Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली चलचित्र क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । निर्माता छबि ओझासँग १० बर्षे बैबाहिक सम्बन्ध टुंग्याएपछि रेखालाई विवाद र चर्चाले कहिले पछ्याउँनै छोडेन । धेरै भन्ने गर्छन छबि ओझाबाट टाढिएपछि उनी विवाद र चर्चाकै लागि भएपनि विभिन्न कामहरु गर्ने गर्छिन र त्यो गर्न रेखालाई कुनै असहज महशुस नै हुँदैन ।
रेखा आफ्नो चलचित्र चलाउनका लागि कहिले छबि ओझाको अंगालोमा त कहिले विवादित अभिव्यक्तिहरु दिएइरहेकी हुन्छिन् । त्यहि क्रममा हालै फेरी रेखाको चर्चा राम्रैसँग चुलिएको छ । त्यो हो, शुक्रबार रेखाले आफ्नो फेसबुकमा नायक जीवन लुईँटेलसँग तस्विर खिचाएको र तस्विरसँगै पोष्ट गरेको स्टाटस । रेखाले आफ्नै आमा मानेकी सत्य साईआमाको जन्मदिन मनाउन हात्तिगौडा पुग्दा नायक जीवन लुईँटेल पनि त्यहिँ भेटिए । अनि रेखाले जीवनलाई अंगलोमा कसेरै फोटो खिचिन ।
त्यसपछि उक्त फोटो उनले आफ्नो आधिकारी फेसबुकमा हालिन र लेखिन्, ‘एफ्टर लङ टाईम विथ माई जिबु । आखिर जीवन रेखा नै हो त ? सिक्वेलको जमाना छ, रामप्यारीको अब जीवन रेखा १,२,३ ।’ यो स्टाटसमा रेखाले प्रेमभावसँगै जीवनसँग आगामी दिनमा नयाँ चलचित्र खेल्ने सोच पनि बनाएको बुझ्न सकिन्छ । तर रेखाले यो स्टाटस पोष्ट गरेको केहि घण्टामा नै यस अघि रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’मा अभिनय गरेका नायक सुदर्शन गौतमले पनि एउटा घतलाग्दो स्टाटस पोष्ट गरि हाले । सुदर्शनले स्टाटसमा लेखेका छन् ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ । हुन त् मान्छे को जीवन रेखा कसले नै बुझ्न सक्छ र, भोग्नेले सिवाय ।’ यो स्टाटस सुदर्शनले रेखाको लागि नै लेखेको सजिलै बुझन् सकिन्छ ।
किनकी रेखाले आफ्नो स्टाटसमा ‘आखिर जीवन रेखा नै हो त ?’ भनेर पोष्ट गरेकी थिइन र त्यसको जबाफ सुदर्शनले यसरी दिएका थिए । यो कुरा हेर्दा कुनै दिन राम्रो साथी रहेका सुदर्शन र रेखाको सम्बन्ध अहिले पानीबाराबारको अबस्थामा रहेको बुझ्न सकिन्छ । सुदर्शनले सचेत गराउँदैं लेखेको ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ’ भन्ने कुराले अझ धेरै आशंका पनि उत्पन्न गराएको छ । यो कुरा सुदर्शनले जीवन लुईँटेललाई भनेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, शनिबार भने रेखाले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्विरलाई पुन नायक जीवन लुईँटेलले आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गर्दै ‘मेरी राम पियारीसँग’ भन्दै स्टाटस लेखेका छन् ।
यस अघि हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा लगभग लगभग बिहे गर्ने मनसायमा थिए । चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन अमेरिका लागे । सुदर्शन अमेरिका गएको केहि महिनापछि रेखा पनि अमेरिका गइन । खबरका अनुसार केहि महिना रेखा र सुदर्शन अमेरिकामा सँगै रहेका थिए । त्यसपछि रेखा नेपाल फर्किइन र उनले चलचित्र रामप्यारीको छायाँकन सुरु गरिन । त्यसपछि रेखा र सुदर्शनको सम्बन्ध लगभग टुंगियो । सुदर्शन अहिले अमेरिकाको न्यू योर्क शहरमा एक रेस्टेराँ सञ्चालन गरेर बसिरहेका छन् । चलचित्र हिम्मतवाली रेखाको कारण भन्दा पनि सुदर्शनका कारणले विशेषत सफल भएको चलचित्रका विज्ञहरु विताउँछन् । सुदर्शनले रेखा र जीवनको फोटोलाई संकेत गर्दै पोष्ट गरेको स्टाटसले पनि यति बेला अनेकौ कुराहरु उब्जाइदिएको छ ।
चलचित्र हिम्मतवाली प्रदर्शनमा आएपछि रेखा र सुदर्शनले मिलेर अमेरिकामा पेट्रोल पम्प खोलेको खबर पनि बाहिर आएको थियो, जुन कुरा रेखा स्वयले स्विकार गरेकी थिइन । सुदर्शनले नायिका रेखा थापाले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’मा मुख्य भुमिकामा अभिनय गरेका थिए । हाल सुदर्शन ‘हिम्मतवाला’ नामक चलचित्रबाट फेरी दर्शक माझ आउँदैछन् । यो चलचित्रको छायाँकन क्यानडा र अमेरिकामा हुने बुझिएको छ ।
-
'म ममीको गर्भमा छँदा मानिसहरु भन्थे रे ३-४ वटा बच्चा छ!म आमाको पेटमा आएपछि घरमा परेवा, मौरीहरु आएर बस्न थाले रे!’ कोही मान्छे ७ महिनामा जन्मिन्छन कोही ८ र नौ महिनामा जन्मिन्छन् मलाई भने साढे दश महिना लागेछ।' अभिनेत्री रेखा थापा ३२ वर्ष कि भइन्।जन्मसंवादका लागि पुगेका हामीलाई उनले कुनै मिथक सुनाएझैँ आफ्नो जन्मकथा सुनाइन् ।
उनी जन्मेपछि आमाले जागीर पाइन्। रेखा लक्षिण कि छोरी भैहालिन त्यसपछि। उनी कृष्णजन्माष्टमीको अघिल्लो दिन जन्मेकी रहिछन्। त्यसैले पनि आफ्नो स्वभाव त्यस्तो भएको उनले बताइन।
कस्तो?
‘कृष्णजन्माष्टमीको १ दिनअघि जन्मेको रे! त्यसैले... त्यो भन्दा बढी बोल्दिन।’ यस्तो अपुरो उत्तर दिएर उनी हाँसिन्। भगवान जाने उनले के भन्न खोजेकी हुन्।
कुरा यस्तो रहेछ,घरमा काम गर्ने मान्छे हुँदाहु्ँदै पनि उनलाई घरायसी धन्दाका सबै कामगर्न मन लाग्थ्यो। गोठालो जान खुब मनपथ्र्यो,  दुध दुहुन मन लाग्नु रनवन घुम्न मनलाग्नु के कृष्ण जन्माष्टमीको बेला जन्मेको भएर यस्तो स्वभाव आएको हो?उनी संझेर आफै दंग पर्छिन।
तर, उनको स्वभाव त दुर्गाको जस्तो ‘विद्रोही’ बन्दै गयो।
...

जन्मदिन मनाउने कुरामा उनको मनमा प्रश्न उठ्थ्यो। के चैं त्यस्तो गरिएको छ र सेलिब्रेसन गर्नलाई?’
जन्मदिनको सेलिब्रेसन गर्नलाई के चैँ गर्नु पर्दो रहेछ कुन्नी?
‘मलाई जन्मदिन मनाउन सारै लाज लाग्छ।,’ उनको अनुहारमा लज्जा भन्दा खुसी धेरै थियो। उनले थपिन् ‘पहिले त मलाई यो गिफ्टसिफ्ट, क्यान्डल निभाउने, ह्याप्पी बर्थ डे भन्ने कुरा सारै झन्झट लाग्थ्यो।’
गाउँतिर जन्मदिन मनाउने चलन थिएन। बाल्यकाल बित्यो, किशोरी उमेर नढल्किदै उनी फिल्म क्षेत्रमा आइन्। कामकै चटारोमा उनले आफ्ना कैयौँ जन्मदिन बिर्सिइन्। तर,यो वर्षको जन्मदिनले चाँहि उनलाई अहिलेसम्मकै प्रिय र रोचक अनुभुति दिलाएर गयो रे।
जन्मलाई भाग्यको खेल भन्न रुचाउने उनीले यसपालि भने आफ्नै जन्मको सेलिब्रेसन गरिन्।

...
एक कक्षाबाट दुई कक्षामा जाँदा उनी फस्ट भइन्। पढाइमा त्यो उनको पहिलो र अन्तिम राम्रो नतिजा थियो। त्यसपछि उनको मन पढाइमा हैन नाच्नमा जान लाग्यो।
‘म अरुलाई पनि नाच्न सिकाउँथे त्यसैले मलाई मेरो स्कुलले आधा शुल्क मिनाहा गरिदिएको थियो,’ उनले संझिइन्।
‘तँ त हिरोइन बन्छेस्,’ सबैले फुर्काउँथे उनलाई।
‘गणितका सुत्र घोकेर हिरोइन बनिँदैन।’ उनलाई पनि लाग्न थाल्यो। नभन्दै उनी किशोरि उमेरमै हिरोइन भइन्।
अहिले उनी आफूले पढेको र अहिलेको शैक्षिक प्रणालीलाई ‘मेकानिकल’ भन्न पछि पर्दिनन्।  आफू पढन्ते नभएकोमा आफुलाई कमजोर ठान्दिनन्।
बरु समाजका कुरा पढ्न सक्ने भएकाले आफूलाई ‘एक्स्ट्रा अर्डिनरी लेडी’ को संज्ञा दिन्छिन्।
किशोर उमेरको सुरुवातीमै उनले आफ्नै घरमा छोरा र छोरीबीचमा देखिने आम विभेद देख्न थालिन् ।आफ्नो दाइ घर ढिला फर्कंदा बाआमाले केही नभन्ने तर, आफूलाई सोधखोज गरेको पैंचो तिर्न उनी कराँते सिक्न थालिन्। बाटामा दाइलाई देख्दा पनि अभिभावकले झैं हप्कदप्की गर्थिन्। रेखाकै भाषामा भन्दा उनले त्यहीबेलादेखि नै आफूमा ‘दबंग’ स्वभावको निर्माण गरेकी हुन्।
उनका फिल्महरुमा संघर्ष गर्ने महिलाहरुको कथा हुन्छ। उनले आफुलाई पनि ‘महिलाको कोटामा आएर ‘हिरो’ भएको होइन भन्छिन्। ‘मैले आफूभित्रको क्षमताले नै यो क्षेत्रमा आफ्नो स्थान बनाएकी हुँ।’ उनले भनिन्।
उनी अरु महिलालाई पनि सल्लाह दिन्छिन,‘आरक्षणको नपर्नु आत्ममुल्यांकन गर्नु र पुरुषसरह प्रतिष्पर्धा गर्नु, तिमीभित्र अथाह शक्ति छ,’
सरकारलाई आरक्षणको सट्टा दुर्गमका महिलालाई चेतनशील र आत्मनिर्भर हुन सहयोग गर्न आग्रह गरेकी छन्।
...

आफ्नो जिन्दगीलाई यति मूल्यवान संझिने रेखालाई जन्मउत्सव मनाउन किन लाज लाग्दो हो?
‘त्यो त पहिलेको कुरा, यसपालिको जन्मदिनमा भाग्दा भाग्दै पनि उनी सेलिब्रेसनबाट उम्कन सकिनन् रे,’
जन्मदिनको बिहानदेखि नै उनलाई विषेश रमाइलो अनुभुतिले गाँज्यो बिहानै पशुपतिनाथको दर्शन गर्न पुगिन। सबैले जन्मदिनको शुभकामना दिए दिँदा फुरुङग परिन यसपालि।
‘जीवनको ३२ औं जन्मदिवसमा आएर मलाई पहिलोपटक रेखा थापा हुनुको अनुभूति भयो,’ उनले उज्यालो अनुहार लगाइन्।
‘तिमीले यो संसारमा किन पठायौ थाहा छैन ।’ रेखाले पशुपतिनाथसंग वरदान मागिन् रे,‘अब तिमी मलाई यस्तो शक्ति देउ भगवान मबाट उत्पन्न भएका सबै सकारात्मक तरंगहरु प्रत्येक जनतामा पुर्‍याइदेउ। मलाई हरेक सकारात्मक काममा सघाउ। गल्ती गरेको भए माफ गरिदेउ।’
दिनभरिका कार्यक्रममा पनि उनलाई शुभकामनाको ओइरो लाग्यो। उनका नाममा केक काटिए। शुभेच्छुकले उपहार दिए।
‘यत्रो दिनसम्म केही नआउने, बाफ रे! आज यतिविधि के भएको?’ उनी अचम्म परिरहिन्।
आजसम्म धेरैले उनलाई रेखा थापा सेलिब्रेटी हो भने, तर कसैले सोधेनन् ‘आफ्नो नामको इन्जोय गरिरहेको छस्?’
त्यो दिन उनले उत्तर भेटिन् ‘हो मैले रेखा थापा’ भन्ने नाममा इन्जोय गरेको छु।’
‘मलाई त्यो दिन साँच्चै सेलिब्रेटी भएछु जस्तो लाग्यो। त्यो दिनभर मेरो शरिर सकारात्मक सोचले ‘हिल’ भइरह्यो ।’ उनले भनिन्।
केही आदर्श भावना केही भावुकताले त्यो दिनभरि उनी भिजिरहिन्। आफु जन्मेको दिन उनलाई कुन्नी किन रुन मन पनि लाग्यो रे।
जन्मदिनको अघिल्लो दिन भदौ ४ गते, उनी फेरी ‘फ्ल्यासब्याक’मा ‘म त थाहै नपाई यहाँसम्म आएछु ।एउटा श्रमिकले घडी नहेरी जसरी काम गर्छ म पनि त्यस्तै भएछु।’
पछुताउनुपर्ने खास कुरा केही छैनन्।
मिस कोशीका लागि प्रतिष्पर्धा हुँदै फिल्ममा आएको एउटा किशोरी युवती अहिले पनि त्यही बेलामा अल्झिए जस्तो लाग्छ। यत्रो समय बितेकै छैन्।
उमेर बितेर गयो तर उनले सामान्य किशोरीले झैँ चन्चले उमेर हाँसखेलमा बिताउन पाइनन्। काम मात्रै गर्नुपर्‍यो।तर चन्चलेपना मरेको छैन। कत्तिले भन्छन् यत्रो उमेरमा पनि परिपक्व छैनस तँ। 'म त्यो दिन मात्र परिपक्व हुन्छु,जुन दिन म उ त्यो आर्यघाट को चितामा पुग्छु।’ पशुपति आर्यघाटतर्फ देखाउँदै उनले भनिन्।

रेखाले यस वर्षको जन्मदिनमा‘मदर टेरेसा’ जस्तै बन्ने लक्ष्यको घोषणा पनि गरिन्।
कति धेरै बन्नु छ अझै उनलाई। फिल्म उनको कर्म हो। फिल्म हेरेर पैसा तिरेकाहरुको प्रत्येक रुपैयाँ चुक्ता गर्ने मन छ रे उनलाई ।
‘मेरो खल्तीमा भएको एक रुपैयाँमा पनि प्रत्येक जनताको हक लाग्छ।मैले जनतासँग लिएको प्रत्येक रुपैयाँ फिर्ता गर्न चाहन्छु।’
उनको बोल्ने शैली नेताको जस्तो भएको छ अचेल।
अबको दश वर्ष पछि उनलाई फरक परिचयमा आउन मन रहेछ। उनले आफ्नो भित्री इच्छा बताइहालिन्,‘मलाई देशको नीति निर्माणको तहमा पुग्नु छ। त्यहाँ पुगेपछि मात्र ‘रेखा थापा’ का नामले सार्थकता पाउँछ।’
‘अर्को वर्षको जन्मदिन कस्तो होस् भन्ने कामना छ?’ हामीले सोध्यौँ।‘एउटा विकट ठाउँमा, मलाई आँखाले भ्याइञ्जेलसम्म, मान्छेहरुले चेपचेप बाट हेरुन्।’
उनका आँखामा गज्जबको चमक थियो।

- -
 काठमाडौं ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापालाई पछ्याउने नेपाली युवाहरुको संख्या हजारौ होइन लाखौ छ । चलचित्रको पर्दामा देखेकै भरमा उनलाईलाई आफ्नो आइडल मान्नेहरुको पनि कमी छैन् । यसको प्रमाण हो उनको फेसबुक पेज । नेपाल भित्र सवैभन्दा बढि फेसबुक फ्रेण्ड अभिनेत्री रेखा थापाकै छन् । फेसबुक पेजमा उनका झण्डै १२ लाख फलोस्हरु छन् ।

http://educationmood.blogspot.com/
 विभिन्न कार्य गरी चर्चामा आइरहने अभिनेत्री थापाको फोन  ब्लकगर्ने युवा पनि भेटिएका छन् ।
दैनिक २ देखि ५ कल फोन गर्न थालेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले अभिनेत्री रेखाको फोन कल ब्लक गरेका छन् । झण्डै दुई महिनादेखि उनीहरुबीच फोन सम्वाद पनि हुन नसकेको स्रोतले बताएको छ ।

दैनिक फोन र म्यासेजले दिक्दारी भएपछि उनले कल ब्लक गरेको प्रकाशले आफु निकटका केही पत्रकारलाई नै बताएका छन् । दैनिक ५ कलसम्म फोन गर्न थालेपछि मेरो घरमा पनि शंका भयो, प्रकाशको भनाई उर्दृत गर्दै उनी निकट एक पत्रकारले भने  बिनाले पनि शंका गरेपछि रेखाको फोन ब्लग गरेको हुँ ।

अभिनेत्री रेखा थापाको फोन र म्यासेज धेरै आउन थालेपछि प्रकाश र विनाबीचको सम्बन्धमा पनि समस्यामा परेको थियो । पहिले पहिले रेखाको फोन आउदा प्रकाश विनादेखि लुकाएर कुरा गर्थे, पछि विनाले आफै थाहा  पाएपछि समस्या उत्पन्न भएको हो ।  दुई श्रीमती छोडेर विना मगरसँग पछिल्लो लगन गाँठो कसेका प्रकाश र रेखाबीचको सम्बन्धलाई लिएर प्रचण्ड निवास लाजिम्पाटमा पनि चर्चा चलेको थियो । तर प्रकाशले आफुहरुबीच केही नभएको जानकारी गराएपनि विनाले स्विकार गरेकी थिइनन् । विनालाई सन्तुष्ट बनाउन प्रकाशले रेखाको फोन कल ब्लग गरेका छन् ।
source : http://onlinejamana.blogspot.co.il/2015/04/blog-post_529.html#.VS2tM_Dp1Tf
- -