Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चैत्र १८ देखि सुरु हुने एसएलसीका लागि झण्डै २ हजार परीक्षा केन्द्र रुटिंग सहित
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, माघ १७   । परीक्षा केन्द्रहरु निर्धारण गरिसके पछी प्रश्नपत्र छपाइ पनि अन्तिम चरणमा पुर्याउदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । 

 झण्डै २ हजार परीक्षा केन्द्र निर्धारण भएका छन्, पेपर छाप्ने काम पनि तयारी अन्तिम चरणमा पुगिसक्यो ।’ अब एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि सुरु हुने कुरा परीक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिए । 

परीक्षाका लागि प्रश्नपत्र छपाइको काम भइरहेको छ भने आवश्यक सामग्री जुटाउने र जिल्लामा पठाउने काम पनि अन्तिम तयारीमा पुगेको छ । ‘एसएलसीको तयारी धमाधम भैरहेको छ,’ परीक्षा नियन्त्रक नेपालले भने, ‘केही दिनभित्रै पत्रकार सम्मेलन गरी सार्बजनिक गर्छौं ।’

मार्कसिटमा पास-फेल नलेखिने
यसपालिदेखि एसएलसीको नतिजा लेटर ग्रेडिङ प्रणालीमा हुने छ । विद्यार्थीले पाउने अंकको आधारमा मार्कसिटमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘ई’ र ‘एन’ ग्रेड दिइनेछ र ‘पास’ वा ‘फेल’ लेखिने छैन । ‘ए’ ग्रेडको विद्यार्थी उत्कृष्ट र अरु ग्रेड पाउने विद्यार्थीहरु क्रमशः कमजोर मानिन्छन् ।

नेपालका अनुसार पहिलो दिन चैत १८ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित, २२ गते विज्ञान, २३ गते सामाजिक र २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा हुनेछ ।

चैत २५ गते ऐच्छिक पहिलो र २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा संचालन हुने परीक्षा नियन्त्रक नेपालले जानकारी दिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply