सुरक्षित यौन व्यवहारका लागि कण्डम महत्वपूर्ण साधन हो । तर, यसको सही प्रयोग गर्ने बारेमा भने सबैमा पर्याप्त जानकारी नहुन सक्छ । जसले यौन व्यवहार असुरक्षित बन्न सक्छ । परिवार नियोजनका लागि प्रयोग गरिने साधन कण्डमको सही प्रयोग गर्न नजाने गर्भ रहने खतरा पनि हुन सक्छ । त्यसैले कण्डमको सही प्रयोग गर्नका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छः
२. कण्डमको भित्र हावा छ कि छैन भनि जाँच गर्नुपर्छ । हावा लिकेज भएको कण्डमले मिति नसकिएको भए पनि राम्रो काम नगर्न सक्छ ।
३. कण्डम पनि सुल्टो र उल्टो हुन्छ । कण्डमको टुप्पोलाई भित्रबाट निकालेर तीन औँलाले लिङ्गको टुप्पोमा टपक्क समाउनु पर्छ । किनभने वीर्य स्खलन भईसकेपछि वीर्य रहने ठाउँ होस् र कण्डममा हावा नरहोस् भनी । ख्याल गर्नुहोस् सो समयमा नङले कण्डमलाई छुनु हुदैँन ।
४. त्यसरी समातिएको कण्डमलाई उत्तेजित लिङ्गमा ध्यान पुर्याएर लगाउनु पर्छ, कण्डम लगाउने क्रममा उक्त कण्डमभित्र हावा पस्नुहुदैँन र वीर्य रहने ठाउँ पनि रहनु आवश्यक हुन्छ ।
५. कण्डम झिकिसकेपछि उक्त कण्डममा चिल्लोपदार्थ छ वा छैन जाँच गर्नुपर्छ ।
६. वीर्यस्खलनपछि कण्डमलाई लिङ्गबाट बाहिर निकाली, गाँठो पारेर जलाईदिनु पर्छ वा खाल्टो खनेर पुरिदिनु पर्छ । यसलाई ट्वाईलेटमा नहाल्नु, किनकी यसमा १० लिटरसम्म पानी अट्न सक्छ जसको कारण ट्वाईलेट जाम पनि हुनसक्छ । यसरी कण्डमको सहि प्रयोग गर्न सकिन्छ । कण्डमको प्रयोग गरिसकेपछि यसको व्यवस्थापनमा भने ध्यान पुर्याउनु जरुरी हुन्छ ।
No comments