Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » दोहोरो सुविधा लिईएको कारण अख्तियार आयुक्त शावित्री गुरुङको जिम्मेवारी खोसियो
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सदस्य डा. शावित्री थापा गुरुङले आयोगमा सम्हाल्दै आएको जिम्मेवारी दोहोरो सुविधा लिईएको कारण बुधबारदेखि खोसिएको छ । आयोगको सदस्य रहेर दोहोरो सुविधा लिएको समाचार आएपछि गुरुङलाई जिम्मेवारीबाट हटाईएको  अख्तियार स्रोतको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर गुरुङले रक्षा, भौतिक योजना, परराष्ट्र मन्त्रालय, सिञ्चाइँ, सहरी विकास, वाणिज्य र आपूर्ति मन्त्रालयका मुद्दाहरु हेर्ने जिम्मेवारी पाएकी थिइन् । त्यसैगरी मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रअन्तरगतका भ्रष्टाचारका मुद्दा हेर्ने जिम्मेवारी पनि गुरुङकै जिम्मामा तोकिएको थियो ।
आयुक्त गुरुङले दाहोरो सुविधा लिइरहेको मिडियामा आएको कारण देखाउदै प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उनको जिम्मेवारी बुधबारदेखि फिर्ता लिएको अख्तियार स्रोतले बतायो । गुरुङ आयोगको सदस्यमा कायम रहे पनि अब उनले अर्को निर्णय नभएसम्म कुनै काम गर्न पाउने छैनन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एकलौटीरुपमा काम गरेको र आयुक्तहरुसँग कुनै परामर्श नगरेको गुरुङले गुनासो गर्दै आएकी थिइन् ।
आयुक्त बन्नुअघि उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन् । आयुक्त भैसकेपछि पनि त्रिविबाट सुविधा लिइरहेको समाचार आएपछि उनी विवादमा परेकी हुन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply