Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » बढ्यो डलरको भाउ ! यसमा अर्थतन्त्रमा कस्तो प्रभाब ?
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं ।  नेपाली बजारमा एक अमेरिकी डलरको भाउ १ सय ८ रुपैयाँ ५४ पैसा पुगे संगै अमेरिकी डलरको भाउ डेढ वर्षयताकै महंगिएको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि १ अमेरिकी डलर १ सय ७ रुपैयाँ ९४ पैसामा किनेर १ सय ८ रुपैयाँ ५४ पैसामा बिक्री गर्ने जनाएको छ ।

अहिलेको डलरको मूल्य ०७१ भदौ महिना यताकै महंगो भएको राष्ट्र बैंकका विदेशी मुद्रा विनिमय व्यवस्थापनका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । ०७१ भदौ महिनामा डरको मूल्य १०९ रुपैयाँसम्म पुगेको थियो ।
ढुंगानाले भने - ‘अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले अमेरिकी डलर महंगिएको हो,’ । अमेरिकामा बेरोजगार दर पनि घटिरहेको छ । अन्य देशको पैसा पनि डलरमा कन्भर्ट हुन थालेपछि विश्वभर डलरको माग बढेकाले मूल्य पढेको हो ।
डलरको भाउ धेरै माथि भने नजाने भएपनि अझ केही बढ्न सक्ने ढुंगानाले बताए । ‘आउने त्रैमासमा अमेरिकी अर्थतन्त्रको सूचकांक के हुन्छ, डलरको मूल्य त्यसमा भर पर्छ,’ ‘त्यसैले डलरको मूल्य खासै धेरै माथि त नजाला' उनले भने।’
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुने ढुंगानाले बताए ।
‘डलरको मूल्य बढ्दा कम्तीमा पनि नेपालको ३० प्रतिशत अन्तराष्ट्रिय व्यापार प्रभावित हुन्छ,’ उनले भने । विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमा तिर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्रलाई घाटा हुने उनले बताए ।
नेपालको दुई तिहाई व्यापार भारतसँग छ । भारत र नेपालबीच स्थिर बिनिमय दर भएकाले डलर बढ्दा पनि ठूलो असर नपर्ने विज्ञहरुले भनाई छ ।
डलरको मूल्य बढ्दा घाटाहरु धेरै भएपनि बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी पर्यटन, हस्तकला तथा गार्मेन्ट उद्योगलाई पनि यसले फाइदा पुर्‍याउने छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply