Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » ईमरजेन्सी कल गर्न मिल्ने यस्तो स्मार्ट लठ्ठी जुन बुढाबूढी र ट्रेकिङका लागि उपयुक्त
«
Next
Newer Post
»
Previous
Older Post

अमेरिकाको लस भेगासमा भैरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो मा एक पछि अर्को नयाँ प्रविधिहरु सार्वजनिकीकरण तथा प्रदर्शन भैरहेका छन् । एक चिनिया कम्पनीले निर्माण गरेको स्मार्ट लठ्ठी पनि प्रदर्शनीमा आकर्षणको केन्द्र बनेको छ ।
चिनिया कम्पनी हुवाहेले बनाएको यो अत्याधुनिक स्मार्ट लठ्ठीमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यो लठ्ठीमा जिपिएस प्रविधि समेत जडान गरिएको छ जसका कारण यो लठ्ठी लिएर हिँड्नेले आफू कुन ठाउँमा छु भनेर पत्ता लगाउन सक्छ । नयाँ ठाउँमा पदयात्रामा निस्कनेका लागि यो लठ्ठी निकै विश्वासिलो साथी सावित हुने वैज्ञानिकहरुको दाबी छ ।
त्यस्तै यो लठ्ठीमा एउटा इमर्जेन्सी बटन पनि रहेको छ । जसलाई दबाउने बित्तिकै विभिन्न पाँच वटा नम्बरमा फोन जान्छ । आफू अप्ठेरो वा खतरामा परेकाबेला आकस्मिक सहयोगका लागि यो इमर्जेन्सी बटन दबाउन सकिन्छ र यसो गर्दा आफूलाई उद्धार तथा सहयोग गर्नेहरु आउन सक्छन् ।
वास्तवमा यो स्मार्ट लठ्ठी बुढाबुढीका लागि समेत सहयोगी हुन्छ । किनकी यसमा आफू जानुपर्ने ठाउँको नक्सा पहिले नै सेट गरिसकेपछि बाटोमा हिँड्दा यसले बाटो पहिल्याइदिने र गलत बाटोमा गएमा सूचना दिने गर्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply