Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मलेसिया सरकारद्वारा आफ्नो देशमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी श्रमिकलाई वैधानिक बनाउने प्रक्रिया सुरु
«
Next
Newer Post
»
Previous
Older Post

क्वालालम्पुर । मलेसिया सरकारले आफ्नो देशमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी श्रमिकलाई वैधानिक बनाउने प्रक्रिया सुरु गरेको छ ।
देशभित्र अवैधानिक कामदारको संख्या धेरै रहेकाले  वैधानिक बनाउन मलेसिया सरकारले १५ फेब्रुअरीदेखि डिसेम्बर अन्तिमसम्म ‘रिहाइरिङ प्रोग्राम‘ गर्ने जनाएको छ । यसबाट धेरै नेपाली समेत वैध भएर काम गर्न सक्नेछन् ।

मलेसियामा अवैधानिक अवस्थामा रहेका कामदार कसरी वैधानिक बन्न सक्छन् ? कस्ता कागजात आवश्यक पर्छ ? भन्ने सूचना नहुँदा कागजातविहीन धेरै नेपाली कामदार बैधानिक बन्न हिचकिचाउने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले सूचना जारी गर्दै वैधानिक हुने प्रकृया र आबश्यक कागजातबारे विस्तृतमा जानकारी दिएको छ ।

१५ फेब्रुअरी २०१६ अघि अवैधानिक भएको ६ महिना पूरा हुने नेपाली कामदार यो वैधानिक हुने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

कस्ता व्यक्ति सहभागी हुन पाउँदैनन् ?
– अवैधानिक भएको अवधि १५ फेब्रुअरी २०१६ सम्म ६ महिना नपुगेका श्रमिक ।
– कम्पनी छाडी भागेका तर भिसाको भ्याद भएका श्रमिक ।
– यसअघिको सिक्स-पी कार्यक्रममा सहभागी भएका श्रमिक ।
– स्टुडेन्ट र इम्प्लोइमेन्ट पासअन्तर्गत मलेसियामा रहेका नेपाली ।
– पासपोर्टमा न्यूनतम दुई वर्ष भ्यालिड अवधि नभएका श्रमिक ।
– मेडिकल चेकअपमा फेल हुने श्रमिक ।

आवेदन कसरी दिने ?
नेपाली श्रमिकका लागि मलेसिया सरकारले तोकेको कन्सर्टियम पीएमएफ लगायत तीन कम्पनीले अनलाइन आवदेन संकलन तथा रजिस्ट्रेसन गर्नेछ ।
वेबसाइट www.rehiring.gov.my मा गएर पनि अनलाइन आवेदन गर्न सकिन्छ ।

सहभागी हुन नसक्ने नेपाली श्रमिकले के गर्ने ?
मलेसिया सरकारले ल्याएको थ्री प्लस वान कार्यक्रममार्फत घर फर्कन सकिनेछ ।

नेपाली दूतावासले के गर्छ ?
– थ्री प्लस वान  कार्यक्रमअन्तर्गत घर फर्कन अनुमतिपत्र प्रदान गर्छ ।
– राहदानी नवीकरण गर्छ ।
– आवश्यक सहयोग र समन्वय गर्छ ।
– सूचना र जानकारी प्रवाह गर्छ ।

राहदानी नवीकरण गर्न कस्ता कागजात चाहिन्छ ?
– नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति ।
– पुरानो राहदानीको सक्कल प्रति ।
– कोन्सर्टियम पीएमएफबाट प्राप्त र रजिस्ट्रेसन स्लिप ।

राहदानी हराएमा कस्ता कागजात चाहिन्छ ?
– पुलिस रिपोर्ट ।
– पुरानो पासपोर्टको फोटोकपी ।

कहाँ सम्पर्क गर्ने ?
मलेसिया अध्यागमन विभागको सम्पर्क नम्बर ०३८८८०१५५७, ०३८८८०१५५५,   नेपाली दूतावासको सम्पर्क ०३२०२०१८९८, कोन्सर्टियम पीएमएफको सम्पर्क नम्बर ०३७८०१८८८८ र हटलाइन ०१६२४७२७७७७ मा सम्पर्क गर्न सकिनेछ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply