Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » तपाई बेरोजगार हुनुभो ? यी युवाबाट सिक्नोस् !
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । सोमबार दिउँसो मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल छेउको सडकमा रातो पोशाक लगाएका, शरीरमा थर्मस र प्लाष्टिकका गिलास झुड्याएका तीन युवा र एक युवती भेटिए । 
मानिससँग हातको इशारामा कुरा गरिरहेको देख्नासाथ स्पष्ट भयो, उनीहरु श्रवण शक्ति गुमेका कारण बोली नआउने व्यक्तिहरु रहेछन् तर उच्च माध्यमिक तहसम्म अध्यन गरेका उनीहरु अंग्रेजीसमेत फरर लेख्न सक्दारहेछन् ।
हामीले कागज दिना साथ्  एकजनाले अंग्रेजीमा आफ्नो नाम लेखे- श्रीराम श्रेष्ठ । अर्काले पनि अंग्रेजीमै लेखे राजबहादुर । तेस्रो व्यक्तिले चाँहि आफ्नो नाम सार्वजनिक नगर्ने इशाराले गरे ।
फरर बोल्न सक्ने सबलाङ्ग युवाहरु बेरोजगार भइयो भन्दै भौतारिइरहेको अवस्थामा आफ्नो कुरा कसैसँग अभिव्यक्त गर्न नसक्ने यी युवा नयाँ अभियानमा लागेका छन् । बहिरा संघमा आवद्ध उनीहरुले यसरी सडकमा कफी बेच्दै हिँड्न थालेको एक साता मात्रै भएको छ ।
बानेश्वरको सडकमा भेट्दा उनीहरु सडकमै ‘नेस्टक्याफे’ को कफी बेचिरहेको अवस्थामा भेटिए । ग्राहकहरुले हातको इशारामा कफी माग्थे । तीन प्रकारका कफीको दाम छातीमै छ ।

सडकमा डुलेर एकजनाले दिनमा ३० कपसम्म कफी बेच्ने गरेका छन् । उनीहरुले उभिएरै कफी बनाउँछन् । क्यापुचिनो कफीलाई ५० रुपैयाँ पर्छ भने मिल्क कफीलाई ३० र ब्ल्याक कफीलाई उनीहरुले २५ रुपैयाँ लिने गरेका छन् ।
‘उहाँहरुले यसैसातादेखि यो काम गर्न थाल्नुभएको हो,’ तीन युवकहरुका साथमा रहेकी समाजशास्त्रकी विद्यार्थी प्राची पराजुलीले अनलाइनखबरसँग भनिन्- ‘बोली नआउने मानिसले पनि आत्मनिर्भर बन्नका लागि समाजमा केही गर्न सक्छन् भन्ने सन्देश दिने यो सानो प्रयास हो ।’

कफी बेच्न हिँडेका युवालाई सहजीकरण गर्न खटिएकी पराजुलीले यो काममा सोपान नामको समाजिक संस्थाले पहल गरेको बताइन् । उनले भनिन्- ‘आफ्नो पहिलो कमाइबाट उहाँहरु अत्यन्तै खुशी हुनुभएको छ । दिनमा उहाँहरुले कम्तिमा पनि ४/५ सय कमाउनुहुन्छ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply