Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » जब सेक्स गर्दैगर्दा तपाईको बच्चाले देखे भने के गर्ने ?
«
Next
Newer Post
»
Previous
Older Post

कतिपय कुराहरु यस्ता हुन्छन्, जो सम्झियो भने पनि मनै झसङ्ग हुन्छ । यद्यपि, ती कुराहरु दैनिक जीवनमा बारम्बार घटिरहेका हुन्छन् । ‘तै चुप–मै चुप’ मै हराउँछन् ती घटनाहरु । यस्ता परिघटना धेरैले झेलिरहेका हुन्छन् । अझ भनौं, जीवनमा यस्ता पनि झण आउँछ, जुन वेला तपाईलार्इ मात्र डिस्टर्व हुनुहुँदैन कि, तपाईको बच्चाको मन–मस्तिष्कमा पनि असर पर्न सक्छ । आउनुस्, यस्तो अवस्था सामना गर्ने सही तरिका जानी राखौं ।

त्यो क्षण सम्झनुस् त, जब तपाईहरु सहवास गर्दै हुनुहुन्छ र अचानक तपाईको बच्चा रुमभित्र छिर्छ । सोच्नासाथ नर्भस बनाइदिने परिघटना हो यो । यद्यपि यो एकदमै सामान्य कुरा हो । यस्तो परिघटना धेरैमा जीवनमा दोहोरिरहेको हुन्छ । त्यस्तो वेला के गर्ने ?
पहिलो ख्याल गर्ने कुरा यो हो कि, तपाईहरु (श्रीमान/श्रीमति)ले सेक्सलाई ठूलो कुरा ठान्नु हुँदैन । सेक्स मानव जीवनको एक सामान्य क्रियाकलाप मात्र हो । यदि तपाईहरू बेड–सिनको लिप्त अवस्थामा आफ्नो जीवनसाथीसँग हुनुहुन्छ र त्यही वेला तपाईको बच्चा आइहाले भने त्यस्तो अवस्थालाई सम्हाल्ने वा विगार्ने तपाईकै क्रियाकलापमा भरपर्छ । यस्तो अवस्थामा तपाईको सामान्य ‘रियाक्सन’ले गर्दा तपाईकै बच्चामा मनोवैज्ञानिक असर पार्नसक्छ ।
बच्चाले सेक्सलाई त्यही घृणाको नजरले जीवनभर हेर्ने असर पर्नसक्छ । तपाईलाई यति कुराको ख्याल हुनुपर्छ कि, तपाईहरुले कुनै गलत काम गरिरहनु भएको छैन । यदि बच्चा गल्तीले रुमभित्र आइहाले भने पनि त्यो कुनै विपत्तिको घटनाको रुपमा नलिनुस् । यस्तो अवस्थामा बच्चालाई हकार्ने काम गर्नै हुँदैन । यसबाट निराशा हुनुपर्ने कुनै पनि कारण छैन । यदि तपाईले कपडा लगाउनु भएको छैन भने विस्तारै कपडा लिनुस् वा पुरै कपडा लगाउनुस् । यस्तो अवस्थामा जोशमा आएर रिसाउने कामै नगर्नुस्, आफूलाई शान्त अवस्थामा राख्नुस् ।
थोरै उमेर बढी भएका बच्चाहरु आफ्ना अभिभावकको त्यस्तो क्रियाकलाप देख्नासाथ हड्बडाएर आफै रुमबाट फर्किहाल्छन् । यद्यपि, साना बच्चाहरु ठिंग उभिरहन्छन् । त्यति मात्र कहाँ हो र, उनीहरु माता–पिताको त्यो रतिक्रियालाई एकोहोरो घोरिएर हेरिरहन्छन् पनि । यस्तो पनि हुनसक्छ, तपाईको विशेष आवाज सुनेर बच्चाले तपाईलाई खोज्दै–खोज्दै रुमभित्र छिरेको पो हो कि ?
बालमनोविज्ञानका विशेषज्ञहरुका अनुसन्धानमा अनौठो कुरा देखिएको छ, त्यो हो– माता–पिताको रतिक्रियालाई केही बच्चाहरु झगडा गरेको पनि बुझ्ने गर्छन् । यदि, तपाईको बच्चाले पनि झगडा गरेको हो ? भनेर सोध्यो भने सिधै भनिदिनुस्–होइन बाबु/नानु, हामीले झगडा गरेको होइन । एकछिन तिमी बाहिर बसेर खेलौना खेल । कैयौंपटक अभिभावक यस्तो अवस्थामा गलत तरिकाले व्याख्या गर्ने गर्छन् । बच्चाले सोध्यो भने ‘फन्नी’ खालको जवाफ फर्काउँछन् । बाल मनोविज्ञान यति शुक्ष्म हुन्छ कि, बच्चाले आफूलाई ‘उल्लु’ बनाएको बुझिहाल्छ । यदि बच्चाले निर्दोष तवरमा केही सोधिहाल्यो भने पनि उसको प्रश्नलाई ‘फन्नी’ तरिकाले नउडाउनुस् । सायद बच्चाले त्यस्तो क्रियाकलापलाई आफ्नै बुझाइमा परिभाषा गरिरहेको हुन्छ । जस्तो कि,

१- डैडीचाहिं ममीको माथि पुस–अप गरिरहनुभएको थियो ।
२- ममी–डैडी अध्याँरो खेलिरहनुभएको थियो ।
३- डैडी–ममी रेसलिङ गरिरहनुभएको थियो ।
४- डैडीचाहिं मजाक–मजाकमा फाइट गरिरहनुभएको थियो ।
५- डैडीचाहिं ममीलाई मालिस गरिरहनुभएको थियो ।

घरमा पाहुना आएको वेला वा अन्य छिमेकीकै सामु बच्चाले अचानक यस्तो कुरा पनि गर्न सक्छन् । त्यस्तो अवस्थालाई कसरी सामान्यीकरण गर्ने ? त्यो तपाईकै खुबीमा भर पर्छ । सेक्स गर्दै गरेको अवस्थामा बच्चाले देखिहाले भने पनि विल्कुल हड्बडाउनु हुँदैन । यस्तो ट्रीट नगर्नुस्, मानौ कि पहाड नै खसिसक्यो । शान्त रहनुस् । ढोका ‘लक’ गर्न विर्सिएको भनेर एक–अर्कोलाई दोषारोपण पनि नगर्नुस् ।

यस्तो अवस्थामा बाझा–बाझ गर्नु भनेको अर्को महाभूल गर्नु हो । बच्चालाई प्यारले भन्नुस्–‘बाबु, एकछिन बाहिर जाऊ न । उतै खेल ।’ पछि बच्चासँग कुरा गर्नुस्, उसले कतै मनमा कुरा पो खेलाइरहेको छ कि ? यदि खेलाएको छैन भने कुरै सिद्धियो । यदि नानाथरि कुरा सोध्यो भने बच्चालाई सम्झाउनुस् । सही तरिकाले, शान्त स्वभावमा ।

केही मानिसको बुझाइ यस्तो पनि छ– बच्चालाई सेक्सको बारेमा कुनै थाह हुँदैन, त्यसैले उनीहरु शारीरिक हाउभाउ र सेक्सको फरक छुट्टयाउन सक्दैनन् । यद्यपि, त्यो बुझाइ गलत हो । ५ सालभन्दा बढी उमेरका बच्चाको मनमा कैयौं सवालहरु उठ्ने गर्छन् । यस्तो अवस्थामा बच्चालाई तपाईले उनीहरुको जिज्ञाशा मेटाउने प्रयास गर्नुपर्छ ।

सानो उमेरका बच्चाहरु रातिको घटना विहान हुञ्जेलसम्म विर्सिसकेका हुनसक्छन्, तैपनि ४–५ वर्ष उमेरका बच्चाहरु अचानक सोध्न सक्छन्–हिजो राति तपाईहरु के गर्दै हुनुहुन्थ्यो ? टीनएजर भएका बच्चालाई यौनका विषयमा सम्झाउने सही क्षण हो । किनभने, यो वेला उनीहरुलाई यौनसम्बन्धी ज्ञान दियो भने त्यसले उनीहरुको जीवनमा यौन–दुर्घटना हुनबाट जोगाउन मद्दत पुग्दछ ।

बच्चालाई सामान्य अवस्थामा रहेर माया गर्दै इमोश्नल हाउभाउमा पनि सम्झाउन सकिन्छ । साथै, गोपनियताको बारेमा पनि सम्झाउन सकिन्छ । बच्चालाई राम्रोसँग बुझाउनुस् कि, ‘जोसुकैको पनि प्राइवेसी लाइफ हुन्छ र त्यसको हामीले सम्मान गर्नुपर्दछ । जोसुकैको घर वा कोठामा जानुभन्दा अगाडि ढोका ‘नक’ गर्नुपर्दछ ।’

यसरी सेक्सजस्तो कुरालाई सामान्य अवस्थामा पनि हल गर्न सकिन्छ । किनकि, त्यस्तो अवस्था फेस गर्ने न तपाई एक्लै व्यक्ति हो, न अन्तिम ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply