Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा १५ वर्षपछि नेपाल -
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, माघ १६ । नेपालले आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै  यू-१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको छ ।

सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वार्टरफाइनल पुगेको भने २००० पछि पहिलो पटक हो । त्यसबेला नेपाल आठौं भएको थियो । यू-१९ विश्वकपमा २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो, जहाँ नेपाल यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट च्याम्पियन बन्यो ।
अन्य संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने २०१० र २०१४ मा छनोट नै हुन सकेन । यो पटक भने पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जित हात पार्दै सुखद सुुरुवात गर्‍यो ।
आफ्नो दोस्र्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्‍यो ।  अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेपछि नेपाल समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ ।
नेपाल र भारतको समान ४-४ अंक भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।  न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन छन् र समूह चरणबाटै बाहिरिएका छन् ।  समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन्, यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।.

सन्दिपको हृयाट्रिक

ढाकामा भएको टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे । तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले ।
उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए ।  तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।
यसअघि आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले हृयाटि्रकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply