Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » यी हुन् सन् २०१५ का सबैभन्दा खराब पासवर्ड
«
Next
Newer Post
»
Previous
Older Post

सन् २०१५ को सबैभन्दा कम्जोर (खराब) पासवर्डको सूची स्प्ल्याशडाटा सफ्टवेयरले सार्वजनिक गरेको छ । '१२३४५६' लगातार तेस्रो वर्ष २५ 'कम्जोर पासवर्ड' को लिस्टमा सबैभन्दा माथि रहेको छ भने दोस्रो नम्बरमा  'password' रहेको छ । यो पनि लगातार तीन वर्षसम्म दोस्रै स्थनामा यथावत रहेको छ ।

 उक्त सुचिमा  '12345678' तेस्रो सबैभन्दा खराब पासवर्ड परेको छ । अघिल्लो साल यो चौथो स्थानमा रहेको थियो । चौथो र पाँचौ नम्बरमा क्रमशः 'qwerty' र '12345' रहेका छन् । '123456789' ले फेरि एक पटक छैटौं स्थान हासिल गरेको छ ।

स्प्ल्याशडाटाको सूचीमा समावेश खराब पासवर्डमा 'football', 'baseball', 'welcome', 'dragon', 'master', 'monkey' र 'passw0rd' पनि सामेल रहेका छन् । 'starwars' पनि सन् २०१५ को सबैभन्दा कम्जोर पासवर्डको सूचीमा स्थान बनाउन सफल भएको छ ।

नयाँ तथ्यांक अनुसार कीबोर्डमा सजिलो नमूनावाला पासवर्ड संसारमा धेरै लोकप्रिय रहेका छन् । ती पासवर्ड सुरक्षाका दृष्टिले चाहे जति नै कम्जोर हुन् ।

यहाँ मनन गर्नुपर्ने कुरा के छ भने स्प्ल्याशडाटाको सूचीमा सन् २०१५ मा चुहिएका र चोरिएका पासवर्डको तथ्यांक पनि सामेल गरिएको छ।

नयाँ तथ्यांकबाट मानिसहरुले अझै पनि सुरक्षाका हिसाबले कम्जोर पासवर्ड प्रयोग गरिरहेको खुलासा भएको छ । जसमा जम्मा चारवटा मात्रै अक्षर रहेका छन् ।

धेरैजसोले आफ्नो पासवर्डमा केबल अंककोमात्रै प्रयोग गरेको पाइएको छ । खराब पासवर्डको सूचीमा 'letmein', 'login', 'princess' र 'solo' जस्ता शब्द पनि सामेल रहेका छन् । - एजेन्सी :

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply