Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एक करोडको लगानीमा गाईफार्म
«
Next
Newer Post
»
Previous
Older Post

रु, एक करोडको लगानीगरेर मदनपोखराका एक युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि  गाईफार्म सञ्चालन गरेका छन् ।

सुरुमा रु ३४ हजारमा एउटा गाई पालेका रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाएका हुन । जिल्लाकै ठूलो लगानीमा सञ्चालित गाईफार्म हेर्नेको अहिले दिनहुँ घुइँचो लाग्ने गरेको छ । उनले गाउँमै रमाउने र गाईपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न लगानी गरेका हुन ।
जीवन नै मेहनत, परिश्रम र सङ्घर्ष हो भन्ने मनसायले चलचित्र हल सञ्चालन, यातायात व्यवसायी, व्यापारलगायतका क्षेत्रमा समय खर्चे । तर, अन्तमा आएर उनले गाईफार्म रोजे । बैंकबाट ऋण झिकेर व्यवसाय थालेका रिजालले अहिलेसम्म आधा ऋण तिर्न भ्याएका छन।

फार्ममा जर्सी, वर्णशङ्कर क्रस जातका उत्पादित माउ गाई, बाच्छाबाच्छी गरी जम्मा ७० वटा गाई रहेका छन् । दुहुना ३० र २५ वटा ब्याउनी गाई छन् । दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्छ । “वार्षिक रु १२ लाख बराबरको आम्दानी हुन्छ” उनले भने ।

आफ्नो पुख्र्यौली दुई रोपनी जग्गामा रिजालले फार्म सञ्चालन गरेका हुन । दुग्ध उत्पादक सङ्घका अध्यक्षसमेत रहेका उनले ४०० रोपनी जग्गा वार्षिक रु चार लाखमा भाडामा लिई पशुलाई चाहिने घाँस आफैँ उत्पादन गर्छन् । “विदेशको लगानी कृषिमा गरे यही आम्दानी गर्न सकिन्छ” उनले भने। दूध उत्पादनमात्र नभएर बाच्छी हुर्काएर तिनैबाट आम्दानी लिने उनको योजना छ ।

फार्म निर्माण र गाई खरिदमा रु ५०-५० लाख लगानी गर्नुभएका रिजालले पाँचजनालाई रोजगारी दिएका छन् । यसैवर्ष पशुसेवा कार्यालयले रु एक लाखको अनुदानमा दूध दुहुने मेसिन, गतवर्ष भकारो सुधारतर्फ रु ५९ हजार र गोठ सुधारका लागि रु एक लाख अनुदान रकम उपलब्ध गराएको छ ।

मलमूत्रको सदुपयोगका लागि यसैवर्षदेखि २० रोपनी जग्गामा तरकारीखेती सुरु गरेका छन् । मल व्यवस्थापनका लागि २४ वटा ट्याङ्कीमा गड्यौला मल उत्पादन गरी बिक्री गर्छन । “कृषकलाई अनुदान रकम होइन, ऋण दिए मेहनत गरेर व्यवसाय गर्छन्, आम्दानी आफैँ लिन सक्छन” रिजालको सुझाव छ ।

लाखौँ रुपैयाँ ऋण गरेर विदेश जानुभन्दा स्वदेशमै बसेर तरकारी, फलफूल र पशुपालन व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको भनाइ छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply