काठमाडौं, फागुन १३ । बेलायती राजकुमार फि्रन्स हृयारी अर्को महिना पहिलो नेपाल भ्रमणमा आउने भएका छन् ।
हृयारी नेपाल आउने यो वर्षको सुरुमा नै जानकारी दिइएको थियो । तर, मिति भने बिहीबार घोषणा भएको हो ।
राजकुमार हृयारीले मार्च २० देखि २३ सम्म नेपालको भ्रमण गर्ने तय भएको किङ्सटन प्यालेसले जनाएको छ ।
साथै उनले पोखरास्थित बि्रटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् । त्यस क्रममा उनले भूकम्प प्रभावित पूर्व गोर्खा सैनिकहरुको अवस्थाबारे समेत जानकारी लिनेछन् ।
साथै उनले एक नेशनल पार्कको भ्रमण गर्ने र ट्रेकिङ समेत जाने छन् । किङ्सटन प्यालेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमण गर्ने अरुले जस्तै राजकुमार हृयारी पनि प्राकृतिक सुन्दरताको आनन्द लिन उत्सुक छन् ।’



No comments