काठमाडौं, पुस २७ । आइतबार राति अवेर स्वीट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको गेमको जित संगै बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले ५औ पटक फिफा बालोन डि’ओर अवार्ड जितेका छन् ।
विश्वको उत्कृष्ट फुटबलर बन्ने क्रममा मेस्सीले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र टीममेन नेयमारलाई पछि पारेका थिए ।
खेलका क्रममा मेस्सीले ४१.३३ प्रतिशत मत पाएका थिए भने राेनाल्डोले २७.७६ प्रतिशत मतप्राप्त गरि दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा रहेको नेयमारले ७.८६ प्रतिशत मत पाए ।
यसअघि लगातार चार पटक यो अवार्ड जितेका मेस्सीलाई २०१३ र २०१४ मा भने रोनाल्डोले पछि पारेका थिए । तर, यो पटक फेरि मेस्सीले यो अवार्ड जितेका हुन् ।
Messi
अवार्ड जितेपछि मेस्सीले आफूले बाल्यकालमा सपना देखेभन्दा धेरै भएको बताए । साथै उनले रोनाल्डोले अवार्ड जितेको हेरेर फेरि आफू विजेता हुनु पाएकामा निकै खुसी व्यक्त गरे । उनले टिमका कारण नै यो सफलता सम्भव भएको समेत बताए ।
अमेरिकाकी कार्ली लोइडले फिफा बालोन डिओर महिलाको उपाधि जितेकी छन् । उनले जर्मनीले सिलिया र जापानकी आया मियामालाई पछि पारिन् । उनको हृयाट्रिकको मदतमा जापानलाई पराजित गर्दै अमेरिकाले महिला विश्वकपको उपाधि जितेको थियो ।
यसैगरी ब्राजिलका वेन्डल लिराले उत्कृष्ट गोल अवार्ड जितेका छन् । फिफा पुस्कास अवार्ड जित्ने क्रममा उनले मेस्सी र इटलीका आलेसान्ड्रो फ्लोरेन्सीलाई पछि पारे ।



No comments