Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यौन सम्पर्क गर्न नमानेको भन्दै ८ महिनाकी गर्भवती श्रीमतीको हत्या
«
Next
Newer Post
»
Previous
Older Post

भैरहवा । यौन सम्पर्क गर्न नमानेको भन्दै रुपन्देहीका एक व्यक्तिले ८ महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सिपवा ६ का २५ वर्षीय शैलेश मल्लाहले गर्भवती श्रीमती सुनितालाई कुटपिट गरी हत्या गरेका हुन् ।

सुनिताका श्रीमान् शैलेश (बीचमा, कालो ज्याकेट लगाएका )
मादक पदार्थ सेवन गरी आएका शैलेशले श्रीमतीसँग यौन सम्पर्क गर्न खोजे तर ८ महिनाकी गर्भवती श्रीमतीले पेटको बच्चालाई असर पर्छ भन्दै श्रीमानको आग्रहलाई मानिनन् । त्यहि रिसमा शैलेशले श्रीमतीको पेटमा लाठी हान्न सुरु गरे । नयाँ सन्तानलाई संसार देखाउने अन्तिम तयारीमा रहेकी सुनिताको कुताईकै कारण धुकधुकी बन्द भयो यसको लगत्तै श्रीमान् शैलेशले केही छिमेकीको मिलोमतोमा लुकिछिपी श्रीमती सुनिताको दाहसंस्कार गरे । हत्या भएको जानकारी पाएलगत्तै घाटमा पुगेको प्रहरीको टोलीले सुनिताका श्रीमान शैलेशसहित मलामी गएका ५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु थालेको थियो ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमानले यौनसम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि हत्या गरेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले भने ।
घटना गत शनिबारको भए पनि प्रहरीले सोमबार मात्रै सार्बजनिक गरेको हो ।
सुनिताको हत्या गरी लुकिछिपी दाहसंस्कार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले सुनिताका ६० वर्षीय ससुरा रतन मल्लाह, छिमेकी २६ वर्षीय शिवदास कलवार, २७ वर्षीय शिवड मल्लाह र २५ वर्षीय सुरज मल्लाहलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply