Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सप्तरीमा गोली हानेर प्रहरी असई रमेश सुब्बाको हत्या
«
Next
Newer Post
»
Previous
Older Post

राजविराज, पुस २०, । सप्तरीमा प्रहरी सहायक निरीक्षक (असई) हत्या भएको छ । जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको थियो ।
छाती तथा तिघ्रामा १/१ गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।
गस्तीमा निस्केको समय प्रहरी चौकी नजिकै २ वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी सुब्बा ३५ बर्षका थिए । भद्र प्रहरीको रुपमा चिनारी बनाएका सुब्बाको कसैसँग कुनै किसिमको रिसइबी समेत नरहेको प्रहरी स्रोतको भनाइ छ ।
सुब्बा इन्चार्ज रहेको प्रहरी चौकीमा १६ जना प्रहरीको दरबन्दी थियो । घटनापछि त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा सारिएको छ ।
अहिले झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ । ‘अहिले त्यस क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ’ जिल्ला प्रहरी प्रमुख एसपी ढकालले भने-हत्याराको तिब्र गतिमा खोजी भइरहेको छ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply