Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » दुई सिमकार्ड सहित सामसुङ ग्यालेक्सी एस सेभेन
«
Next
Newer Post
»
Previous
Older Post

सामसुङ मोबाइलका प्रयोगकर्ताहरुका लागि सामसुङले खुसीको खबर ल्याएको छ । २वटा कम्पनीको सिमकार्ड चलाउन २वटै सेट बोक्नुपर्ने झन्झटलाई हटाउन सामसुङले आफ्नो बहुप्रतिक्षित स्मार्ट फोन ग्यालेक्सी एस सेभेन (S7)लाई डबल सिम लाउन मिल्ने बनाएको छ । 
 सामसुङ ग्यालेक्सी एस सेभेन र यसको वेरिएन्टलाई लिएर प्रविधि समाचार बजारमा नयाँ तथ्य आएको हो । प्रविधि समाचार अनुसार सामसुङ ग्यालेक्सी S7 र ग्यालेक्सी एस सेभेन एज दुबै स्मार्ट फोन डबल सिम वेरिएन्ट हुने भएका हुन् ।  समाचार अनुसार इन्डोनेशियामा यी दुबै सेटलाई मोबाइल वर्ल्डमा सार्वजनिक गर्नका लागि पास गरिएको छ।  

एसएम- जीनाइनथ्रीजिरोएफडीको तथ्यांक अनुसार सामसुङ ग्यालेक्सी S7 डबल सिमको रहेको छ । 

समाचार अनुसार सामसुङले मोबाइल वर्ल्ड २०१६ ट्रेड शो भन्दा पहिले आफ्नो ग्यालेक्सी अनप्याक्ड २०१६ इभेन्टमा यी स्मार्टफोनलाई पेश गर्नेछ । जुन कार्यक्रम २० फेब्रुअरीमा हुने सम्भावना छ । 

तर यो कार्यक्रमका लागि पत्रकारहरुलाई निम्ता बाँडिएको छैन । तर एलजी र सोनीले यो ट्रेड शोका लागि प्रेसलाई निम्ता दिइसकेका छन् । 

हालै एक चर्चित टिप्सटरले गरेको दाबी अनुसार दक्षिण कोरियाको यो प्रविधि कम्पनीको योजना सामसुङ ग्यालेक्सी एस सेभेन, सामसुङ ग्यालेक्सी एस सेभेन एज र सामसुङ ग्यालेक्सी एस सेभेन एज प्लस हेन्डसेटलाई एक साथ इभेन्टमा लन्च गर्ने रहेको छ । 

सामसुङ ग्यालेक्सी एस सेभेन ५.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एज ५.५ इन्चको कर्व्ड डिस्प्लेको साथ आउनेछ । 

दुबै स्मार्टफोनमा सुपर एमोलेड क्वाडएचडी (१४४०x२५६० पिक्सेल) डिस्प्ले हुनेछन् । यी हेन्डसेटमा एक्सिनोस ८ ओक्टा-कोर या स्न्यापड्र्यागन ८२० प्रोसेसर प्रयोग हुनेछ । 

ग्यालेक्सी एस सेभेन र ग्यालेक्सी एस सेभेन एजमा ४ जीबीको र्‍याम हुने बताइएको छ । स्टोरेजका  लागि यी हेन्डसेटमा ३२ जीबी र ६४ जीबी रहेको वेरिएन्ट हुनेछ । 

दुबैले माइक्रोएसडी कार्ड (२०० जीबीसम्म) सपोर्ट गर्नेछन् । दुबै स्मार्टफोनमा एफ/१.७ एपरचरवाला १३ मेगापिक्सेलको रियर क्यामेरा हुने बताइएको छ । - एजेन्सी 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply