भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री ओलीले भारतका कारण नभएर नेपालीका कारण दिल्लीमा अपमानित महसुस गर्नु परेको छ । मधेश आन्दोलन समर्थक केही ब्यक्तिहरुले दिल्लीमा ओलीलाई कालो झण्डा देखाएका हुन् ।
मधेशको समस्या समाधान नगरिकन विदेश भ्रमणमा निस्केको भन्दै दिल्लीमा अध्ययनरत केही मधेशी विद्यार्थी तथा समर्थकहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् ।
विमानस्थल नै ओलीलाई कालो झण्डा देखाउन पुग्न खोजेका मधेशी कार्यकर्तालाई भारतीय प्रहरीले रोकेको थियो ।
ओलीले भारत जानु अघि मधेश समस्या समाधानका लागि भन्दै हतार हतार राजनीतिक संयन्त्र गठन गराएका थिए ।
छ महिनादेखि आन्दोलतर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमति विना नै सीमाकंनको माग सम्बोधन गर्न उच्च स्तरीय राजनीतिक सयन्त्र गठन गरिएकोप्रति मोर्चाले गम्भिर असन्तुष्टि जनाएको छ ।
ओलीलाई स्वागत ! तर भारतले के चाहेको हो नभुल – हिन्दुस्तान टाइम्स
मोर्चा गठन एकलौटी र तानासाहीरुपमा गरिएको भन्दै मोर्चाले गम्भिर असन्तुष्टि जनाएको छ । मोर्चाले संविधान जारी गर्ने देखि संसोधन र संयन्त्र गठन सम्म निरन्तर एकलौटी निर्णय गरिएको भन्दै मोर्चाले संयन्त्र अस्वीकार्य भएको जनाएको छ ।



No comments