दुई रेल सञ्जालका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने
नेपालमा दुईवटा रेल वे सञ्जाल विस्तार गर्नका लागि चीनले सहयोग गर्ने भएको छ ।
बेइजिङमा नेपाल र चीनले बुधबार निकालेको १५ बुँदे संयुक्त वक्तब्यमा नेपालमा रेलसञ्जाल निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने कुरामा चीनले सहमति जनाएको हो ।
१५ बुँदे वक्तब्यको १३ औं नम्बर बुँदामा उल्लेख भए अनुसार चीनले प्रस्तावित काठमाडौ—पोखरा—लुम्बिनी रेलवे र रसुवागढी— काठमाडौ रेलवे परियोजनाका लागि आर्थिक तथा प्राबिधिक गर्न तयार भएको हो ।
यी २ रेल सञ्जाल निर्माणका लागि नेपाली टोलीले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन आग्रह गरेको थियो ।
चीनले स्वाशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा हुँदै सिगात्सेमम्म ल्याएको रेल सञ्जाललाई आगामी चार वर्षमा नेपालको सीमानाका रसुवागढी नजिकैको केरुङ ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।
यही रेलसञ्जाललाई रसुवागढी हुँदै नुवाकोटबाट काठमाडौं जोड्ने काम अघि बढाउनका लागि सम्भाव्यता अध्ययन थाल्न चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको हो ।



No comments