Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भिखारीको कामई प्रधानमन्त्रीको भन्दा बढि !
«
Next
Newer Post
»
Previous
Older Post

भिखारीले प्रधानमन्त्रीको जत्ति पैसा कमाउने कुरा विश्वास गर्न गाह्रो मात्र होइन असम्भव जस्तै कुरा हो । त्यसैले तपाईलाई बिस्वास पनि लाग्दैन होला भिखारीको कमाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको भन्दा बढि हुन्छ भनेर ।
तर यो दुनियामा असम्भव भन्ने कुरै केहि छैन । बेलायतमा एकजना यस्ता भिखारी छन् जसले एक दिनमै ५ सय पाउण्ड अर्थात् ७६ हजार रुपैयाँ भन्दा बढि कमाउँछ ।

यो भिखारीको वाषिर्क बचत सबै प्रकारका खर्च कटाएर दुइ करोड ८ लाख रुपैयाँ हुन्छ । जबकी बेलायती प्रधानमन्त्री क्यामरुनको वाषिर्क कमाइ जम्मा २ करोड २७ लाख छ । कमाइ मात्रको हिसाब गर्ने हो भने त यो भिखारीले क्यामरुनले भन्दा पनि बढि कमाउँदछ । उसको कुल वाषिर्क आम्दानी २ करोड ७५ लाख रुपैयाँ छ ।

बेलायतको विलभरह्याम्पटन सिटी सेन्टर क्षेत्रमा बसेर माग्ने गरेको उक्त भिखारीको नाम भने खुलाइएको छैन । उसले आफुलाई घरबारवीहिन तथा असहाय भनेर भिख माग्दै आएको छ ।

अधिकारीहरुका अनुसार यसरी भिख माग्दै आएको र मोटो कमाइ गर्दै आएको यो भिखारी घरबार वीहिन होइन, यसको थुप्रै सम्पत्ति रहेको छ ।

उक्त भिखारी मात्र होइन अहिले बेलायतमा धेरै धनी मानिसहरु सजिलैसँग पैसा कमाउनका लागि यसरी नै भिखारी बन्ने गरेको र सडकमा बसेर भिख माग्ने गरेको अधिकारीहरुको भनाई छ ।

यस्ता भिखारीहरुसँग राम्रै घरबास तथा सम्पत्ति हुने र यसरी भिख मागेर कमाएको पैसाबाट रक्सी पिउने र मस्ती गर्ने गरेको पाइएको छ । त्यसैले यस्ता भिखारीहरुलाई पैसा दिन छाडेर उनीहरुलाई समातेर एनजिओहरुलाई बुझाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply