Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » २०७२ सालको SLC परिक्षा चैत अन्तिम साता देखि मात्र सुरु हुने
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौँ, १८ मंसिर,  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको S.L.C. परीक्षा चैत्तको अन्तिम सातामा सुरु गर्ने तयारी गरेको छ ।


गत वर्ष चैत ५ देखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष विनाशकारी भूकम्प र तराई आन्दोलनका कारण पढाइ प्रभावित भएपछि कार्यालय केही दिन पछाडी सार्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैँ समयमै परीक्षा सञ्चालन गर्न सक्ने गरी तयारी गरे पनि भूकम्प र मधेस आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताए ।

 'एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैतको पहिलो सातामा सञ्चालन गर्न सक्ने भए पनि पढाइ प्रभावित भएकाले केही दिन सर्न सक्छ- उनले भने ।'

गत वैशाख १२ गतेको भूकम्पका कारण भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेसमा जारी आन्दोलनका कारण मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाइ प्रभावित भएपछि यस वर्षको एसएलसी परीक्षासमेत प्रभावित हुने भएको हो ।

तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले S.L.C दिने तयारीमा रहेको छ । तराईका जिल्लामा चैतको अन्तिम साता र अन्य जिल्लामा केही दिनअघि गरी दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भइरहेको कार्यालय स्रोतले जनाएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply