तपाईको सुन्दरतालाई ३० सेकेण्डमै चेक गर्न सक्नुहुन्छ ! यसरि !आफ्नो सुन्दरताको मापन के तपाइँले आफै गर्नुभएको छ ? तपाईले आफु कति सुन्दर छु भन्ने कुरा कहिल्यै जानकारी लिनु भएको छ ? आफ्नो सुन्दरतालाई कहिल्यै मुल्यांकन गर्नु भएको छ ? आफ्नो सुन्दरताको मापन आफै गर्ने भन्ने कुरा सजिलो होइन । तर अब यो अप्ठेरो कामको बाटो फुकाउने गरी एउटा वेबसाइट आएको छ ।
यो एउटा यस्तो वेबसाइट हो जसले पूरै इमान्दारीताका साथ बताइदिनेछ की तपाइँ कस्तो देखिनुभएको छ । बिएलआइएनक्यू को howhot.io नामको यो वेबसाइटले तपाइँ सामान्य खालको मानिस देखिनुहुन्छ की कुनै सुपर मोडेलजस्तो सुन्दर तथा सेक्सी भन्ने कुरा समेत बताइदिनेछ ।
हाउ हट डट आइओ नामक साइटमा लगइन गरेर तपाइँ आफ्नो तस्वीर अपलोड गर्न सक्नुहुन्छ । यसले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर प्रविधिको सहयोगमा केही सेकेण्डमै तपाइँको ब्युटी र्यांकिंग तथा उमेरको नतिजा सार्वजनिक गरिदिनेछ ।
यसप्रकारले तपाइँको सुन्दरताको नतिजा तपाइँले आफ्नै अगाडि प्राप्त गर्नुहुन्छ । हलिउडकी नायिका एवरलाई यो साइटले सबैभन्दा सुन्दर घेाषित गरेको छ ।
एन्ड्रोइड तथा एप्पलको आइओएसमा पनि यो सुन्दरता मापन गर्ने साइटको एप उपलब्ध छ ।



No comments