भारतीय पर्यटकीय सहर गोवामा आतंकवादी संगठन आइएसको चिन्ह अंकित एउटा बेनामे पत्र फेला परेको छ जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर पर्रिकरको हत्या गर्ने धम्की दिइएको छ । यस पत्रलाई गोवा पुलिसले राज्यका सबै पुलिस कार्यालमा पठाएको छ ।
गोवा पुलिसका एक वरिष्ठ अधिकारीले बताए अनुसार गत साता राज्य सचिवालयमा यो धम्कीसहितको पत्र मिलेपछि गोवा पुलिस सक्रिय भएको हो । राज्य पुलिसका सबै एजेन्सी उक्त पत्रको जाँचमा जुटेका छन् ।
ती प्रहरी अधिकारीले भने, 'हामी चाँडै नै यो पत्र कहाँबाट पठाइएको हो पत्ता लगाउँछौं', 'पत्रसँगैको पोस्टकार्डको तल्लो भागमा आइएसआइएसको चिन्ह अंकित रहेको छ ।'
यो पत्र देशमा गोहत्यामाथि लगाइएको प्रतिबन्धलाई लिएर देखाइएको रिसको रुपमा लिइएको छ । - एजेन्सी :



No comments