काठमाडौं । राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याउँछु भन्दा मेरो मजाक उडाइएको गुनासो पोखेका छन् ।
ओलीले भने-अबको जमाना भनेको काँधमा ग्यास सिलिण्डर बोकेर हिँड्ने होइन, चुला-चुलामा पाइप पुर्याउने हो, त्यो व्यवस्था गर्छु भनेको, बाहिर निस्किएपछि तेरो जिब्रो कता छ पो भन्न थाले ।’ हास्य कलाकार पो बनाए ! प्रधानमन्त्रीले मात्रै नेतृत्व गर्छु भन्दा त सेकुवा बनाईदिने रहेछन" उनले गुनासो गरे !
आफूले हावाबाट बिजुली निकाल्छु भन्दा गज्जब हावादारी कुरा गरे भनेर उडाएको पनि उनले गुनासो गर्दै सुनाए । गर्न सक्ने ठाउँमा भएकाले श्रेय र गाली दुबै पाउने भन्दै उनले भने-‘ म प्रधानमन्त्री छु, मैले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भनेको यहाँ कोको होलो मच्चियो ।’
प्रधानमन्त्री ओलीले देशलाई अगाडि बढाउँछु, धनी बनाउँछु भन्न नपाउने भए पनि गरेरै छाड्ने बताए ।
भिडियो



No comments