Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » लोकमानविरुद्ध अख्तियारकै आयुक्तले सर्वोच्चमा रिट हाले
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, पुस २९ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेतलाई विपक्षी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
आयुक्त बरालको कार्यकाल आगामी माघ ६ गते सकिने अख्तियार प्रमुख लोकमानसिंह कार्कीले जनाऊ दिएपछि सोको विरोधमा उनी अदालत गएका हुन् ।
अख्तियारका आयुक्त र प्रमुख आयुक्तको कार्यकाल ६ वर्षको हुन्छ । ०६६ साल माघ ५ गते आयुक्तमा नियुक्त भएका बरालको सपथ ग्रहण चारवर्षपछि अर्थात् ०७० साल पुस २५ गतेमात्रै भएको थियो ।
प्रमुख आयुक्त कार्कीले नियुक्ति भएको मितिबाटै कार्यकाल गणना हुने भन्दै बराललाई बिदा गर्न खोजेपछि उनी अदालत गएका हुन् ।
आयुक्त बरालले सपथग्रहण गरेको मिति ०७० साल पुस २५ बाट कार्यकाल गणना हुनुपर्ने भन्दै अझै दुईवर्षसम्म आफ्नो पदावधि कायम रहने जिकिर गरेका छन् ।
राष्ट्रपतिबाट भएको आयुक्त बरालको नियुक्तिमा ‘सपथ ग्रहण गरेको मितिबाट लागू हुने गरी’ भन्ने वाक्यांकसमेत प्रयोग गरिएकाले माघ ६ मै कार्यकाल नसकिने आयुक्त बरालले जिकिर गर्दै आएका छन् ।
केशव बराल
बरालको नियुक्ति ०६६ सालमै भए पनि सपथ ग्रहण नगरेका कारण ४ वर्षसम्म उनले पदभार ग्रहण गरेका थिएनन् । यो अवधिमा उनले आयोगबाट तलव वा सुविधा समेत बुझेका थिएनन् ।
आयुक्त बरालको रिटको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा र बारका उपाध्यक्ष टीकाराम भट्टराई लगायतले बहस पैरवी गर्ने भएका छन् ।
सोमबार सर्वोच्चमा दर्ता भएको रिटमाथिको सुनुवाई न्यायाधीशको कार्यव्यस्तताका कारण सर्दै आएको छ ।
बुधबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आफैंले हेर्ने भनिए पनि नभ्याइएकाले विहीबारका लागि सारिएको स्रोतले बतायो ।
पछिल्लो समयमा अख्तियारमा प्रमुख आयुक्त कार्की र आयुक्त बरालवीच दुरी बढेको छ । आफ्ना हरेक कामको विरोध गर्दै आएकाले प्रमुख आयुक्त कार्की बराललाई माघ ६ बाटै विदा गर्ने पक्षमा छन् ।
तर, आयुक्त बरालले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएपछि अब विषय संवैधानिक निरुपणको प्रश्न बनेको छ ।
बरालले जस्तै आफूप्रति फरक मत राख्दै आएकी अर्की आयुक्त शावित्री थापा गुरुङलाई पनि प्रमुख आयुक्त कार्कीले अघिल्लो साता जिम्मेवारीबाट मुक्त गराएका छन् । गुरुङले त्रिविबाट समेत सरकारी सुविधा लिएको समाचार सार्वजनिक भएपछि कार्कीले उनको जिम्मेवारी खोसेका हुन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply