शरीरको महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार ।
सामान्य परीक्षणले मृगौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको सङ्ख्या भने दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर dash प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये दश प्रतिशत अर्थात् दुई लाख सत्तरी हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुन्छ । आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण सृजना हुने विभिन्न ‘रिस्क फ्याक्टर’ले मृगौला फेल हुनेहरूको सङ्ख्या बढाउँदै लगेको हो ।
लक्षण :
– शरीर दुब्लाउँदै जाने
– पिसाब कम हुने र पोल्ने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब भइरहने
– पिसाबमा रगत देखिने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने



No comments