Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ७७ वर्षका बृद्धा ४७ औँ पटक १० कक्षाको परीक्षामा यसपाली पनि भिड्दै
«
Next
Newer Post
»
Previous
Older Post

दृढनिश्चय गरेर कुनैपनि कुरा पूरा गर्नका लागि मानिस लागि पर्यो भने जस्तोसुकै असफलताबाट पनि हार मान्दैन र पछि हट्दैन । यसको ज्वलन्त उदाहरण बनेका छन् भारत राजस्थानका ७७ वर्षका शिव चरण यादव । उनले ४६ पटकसम्म १० कक्षाको परीक्षामा फेल हुँदापनि अझै हिम्मत भने हारेका छैनन् र यो पाला ४७ औँ पटक परीक्षा दिँदैछन् ।
यी वयोवृद्ध विद्यार्थीले यो पटकको १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गर्ने आशा राखेका छन् ।
लगातार ४६ औँ पटक १० कक्षाकै परीक्षामा फेल भएर पटक पटक परीक्षा दिनु यिनका लागि सजिलो काम होइन । यिनको जिवन उसैपनि दुखपूर्ण छ । उनी २ महिनाको छँदा उनकी आमाको मृतु भएको थियो । उनको बुवा पनि उनलाई टुहुरो बनाएर परलोक भए । जिवनमा पाएको दुखलाई सम्झेर उनले एउटा कसम खाए की जबसम्म १० कक्षा पास हुँदिन तबसम्म बिहे गर्दिन ।
तर उनले खाएको यो कसम उनको जिवनमा यति महंगो हुन्छ भन्ने उनले कल्पना सम्म पनि गरेका थिएनन् । आखिर आफ्नो त्यहीँ प्रतिबद्धतालाई पूरा गर्न नसक्दा उनी ७७ वर्षसम्म अविवाहित रहनुपरेको छ । ४६ पटक परीक्षा दिँदापनि उनले १० कक्षाको बोर्ड परीक्षा पास गर्न सकेका छैनन् । उनी हरेक पटक कुनै न कुनै विषयमा चिप्लिँदै आएका छन् ।
उनी कहिले कुन विषयमा फेल हुन्छन् र कहिले कुन । अघिल्लो वर्ष पास भएको विषयमा अर्को वर्ष फेल हुन्छन् र अघिल्लो वर्ष फेल भएको विषयमा अर्को वर्ष पास । सन् १९९५ मा यादव लगभग पास भैसकेका थिए तर गणित विषयमा चिप्लिए । त्यसयता त उनी अधिकांस विषयमा फेल हुने गरेका छन् । यसपटक आफुले स्कुलका शिक्षकहरुको सहायतामा राम्रैसँग पढेको हुँदा पास हुने आशा उनको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply