनले सचेत गराउँदैं लेखेको ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ’ भन्ने कुराले अझ धेरै आशंका पनि उत्पन्न गराएको छ । यो कुरा सुदर्शनले जीवन लुईँटेललाई भनेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, शनिबार भने रेखाले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्विरलाई पुन नायक जीवन लुईँटेलले आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गर्दै ‘मेरी राम पियारीसँग’ भन्दै स्टाटस लेखेका छन् ।
यस अघि हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा लगभग लगभग बिहे गर्ने मनसायमा थिए । चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन अमेरिका लागे । सुदर्शन अमेरिका गएको केहि महिनापछि रेखा पनि अमेरिका गइन । खबरका अनुसार केहि महिना रेखा र सुदर्शन अमेरिकामा सँगै रहेका थिए । त्यसपछि रेखा नेपाल फर्किइन र उनले चलचित्र रामप्यारीको छायाँकन सुरु गरिन । त्यसपछि रेखा र सुदर्शनको सम्बन्ध लगभग टुंगियो । सुदर्शन अहिले अमेरिकाको न्यू योर्क शहरमा एक रेस्टेराँ सञ्चालन गरेर बसिरहेका छन् । चलचित्र हिम्मतवाली रेखाको कारण भन्दा पनि सुदर्शनका कारणले विशेषत सफल भएको चलचित्रका विज्ञहरु विताउँछन् । सुदर्शनले रेखा र जीवनको फोटोलाई संकेत गर्दै पोष्ट गरेको स्टाटसले पनि यति बेला अनेकौ कुराहरु उब्जाइदिएको छ ।
चलचित्र हिम्मतवाली प्रदर्शनमा आएपछि रेखा र सुदर्शनले मिलेर अमेरिकामा पेट्रोल पम्प खोलेको खबर पनि बाहिर आएको थियो, जुन कुरा रेखा स्वयले स्विकार गरेकी थिइन । सुदर्शनले नायिका रेखा थापाले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’मा मुख्य भुमिकामा अभिनय गरेका थिए । हाल सुदर्शन ‘हिम्मतवाला’ नामक चलचित्रबाट फेरी दर्शक माझ आउँदैछन् । यो चलचित्रको छायाँकन क्यानडा र अमेरिकामा हुने बुझिएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply