Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » » ओलीलाई स्वागत ! तर भारतले के चाहेको हो नभुल – हिन्दुस्तान टाइम्स
«
Next
Newer Post
»
Previous
Older Post

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु एक दिन अघि विहीबार सञ्चारकर्मीका कडा कडा प्रश्नको सामाना गर्नु परेको थियो । नाकाबन्दी खोलिएपनि भारतले अहिले पनि आपुर्ति पूर्णरुपमा सहज नगरेको, चाइना कार्ड प्रयोग गर्न खोजेको वा भारतसँग कुन सम्बन्ध स्थापित गर्न खोजेको भनेर सञ्चारकर्मीले प्रश्न सोधेका थिए ।
सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले पत्रकारहरुको प्रश्नको जवाफमा चाइना-साइना कार्ड वा के कार्डमा आफूलाई विश्वास नभएको बताउँदै आफू छिमेकीहरुसँग आपसी सदभाव र मित्रतापूर्ण सम्बन्ध विस्तार गर्न चाहेको भन्दै कार्ड प्रयोगको प्रश्न नै नहुने बताएका थिए ।

नेपालमा मात्र नभएर भारतीय मिडियामा पनि ओलीका एजेण्डा र सम्भावित प्रभावबारे चर्चा भैरहेको छ । यसै क्रममा भारतको चर्चित अखबार हिन्दुस्तान टाइम्सले ओलीलाई भारतले स्वागत गरेपनि ओलीबाट खोजेको कुरा भुल्न नहुने भन्दै हेडलाइन समाचार बनाएको छ । विगत ५ महिनामा काठमाडौंले दिल्लीमाथि नेपालको सार्वभौम संविधानमाथि हस्तक्षेप गरेको र मानवीय संकट आउने गरि नाकाबन्दी गरेको भन्दै टिप्पणी भैरहेको पृष्ठभूमिमा भारत विरुद्ध अभियान नै चलाइएको हिन्दुस्तान टाइम्सका नेपाली पत्रकार प्रशान्त झाको बाइलाइन विश्लेषणात्मक समाचारमा उल्लेख छ ।

भारतले भने नेपालमाथि भारत विरोधी भावना फैलाएको र चाइना कार्ड प्रयोग गर्न खोजेको भनेर चिन्तित देखिएको विश्लेषण गरिएको उक्त समाचार फिचरमा भारतले नेपालसँग राखेको अपेक्षा भुल्न नहुने तर ओलीलाई दिल्लीमा स्वागत गरिएको भनेको छ ।

परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतको शर्त अनुसार संविधानमा संसोधन गर्नका लागि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने र समानुपातिक समावेशी सहितको संशोधन बिधेयक अघि बढाउने र दलीय संयन्त्रबाट छ महिना भित्र सीमाङ्कन टुङ्ग्याउन तयार भए नाकाबन्दी खोल्न तयार रहेको बताएकी थिइन् ।

कमल थापाले दिल्लीमा राखेको ४ बुँदे प्रस्तावप्रति भारत सकारात्मक हुँदै यस्तो प्रतिक्रिया दिएको बताइएको थियो । उक्त सम्झौताको पहिलो बुँदामा संविधान संशोधन मार्फत प्रदेशहरुको सिमाना हेरफेर र परिमार्जन गरिने, सिमांकन हेरफेर गर्दा तराइ मधेसमा भइरहेको आन्दोलनको मागलाई ध्यान दिइने, ३ सिमांकन हेरफेर राजनैतिक समिती बनाएर दलहरुको सहमति आधारमा तीन महिना भित्र गरिने, ४ नगरिकताको विषयमा देखिएको अस्पष्टता हल गरिने प्रस्ताव गरेका थिए ।
सो बुँदाका सबै कुरा पुरा नभएका कारण ओलीलाई गरिएको स्वागतपछि पनि यी कुरा भुल्न नहुने हिन्दुस्तान टाइम्सको सारांस लेखियको छ ।

ओलीको स्वागतमा मोदी आएनन्
भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको भातृ संगठन आरएसएसले नेपालमा भारतविरोधी भावना बढेको भन्दै रिपोर्ट दिएपछि मात्र मोदी सरकार पछि हटेको संकेत गर्दै उक्त पत्रिकाले ओलीसँग गरिएको अपेक्षा पुरा हुन बाँकि रहेको भनेको छ । भारतलाई खुसी पार्न ओलीले यस अघि भारतसँग गरिएका प्रत्यक्ष र अप्रत्यक्ष प्रतिबद्धताहरु पुरा गर्नुको कुनै विकल्प नरहेको यो फिचरको निष्कर्ष देखिन्छ । प्रशान्त झाले मधेशीहरुको माग सम्बोधन नभए सम्म ओलीलाई दिल्लीमा स्वागत गरिनु पर्ने तर खाली चेक हस्तान्तरण गर्न नहुने समेत भनेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply